चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्ने खेल !

Home Feature

काठमाडौं । वर्तमान ओली सरकारले चीनसँग महत्वपूर्ण सम्झौता गरेको, चिनियाँ पक्षसँग नजिकिएको तथा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएपछि भारतले ओली सरकारको विकल्प खोजेको सहस्य खुलेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको मधेसी मोर्चाको मागलाई आड बनाएर ६ महिना लामो नाकाबन्दी लगाएको भारतसँग नझुकोको ओली नेतृत्वको सरकारलाई चीनसँग सम्बन्धन बढाएको भन्दै सरकारको विकल्प खोजिएको हो । भारतसँगको सम्बन्ध सुधार गर्ने मौकाको खोजीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर भारतले ओली सरकारको विकल्प खोजेको हो ।

तत्काल सरकार परिवर्तन गर्नुको मुख्य कारण भने आगामी असोजमा हुने भनिएको चिनिया राष्ट्रपति सि जिनपिङको भ्रमण स्थगित गर्नु मुख्य योजना रहेको बताइएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा महत्वपूर्ण सम्झौता हुने निश्चित भएपछि अत्तालिएको भारतले सरकार परिवर्तन गरेर चिनियाँ राष्ट्रपतिको नेताल भ्रमण स्थगित गराउने योजना बनाएको हो । यसैबीच नेपालको बद्लिँदो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै चिनियाँ पक्षले आगामी असोजमा हुने भनिएको राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित गर्ने सूचना पठाएको छ ।

बुधबार नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चिनियाँ पक्षले तत्काललाई राष्ट्रपतिको भ्रमण स्थगित भएको संकेतसहितको सूचना परराष्ट्र मन्त्रालयमा पठाएको स्रोतले जनाएको छ । चिनियाँ पक्षले तत्काल सरकार परिवर्तन नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक गरेको आग्रह माओवादीले अस्विकार गरेपछि चीन माओवादीप्रति रुष्ट बनेको छ । नयाँ सरकारपनि माओवादीकै नेतृत्वमा गठन हुनेभएपछि चिनियाँ पक्षले तत्काल राष्ट्रपतिको भ्रमण नहुने आसयको सूचना परराष्ट्रमन्त्रालयमा पठाएको हो ।

चिनियाँ राष्ट्रपतिले तत्काल नेपाल भ्रमण नगर्ने भएपछि नयाँ गठबन्धन बन्नासाथ भारतीय राष्टपति प्रणव मुखर्जीको भ्रमण गराउन पहल अगाडि बढाइएको छ । स्रोतका अनुसार नयाँ गठबन्धन बन्नसाथ भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी सुरु भएको हो ।