राप्रपामा महाधिवेशन नगर्न बहाना

Home Feature राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन समयमै हुनेमा शंका खडा भएको छ । आगामी बैशाख २८ गते हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको हो । बैशाखका लागि असंवैधानिक तरिकाले केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा भएको मध्यावधि निर्वाचनको मितिका कारण राप्रपाको प्राथामिकता परिवर्तन भएको छ ।
असंवैधानिक तरिकाले घोषणा गरिएको चुनाव हुनेमा शंका छ । किनकि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । तर राप्रपाका लागि भने यो उत्तम बहाना बनेको छ । अझ एकता महाधिवेशनबाट एक जनामात्र अध्यक्ष हुन्छन् । अहिले तीन जना अध्यक्ष छन् । दुई जनालाई त अस्तित्व खोज्न नै समस्या भइरहने निश्चित हुँदा महाधिवेशन टार्नका लागि राम्रो विकल्प बनोको छ ।
निर्वाचनलाई शक्ति पुनःस्थापनाको सेतु बनाउने तयारीमा लाग्दा पार्टीभित्र महाधिवेशनको विषय सेलाएको छ । कार्यतालिकाअनुसार काम हुने हो भने राप्रपालाई एकता महाधिवेशन गर्न चार महिना पनि बाँकी छैन । तर पार्टी मध्यावधि चुनावको तयारीमा जुटेसँगै तोकिएको समयमा महाधिवेशन लगभग अनिश्चित छ ।
सक्रिय सदस्यता वितरण फागुन दोस्रो साता वितरण सम्पन्न हुनेमा पार्टीका नेताहरु नै ढुक्क छैनन् । तीन लाख सक्रिय सदस्य पु¥याएर महाधिवेशन गराउने पार्टीको योजना छ । यता सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दाले पनि महाधिवेशनको अन्योल झनै बढाएको छ । संसद पुनःस्थापना भए महाधिवेशन गर्ने तर त्यसो हुन नसके निर्वाचनमा जुट्ने राप्रपाको योजना रहेको छ ।
प्रतिनिधिसभा विघटन भएको भोलिपल्ट बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष कमल थापाले राप्रपालाई वैकल्पिक शक्ति बन्न मध्यावधि निर्वाचन कोसेढुङ्गा हुने बताएका थिए । त्यसो त त्योभन्दा बढी बुझाइ भनेको केपी ओलीका हरेक कदमलाई सिरोपर गर्ने थापाका लागि यो पनि त्यही रुपमा बुझ्ने राप्रपाका नेताहरु धेरै छन् ।
तर पनि थापाको यो भनाइले पार्टी निर्वाचनको तयारीमा जुटेको बुझ्न सकिन्छ । चुनाव हुने अवस्था आए महाधिवेशनलाई पर धकेलेर राप्रपाले पार्टीको जनतामाझ घुमिल भएको छवि सुधार गर्न मेहनत पक्कै गर्नेछ । तर निर्वाचन हुन्छ नै भन्ने यकिन पनि छैन । अहिले त्यसको तयारीमा लाग्नु पनि मुख्र्याइ हुन सक्छ ।
चुनाव भए पनि नभए पनि पार्टीको महाधिवेशन अवश्यम्भावी छ । पार्टीको पुस ६ र ७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । तर हालसम्म पार्टी समायोजनले नै पूर्णता पाउन सकेको छैन ।
राप्रपाको एउटा गजबको रोग छ । त्यो हो जुट्ने फुट्ने, फेरि जुट्ने अनि फुट्ने । यो ट्याग लामो समयदेखि छ र जारी रहने पनि छ । किनकि पूर्वपञ्चहरुको ट्याग पाएका राप्रपाका नेतालाई फुट्नु र जुभट्नु नौलो हुँदै होइन । समय समयमा सत्ताको राग चाखेकालाई अवसर मिल्नासाथ यू–टर्न हुने चलन हुन सक्छ । वैचारिक विचलन र स्वार्थगत ध्रुवीकरण यो पार्टीको मुख्य समस्या हो ।
तर विगतलाई बिर्सेर यसपटकदेखि नयाँ अध्याय थालेको नेताहरु बताउँछन् । तर जतिबेला अवसरका ढोकाहरु खुल्न थाल्छन् तब फेरि नेताहरु आफ्नो हैसियतमा आइहाल्छन् । यसपटक जनस्तरबाट समेत पनि राप्रपाका एजेन्डाहरुमा समर्थन मिलेको छ ।
कहिँ न कहिँ विभिन्न दलका नेतााहरुसमेत राप्रपाका प्रमुख दुई मागसँग सहमत देखिन्छन् । हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापना नै राप्रपाको मुख्य आन्दोलन जोडिएको छ । तीन अध्यक्षहरुको बटम लाइन पनि यही नै रहेको छ । जसको जे पहिचान छ त्यसलाई नै गाढा बनाउनु धर्म हो । तर व्यक्तिगत निहीत स्वार्थले विचलन गरायो भने गत वर्षको फागुनमा जुटेको पार्टी नफुट्ला भन्न त कसरी सकियो र ।