सम्पादकीय
मेरो देश, मेरो जन्मभूमि, म जे छु यही धरतीको हुँ । मेरो देशको स्वाधिनता कुनै पनि कालखण्डमा कसैसँग पराजित हुन नपरेको, सधैं विजय जुलुस मात्रै निकाल्ने मेरो पूर्वजका हामी भने आपूm जितेर आफ्नालाई जिताएर किन देशलाई हराउने काम मात्रै गराइरहन्छौं । यसबारे हामी हाम्रो देशमा किन अन्जान जस्तो, बुझेर पनि बुझपचाइरहेका छौं । यी सबैखाले विकृतिलाई पन्छाएर राष्ट्र जिताउन सक्ने अर्को महापुरुष कहिले जन्मिने होला ।
अहिले नेपालको राजनीतिमा माधवकुमार नेपाल विजय जुलुस निकालिरहेका छन् । माओवादीका पुष्पकमल दाहाल खुसियाली मनाइरहेका छन्, त्यस्तै केपी ओली पराजयको पीडामा तड्पिरहेका छन् । उता बिना मिहेनत अवसरको च्याँखे थापेर बस्ने शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सिमा रमाइरहेका छन् । तर मुलुक गतिहीन अवस्थामा गुज्रिरहेको छ । किन र कसरी यो सबैलाई राम्ररी जानकारी नै छ । कसैको विजय उत्सव र कसैको पराजयको पीडाले मुलुकलाई के फाइदा पुग्यो, यस्ताखाले मुलुकलाई उन्नतिको शिखरतिर पु¥याउँछ कि अधोगति डो¥याउँछ । यो विवेक भएको यस्तो चिन्ता बोक्ने एउटा सपुत नेपालीको खाँचो भइसकेको छ तर त्यो कहाँ र कसरी देखापर्ने हो सबै राष्ट्रवादी नेपालीहरुको पर्खाइमा छन् । केही ढिलै भए पनि अति उत्तम शक्तिको हातमा मुलुकको बागडोर जाओस् भन्ने सबै सपुत नेपालीहरुको चिन्ता बढ्दो छ ।
जब मुलुक जहानियाँ राणा शासनबाट मुक्त भयो, त्यसपछिको ७१ वर्षमा मुलुकले धेरैखाले व्यवस्था व्यहोर्नु प¥यो । कहिले बहुदलीय व्यवस्था, कहिले निर्दलीय व्यवस्था र अहिले गणतान्त्रिक रुपमा मुलुक पुगेको छ । देशको माटो छातीमा राखेर भन्ने हो भने अहिलेको यो युगमा पनि नेपालीहरु नेपालमै पराजित जस्तो हुनु परेको छ । मुलुकमा दिनदहाडै बलात्कार, डकैती, भ्रष्टाचार आदि अपराधिक क्रियाकलाप बढ्दो छ । प्रजातान्त्रिक मुलुकमा हुने ‘चेक एण्ड व्यालेन्स’ देखाउने गहनाजस्तै हुन पुगेको छ । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका एकआपस नै मिलेर राष्ट्र दोहनमा जुटेका जस्ता बेलाबखतमा देखिन्छन् । न्यायपालिकाको आदेश कार्यपालिकाले नमानेको त्यस्तै थुप्रै उदाहरण देखिन्छन् । नेपालका प्रायः सबै वामपन्थी विचारधाराका पार्टीहरु मिलेर झण्डै एकतिहाईले बनेको सरकारले पनि काम गर्न असफल भयो, पार्टीभित्रकै विद्रोहको कारण मुलुक अस्थिरतातिर जान बाध्य भयो । २०१७ सालको शाही कदम पनि सम्भवतः सरकारभित्रकै गुट उपगुटको विद्रोहले जन्मेको हुन सक्दछ । त्यसबखत पनि एउटै पार्टीभित्र आपूmलाई बलियो ठान्नेहरुले अरु कमजोर देखिनेहरुलाई एउटा सीमाभन्दा पनि पर गएर, गरिएको कार्यबाहीले २०१७ सालको जन्म भएको हुन सक्दछ । त्यस्तै उदाहरण एउटै वामपन्थी विचारधाराका सरकारभित्र पनि गुट उपगुट भएकै कारण मिलेका वामपन्थीहरु आपसमा फुटेनन् मात्रै होइन, नेपालमा पार्टी सिष्टमकै उपहास हुने गरी काम कार्यवाही गरे ।
तर जस जसले जे जस्ता षड्यन्त्र गरेर जीत र कसैको हार भए पनि मुलुकलाई अघि बढाउनु पर्ने त्यो चिन्ता भने कुनै पनि पार्टीका कुनै पनि नेतामा देखिएनन्, त्यसैले नेपाल आमाले जन्माएकी एउटा सपुत सन्तान कहिले देखापर्ने हुन्, त्यसैको आशमा आम राष्ट्रवादी छन् ।