नपत्याए पनि….

नपत्याए पनि

माधव नेपाल त्यस्तै हुन् त !

माधव नेपाल यसरी अघि बढ्नुको पछाडि साउथ कोरियास्थित चर्चहरूको ठूलै आर्थिक सहयोग छ भनिन्छ, नत्र उनी यसरी हौसिएर अघि बढ्न सक्ने क्षमताका मान्छे होइनन्, हिन्दुधर्मको विरोधमा नलागेको भए उनलाई भारतले राम्रै सहयोग गरेको थियो र गरिरहने पनि थियो भन्नेहरू धेरै भेटिए ।
पार्टीमा भारतको अर्को लगानी
कांग्रेस त थियो नै, त्यसपछि ओली, माधव, बाबुराम भट्टराई, राजेन्द्र, महन्थ धेरै भारतभक्त पार्टीहरूले पनि नपुगेर भारतीय गुप्तचर संस्था ‘र’ले हृदयेश त्रिपाठीलाई पनि पार्टी खोल्न लगाउँदै छ, तर पनि नेपाल भारत विरोधी नाराहरू बढी घन्किन्छन् त्यसबारे राम्रै जानकारी लिनैपर्ने भएको छ भनिन्छ !

ओलीको आक्रोश !

हिजो आपूm प्रधानमन्त्री हुँदा राष्ट्रपतिलाई प्रयोग गरेर गराएको काम जस्तै ठानेर सभापति अग्निप्रसाद सापकोटालाई त्यसरी नै काम लगाउँछु भनी ठानेका थिए होलान्, तर सापकोटा अलि चाम्रा र उनी पनि ओलीजस्तै मान्छे मार्न पछि नपर्ने खालका भएकाले मन दह्रो नै छ, लरतरा छैनन् भनी ओली निकट नै भन्ने गर्छन् ।

लुटमा एकपछि…

लुटुनजेल, मारुन्जेल सब एक भएर १७ हजार नेपाली मारे, अरबौं लुटे, जब लुट्न नसकिने अवस्था सृजना भयो, पहिले वैद्य, बादलहरू छुटे, त्यसपछि बाबुरामहरू अनि विप्लवहरू फुटे तर भष्मासुरहरू जहाँजहाँ पुगे त्यही त्यही फुटको रुख रोपे हेर त अहिले एमालेभित्रको बिजोग तिनै लुटाहरूको काम त हो नि भनी एउटा एमालेका नेता भन्दै थिए ।

मार्सिचामलको अस्पताल

मार्सिचामलका प्रवर्तक दुर्गा प्रसाईले पूर्वाञ्चल झापामा क्यान्सरको अस्पताल बनाएका छन् । ओली र दाहालसँग मार्सिचामल पस्कने हैसियत राख्नेले बनाएको अस्पतालमा ओली दाहालको पनि राम्रै लगानी छ भनिन्छ तर अब ओली र दाहालको पानी बाराबार भएको अवस्थामा अस्पतालको गति के हुने हो सोच्ने बेला भएको झापातिर चर्चा छ ।

बाँस्कोटालाई चन्द्रागिरीको रहर !

सेक्युरिटी प्रेसको डिल सफल भएको भए ओलीका विश्वास पात्र पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई चन्द्रागिरी घुम्ने रहर मात्रै होइन, यस्ता चन्द्रागिरीजस्ता केवलकार कति बनाउथे होलान् भनी माधव गुट चर्चा गर्दै थिए ।

राष्ट्र दोहनमा कोभन्दा को कम !

अरबौं रुपियाँको ठेक्कापट्टा गर्ने करोडौं रुपियाँ वार्षिक आम्दानी गरेर पनि झलनाथ खनालपुत्र इन्जिनियर निर्भिक खनालले आफ्ना बाबु झलनाथ खनालको औषधि गर्छु भनेर अघि सरेनन् र राष्ट्र दोहन गर्न खनाल बाबुछोरा अघि सरे, यस्ता पनि नेता रे ! धिक्कार छ ।