नयाँ निर्वाचन पुरानै नेता

सम्पादकीय यसपटकको निर्वाचनको परिणामले आमनेपालीलाई निराशा दिने भयो । त्यसो त तिनै नेपालीहरुकै भोटको आधारमा निर्वाचनको नतिजा निस्केको हो, तर पनि त्यस्तै नेताहरुको हालीमुहाली देखिने भयो, जुन केही वर्षदेखि अयोग्य सावित भइसकेका थिए । अनेकौंखाले प्रपञ्च रचेर, मतदाताहरुलाई लोभ देखाएर, सोझासाझा नेपालीहरुलाई आफ्नो शिकार बनाएका छन् । दीर्घरोगी, बुढा, विभिन्न अपराधमा संलग्नहरुकै बाहुल्यता भएको यस […]

Read more

जंगलराज कहिलेसम्म ?

जङ्गलराज केलाई भनिन्छ, के के भयो र के के गरियो भने त्यस्तो बेलामा जङ्गलराज भनिन्छ भन्न कुनै पनि निश्चित आधार नभए पनि अहिले स्थानीय चुनावको बेलामा हैसियत राख्ने र सत्तामा बसेका नेताहरुको भाषणबाट यो मुलुकमा जङ्गलराज हुन त्यति बधेरै समय लाग्ने छैन भनी भन्न सकिन्छ । आफैंले आपूm अनुकूल संविधान बनायो, संविधानको विरोध गर्नेहरुलाई बन्दुकको […]

Read more

कसिमा मतदाताहरु ?

आफू अनुकूल संविधान बनाएर, त्यही संविधानको आधारमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई नै निरन्तरता दिने कि नयाँ सोच नयाँ अवधारणा बोकेर आएका व्यक्तिलाई चुनेर आमूल परिवर्तनको बाटोमा मुलुक लैजाने हो भने निर्णायक कसिमा अहिले करोडौं मतदाताहरु देखिन्छन् । केही ठेकेदार बाहेक अधिकांश मतदाताहरुको सोच पार्टी प्रतिनिधि नभएर जनताका प्रतिनिधिहरुलाई विजय गराउनु पर्दछ भन्ने आवाज उठ्न थालेको छ, त्यसैले […]

Read more

जनताको अपेक्षामा कुठाराघात

नीतिगत रूपमा हेर्ने हो भने सरकार तथा राजनीतिक दलका लागि सबैभन्दा प्रिय भनेको देश र जनता हुनुपर्ने हो । आफ्ना नागरिकको पिरमर्का, विपत्तिमा साथ–सहयोग गर्नु उनीहरुको धर्म, कर्तव्य अनि जिम्मेवारी पनि हो । तर, नेपालको हकमा यो सिद्धान्त कागजी खोस्टो साबित हुँदै गएको छ । नागरिकविरुद्ध जुन तत्व लागेको छ– त्यसलाई पिठ्युँमा बोक्ने काम नेताहरुले […]

Read more

चिनियाँ विदेशमन्त्रीको भ्रमण

तीन दिने नेपालको भ्रमणमा गत शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ् यी नेपालका राष्ट्रपति प्रधानमन्त्री, एमालेका अध्यक्ष र माओवादीका अध्यक्ष लगायत नेपाली जनजवनमा प्रभावित पार्ने केही व्यक्तिहरुलाई भेटेर हिजो स्वदेश फर्केका छन् । उनी नेपाल आउनु अघि हाम्रा अर्को छिमेकी देश भारत भ्रमण गरेका थिए, त्यसअघि उनले अफगानिस्तान र पाकिस्तानको पनि भ्रमण गरेका थिए । […]

Read more

नेतृत्व खोजी

सम्पादकीयकूटनीति लगायत प्रायः सबै विषयमा सरकार असक्षम नै देखिएको हो त ! महिनौंदेखि बीस राष्ट्रको राजदूत खाली भएको छ, भारतको लागि नियुक्त गरिएको डा. शर्मालाई तीन महिना बित्न लाग्दा पनि एग्रिमो आएको छैन । अमेरिकाबाट डा. खत्रिलाई एग्रिमो आउन अमेरिकाले एमसीसी पास हुनुपर्ने शर्त राखेको देखिन्छ । एमसीसी पास हुने निश्चयता भएपछि मात्रै डा. खत्रिको […]

Read more

हाम्रो भविष्य

सडकमा आफ्ना कार्यकर्ताहरुलाई आफ्नै खल्तीबाट पैसा दिएर ‘मुर्दावाद’को नाराले समाजलाई प्रदूषित पार्दै सदनमा लुसुक्क सामान्य बहानाबाजी अघि सारेर जसरी एमसीसी पास गरियो, त्यसले नेपालका राष्ट्रवादी भनिएका र आपूmलाई सच्चा नेपाली ठान्ने ‘नेताहरु’को अनुहार नेपाली जनताहरुले राम्ररी बुझेका मात्रै छैनन्, आगामी चुनावमा यस्ता भनिएका नेताहरुलाई कसरी ठेगान लगाउने त्यसको पनि हिसाब किताब गरिसकेका छन् । सदनमा […]

Read more

कति पाल्ने यिनै नेताहरुलाई !

केही वर्षयताको सामाजिक, आर्थिक, राजनीतिक गतिविधिहरुलाई सूक्ष्म ढंगले नियाल्दा हाम्रै पिँढीकाहरु पनि कहींकतै नेपालमै मर्न पनि नपाउने हो कि ! बढ्दो राजनीतिक विकृति आर्थिक दयनीय अवस्था र सामाजिक उच्छृङ्खलता आदि आदिले नेपाली नेपालीबीच आपसी भाइचाराको अवस्था नरहनेजस्तो देखिन्छ । नेपालमा विदेशी धर्म, विदेशी विसंगति र विदेशीकै इशारामा नाच्ने नेताहरु सर्वेसर्वा भएपछि आम नेपालीहरुबीच निराशा छाउनु […]

Read more

सही अभिभावकको अभाव

गतिशील दूरदर्शी अभिभावक नहुँदा आज नेपाल वाह्य शक्तिहरुको कृडास्थल बन्न पुगेको छ । अहिले राजनीतिक नेतृत्व अपरिपक्वताको कारणले नै चीन र अमेरिका आमने सामने उभिन पुगेका छन् । एकले अर्कोलाई आरोप लगाएर वाकयुद्ध त शुरु भइसकेको छ । एमसीसी विशुद्ध विकासको अनुदान मात्रै नभए भूराजनीतिक रणनीति पनि जोडिएकोले अहिले यो परियोजना नेपाललाई निल्नु न ओकल्नु […]

Read more

अग्निपरीक्षाको घडी

पृथ्वीनारायण शाहबाट व्यक्त चारजात छत्तीसवर्णले भरिएको मुलुक एकढिक्का हो भनी आफ्नो दिव्य उपदेशमा व्यक्त त्यसबखतको सही विश्लेषणलाई अहिले राजनेता, सामाजिक अभियन्ता लगायत सबै सच्चा नेपालीले राम्ररी मनन नगरे, नेपालको भविष्य अत्यन्त अन्धकारतर्फ धकेलिँदै गएको छ । अहिले वास्तवमा म यो दलको, ऊ त्यो दलको, म यो जातीको ऊ त्यो जातीको भन्ने धारणा माथि उठेर यो […]

Read more