जंगलराज कहिलेसम्म ?

सम्पादकीय

जङ्गलराज केलाई भनिन्छ, के के भयो र के के गरियो भने त्यस्तो बेलामा जङ्गलराज भनिन्छ भन्न कुनै पनि निश्चित आधार नभए पनि अहिले स्थानीय चुनावको बेलामा हैसियत राख्ने र सत्तामा बसेका नेताहरुको भाषणबाट यो मुलुकमा जङ्गलराज हुन त्यति बधेरै समय लाग्ने छैन भनी भन्न सकिन्छ । आफैंले आपूm अनुकूल संविधान बनायो, संविधानको विरोध गर्नेहरुलाई बन्दुकको नाल र विदेशीको शक्ति देखाएर थामथुम ग¥यो र आपूm सत्तामा पुग्यो र सत्तामा बसिरहन अनेक प्रकारका प्रपञ्च ग¥यो, आमजनतालाई थिचोमिचो ग¥यो, उनीहरुको आवाज बन्द गर्न अनेक खेल ग¥यो शायद त्यस्तैलाई जङ्गलराज भनिन्छ क्यारे ?
घटना यसै साताको भरतपुरमा आयोजना भएको एक आमसभामा माओवादी केन्द्रका सदावहार अध्यक्ष पुष्पकमल दाहालले भरतपुरको मेयर पदमा उनका छोरी रेणु दाहालले पराजय भोग्नुपर्ने अवस्था आयो भने सिङ्गै मुलुकलाई समेट्ने आन्दोलन गर्ने चेतावनी दिए, त्यो चेतावनी पनि गठबन्धनका सबै शीर्ष नेताहरु भएको समारोहमा थियो, तर त्यहाँ न प्रधानमन्त्री, न अन्य नेताहरुले दाहालको अहँकारलाई सच्याउने खालको कुरै गर्न सके, त्यस्तै प्रधानमन्त्री पत्नी आरजु देउवाले डडेलधुरामा उनले उठाएको उम्मेदवारहरुलाई हराइएको खण्डमा डढेलधुरा क्षेत्रमै कुनै पनि प्रकारको बजेट केन्द्रबाट नपठाउने जानकारी गराइन्, यी यावत कुराहरुको राम्ररी विश्लेषण गर्ने हो भने यस्ता कुराहरुलाई जङ्गलीराजको शुरुवात हो नभनेर के भन्ने होला ।
यी माथिका कुरा त केही उदाहरणको रुपमा मात्रै हो, तर वास्तवमा अध्ययन गर्दै जाने हो भने सत्तामा बस्ने हरेक क्षेत्रका नेताहरुको व्यवहार यस्तै गैरजिम्मेवारीपूर्ण देखिन्छ । मुलुकको शासन गर्ने स्थानमा बस्ने जिम्मेवार व्यक्तिले यस्तै गैरजिम्मेवारी कुरा गर्न एक सभ्य समाजमा कतिसम्म सुहाउँछ होला तर अचेल देखा परेका लाजपचेका नेताहरुबाट अरु के पो आश गर्न सकिन्छ होला !
त्यसो त कांग्रेस, अहिले कांग्रेसजस्तो अधिराज्यभर राम्रो संगठन बनाउन नसकेर केवल एमालेको भयले गठबन्धन गर्नु परेको भनेर पटक पटक पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्रीले भने पनि हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो त थियो नेपाली कांग्रेस, बीपी, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, गणेशमानहरुले नेपाली कांग्रेलाई जीवन्त राखेकै थिए तर दुर्भाग्य भ्रष्टाचारी गिरिजाप्रसादको हातमा कांग्रेस पुगेपछि र त्यसपछि अर्को भ्रष्ट व्यक्ति देउवाको हालीमुहाली कांग्रेसमा भएपछि पुरानो कांग्रेसको अस्तित्वमा संकट आई पुगेको हो र अहिले एक्लो कांग्रेस उभिन नसकेर माओवादीजस्तो आतंककारी गतिविधिमा जोडिएको माओवादीको वैशाखी नपाई एक पाइला पनि अघि सार्न नसक्ने अवस्थामा पुगेको हो र कुन बेला कसरी एमालेलाई भडकालोमा हालेजस्तै गरी कांग्रेसलाई पनि पुष्पकमल दाहालले भड्कालोमा हाल्ने हुन् भन्न नसकिने अवस्थामा छ । ढिलोचाँडो कांग्रेसको गति पनि एमालेको जस्तै नहोला भनी सकिँदैन तर एउटा संस्कार इतिहास बोकेको नेपाली कांग्रेस माओवादीको बुई चढेर माओवादीले जस्तै कति दिन जङ्गलीराज गरिरहने हो ! जसलाई त्याग्नु अति आवश्यक छ ।