देउवाले हैसियत भुलेपछि…

राजनीति


काठमाडौं । ‘संस्कारी मानिसले यदि राजनीति ग¥यो र नेतृत्व ग¥यो भने देशलाई स्वर्ग बनाइदिन्छ । कुसंस्कारी मानिसले यदि राजनीति ग¥यो र नेतृत्व ग¥यो भने नेपाल बनाइदिन्छ ।’ न्यूरोडको पिपलबोटमा जुत्ता टल्काउन दिँदै गर्दा उभिएका एक बुज्रुकको भनाइ हो यो । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई गर्नसम्म गाली गरे । देउवालाई उनले सबैभन्दा बढी कुसंस्कारी भनी गालीसमेत गर्न भ्याए । जनभावना प्रतिनिधिले उनको परिचय माग्दा दिएनन् । उनले यतिमात्र भने, ‘ए भाइ तपाई मेरो नाम छापेर के गर्नुहुन्छ ? कसलाई फुर्सद छ मेरो कुरो सुन्ने ? यति बुझ्नुस् भलै राजदरबारभित्र जस्तोसुकै खेल होस् उनीहरुले जनतालाई सधै राम्रो सन्देश दिन्थे । आफूहरु जस्तोसुकै चक्करमा लागे पनि जनतालाई नैतिकता सिकाउँथे । अहिले त्यस्तो छ ?’
सेता र चम्किलो कपाल र सेतो लबेदा सुरुवाल अनि टिलिक्क टल्केको छालाको कालो जुत्तामा ठाँटिएर हिँड्दै उनले भने, ‘भाइ नेताले संस्कार सिकेन भने अब देश उठ्नै नसक्ने गरी बर्बाद हुन्छ । नेताको देखासिकी हामीले गर्ने हो भने त
हामी गोही बन्छौं । हामी बिच्छी बन्छौं ।’ परिचय लुकाउँदै उनले भने, ‘हेर्नुस् म एक पीडित नेपाली हुँ जसले देश चार वर्ण छत्तीस जातमा मिलेर बसेको देख्न चाह्यो तर भएन । भ्रष्टाचार शून्य भएको देख्न चाह्यो तर भएन । संस्कार देख्न चाह्यो तर भएन । नेता नैतिकबान भएको देख्न चाह्यो तर भएन । कुनै एक जना नेता बताइदिनुस् मलाई आज कि यो भयो भने देश बन्छ । कोही छैन । यो नीति परिवर्तन नभएसम्म देश बन्दैन । मलाई एक पीडित नेपाली भन्दिनुस् । मजस्ता धेरै नेपालीले दुःख पाइपाइ मर्ने दिन आउँदैछ यहाँ ।’
हुन पनि नेताहरुले संस्कार भुल्दा अहिले बेथिति बाहेक केही पनि छैन । लुट्न सके लुट्ने र खाने कलियुग ब्याप्त छ । नेताहरुलाई लुट्ने लाइसेन्स प्राप्त भएको जस्तो लाग्छ । र यसका सरदार बनेका छन् शेरबहादुर देउवा । केही अघिसम्म केपी शर्मा ओली त्यसका सरदार थिए । ओली सरकारले निम्त्याएको भ्रष्टाचारलाई देउवाले झन् बढाइदिए । विधिको शासन लत्याइदिए । जसले संसदलाई स्वार्थको साधन बनाउँछ ऊ लोकतान्त्रिक हुनै सक्दैन । उसले देश बनाउनै सक्दैन र उसले जनताको आवाज सुन्न खोज्दैन । तिनै गलत प्रवृत्तिका सरदार बनेका छन् शेरबहादुर देउवा । तिनै देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । राजसंस्था रहेका बेलामा तीन पटक र राजसंस्थालाई ‘कू’ गरेर ढालेपछि दुई पटक । तर तिनै प्रधानमन्त्री देउवाले गत हप्ता पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपमान गरे । जसले सहर्ष राजाको श्रीपेच सुरक्षित राख्नू भन्दै कुनै प्रतिक्रिया नजनाइ जनतालाई नारायणहिटी राजदरबार सुम्पे उनै राजालाई देउवाले अपमान गरिभ्याए । उनले शाहलाई ‘सत्ता चलाउने भए चुनाव लड्न आउ’ भने ।
जो नालायक भएर सत्ताबाट निकालिए र पछि फेरि त्यही पद पाएपछि लोकतन्त्र सच्चियो भने तिनै देउवाले ती त्यागी राजालाई देखाएको हैसियत पटक्कै सुहाएन । उनले आफ्नो हैसियत भुले । त्यो पनि त्यागी नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा । जबकि गणेशमानको त्यागको एक गुण पनि देउवाले अहिलेसम्म देखाउन सकेका छैनन् । उनी नेपाली राजनीतिका सबैभन्दा असंस्कारी र अहितकारी प्रधानमन्त्री हुन् । उनी आफै प्रधानमन्त्री भएका बेलामा पार्टी फुटाएका थिए । अर्थात् उनले आफूभन्दा ठूलो कोही छैन भन्ने अहम् सधै पालिरहे ।
आफू प्रधानमन्त्री भएका बेलामा सांसदहरुलाई मसाज गराउन बैंकक पठाए । त्यो पनि ५५ जनाको जम्बो टोली । उनको नियत यसबाटै स्पष्ट हुन्छ । त्यसो त जो राजाकै निगाहले प्रधानमन्त्री बने उनैले अहिले आएर राजालाई नै गाली गर्ने भए । उनको हैसियत यसबाट झन् स्पष्ट हुन्छ । यस्ताले हाँकेको सरकार र यस्ताले हाँकेको पार्टी कस्तो होला ? त्यसैले त अहिले नेपाली कांग्रेसभित्र विभिन्न धार छन् । उनी सक्षम भएको भए धार पालेर बस्ने थिएनन् । एक पटक नपुगेर फेरि पनि सभापति बन्नका लागि कम्मर कसेका छन् । के उनी फेरि पनि पार्टी सभापति भए भने कांग्रेसले प्रतिनिधिसभाको चुनावमा कति सिट ल्याउला ?