मातृभूमिकी एकमात्र खलसांसद बनिन् सरिता गिरी

Home Feature राजनीति समाचार

काठमाडौं । सांसद सरिता गिरी मातृभूमिकी एकमात्र खलसांसद बनेकी छिन् । समाजवादी पार्टीकी सांसद गिरीले सरकारले निशान छापमा नयाँ नक्सा राख्‍ने विषयमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएसंगै उनी नेपाली राजनीतिकै इतिहासमा एकमात्र खलपात्र बनेकी हुन् ।

भारतमा जन्मेर नेपाली नागरिकता लिएर यसअघि मन्त्रीसमेत बनेकी गिरीले आफ्नो गरिमा जोगाउन नसक्दा सबैको आलोचनाको पात्र बनेकी छिन् ।

गिरीले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीले उक्त प्रस्ताव फिर्ता लिन निर्देशन गरेको छ ।

पार्टीको निर्देशन बिना बुधबार दर्ता गराइएको उक्त संविधान संशोधन प्रस्ताव फिर्ता नलिएर कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।

तर गिरीले फिर्ता नलिने अठोट गरेकी छिन् । गिरीले नेपालले हालै जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेदेखि नै गिरीले विरोध गर्दै आएकी छिन् ।

नेपाली भूमिलाई भारतले अतिक्रमण गरेको स्पष्टै भए पनि गिरीले आफ्नो जन्मभूमि सम्झेर नेपाली भूमिमाथि गद्दारी गरेको भन्दै उनीप्रति विशेषगरी सामाजिक संजालमा आक्रोश पोखिएको छ ।

संसदमा निशान छापमा नयाँ नक्सा राख्ने विषयमा बाँकी सबै सांसदले एक भएर समर्थन जनाएका छन् ।