हिरण्यकश्यपु मार्गमा प्रधानमन्त्री ओली ! मोदीसंग टाढिएपछि ओलीको छटपटी

Home Feature राजनीति विचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सबै हद पार गरेका छन् । उनी यस्ता लाग्थे कि उनीसंग हिरण्यकश्यपु पनि गम खाँदो हो ।

हिरण्यकश्यपुले भगवान विष्णुसहित उनका भक्तलाई दुस्मन देख्ने र आफूले आफूलाई मात्र भगवान देख्न थालेपछि भगवानहरुले मिलेर भगवान विष्णुसंग आग्रह गरेपछि मात्र भगवानले आफ्नो चक्र चलाउन थाल्छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई भन्दा बाहेक कसैलाई पनि राम्रो नठान्ने, कसैलाई पनि विश्वास नगर्ने, आफूले गरेका काममात्र राम्रा देख्ने, आफ्ना आसेपासे भ्रष्टलाई पनि भ्रष्टाचारी नदेख्ने गर्न थालेका छन् ।

अनि विपक्षका सबैलाई उनले हिरण्यकश्यपुले भगवान विष्णुका भक्तलाई दुःख दिएजस्तै दिन थालेका छन् ।

ओलीले कसैलाई विश्वास गरेनन् । अनि ओलीले कसैलाई पनि टेरेनन् । आफूले के बोलिरहेको छु भन्नेसमेत ख्याल नगर्ने र सोचविचार नगरी बोल्ने उनको बानीले बुधबार संसदमा उनी हाँस्य पात्र बनेका छन् ।

यतिसम्मकी उनले मिडियालाई पनि छोडेनन् । उनले मिडियासहित केही व्यक्तिहरु उद्देश्यमूलक ढंगले विरोधमा लाग्न थालेको बताएका छन् ।

ओलीले सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै आश्चर्य प्रकट गरे । उनले सेनाले चिकित्सा सामग्री खरिद गर्दा अनियमितता भएको भन्ने टिप्प्णीमा यस्तो जवाफ दिएका हुन् ।

उनले गणतन्त्रको विरोध गर्न राष्ट्रपति विरुद्ध प्रहार गरिएको अर्थ लगाए । ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे ।

ओली यस्ता प्रधानमन्त्री हुन् जसको कसैले विरोध गर्नासाथ गणतन्त्र खतरामा पर्छ । तर नेपालमा गणतन्त्र घोषणा गरेपछि आधा दर्जन बढी प्रधानमन्त्री अरु बनिसके । तर मिडियालाई र विपक्षी दलका सबैलाई दुस्मन देख्ने उनको नीतिले कतै गणतन्त्र उनले गर्दा पो खतरामा परेको हो कि !

कतै उनकै कारण उनको पतन हुन थालेको त हैन ? यतिसम्मकी संसदमा नेपालीहरु कोरोना पचाउन सक्छन् भनेर कुतर्क गर्ने काम उनले गरे ।

एक हप्तामा दुई हजार भन्दा बढी कोरोना संक्रमित नेपालमा थपिएको दृष्टान्तलाई चटक्क भुलेर ओलीले आफ्नो अहम् मात्र देखाएका छैनन् आफू कतिसम्मको शिक्षामा कमजोर रहेछन् भन्ने पनि दुनियाँलाई सुनाएका छन् ।

मोदीसंग टाढिएपछि ओलीको छटपटी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टाढिएपछि उनी छट्पटिएका छन् । ओलीले मोदीलाई पटक पटक सम्पर्क गर्न खोजेका छन् । तर सकेका छैनन् ।

ओलीले लैनचौरदेखि वासिङटन डिसीसम्म आफ्नो स्रोतको प्रयोग गरेका छन् । वासिङटन डिसी अर्थात् अमेरिकाले पनि ओलीलाई पुरानै सूत्र प्रयोग गर्न सुझाएको छ ।

अमेरिकाले ओलीको भरोसा यसकारण गरेको छ कि उसलाई अमेरिकी नियोग परियोजना एमसीसीलाई जसरी पनि संसदबाट पारित गराउनु छ ।

ओलीले त्यसको फाइदा उठाउन खोजे पनि असफल भएका छन् । ओलीलाई मोदीले वास्तै नगरेपछि फेरि राष्ट्रवादीको ढोंग रचिरहेका छन् ।

तर तीतो सत्य यही हो कि ओलीले आफू नभए कोही पनि नहुने भन्दै कतै देशलाई नै दाउमा राख्ने प्रयत्न त गरिरहेका छैनन् ?

के नक्सा जारी गर्दैैमा मात्रै भूमि फिर्ता आउँछ ? वार्ता नगरी यो सम्भव छ ? संसदमा बोल्दैमा र आफ्ना अरिंगालहरुसंग क्रान्तिकारी कुरा गर्दैमा कुटनीतिक पहल हुन सक्छ ?

बेलैमा बुद्धि फिरेमा ओलीलाई इतिहासले सम्झनयोग्य प्रधानमन्त्रीको रुपमा सम्झनेमा दुई मत छैन ।