कराँतेमा नेपाललाई एक स्वर्ण र एक रजत

Home Feature खेलकुद समाचार

काठमाडौं । सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

केरला कराँते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्दि अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिईन् ।

यस्तै कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमानै खुम्चिए । ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरा संग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका थिए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।

बिश्व कराँते महासंघ र एशियाली कराँते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको थियो ।

च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।