असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण

Home Feature समाचार

काठमडौं । यही असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण् लाग्दैछ । ग्रहण नेपालबाट पनि देखिने भएको छ । यस ग्रहणलाई भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, पाकिस्तानको दक्षिणी भागआदि ठाउँहरुबाट पनि देख्न सकिन्छ ।

नेपालको अद्यावधिक नक्सामा समेटिएको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिने छ ।

सूर्यग्रहण नेपालबाट बिहान १० बजेर ५५ मिनेटबाट सुरु भई दिउँसो २ बजेर २४ मिनेटमा समाप्त हुनेछ । १२ः४१ बजे सूर्यलाई नेपालबाट करिब ८८ प्रतिशत ढाकेको देखिने तथा उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने बताइएको छ ।

वाल्मीकि क्याम्पसका सहप्राध्यापक तथा वरिष्ठ खगोलविद जयन्त आचार्यका अनुसार धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदी तटमा गई ग्रहणको स्नान गरी शुद्ध हुने गर्दछन् । तान्त्रिकहरु आफ्नो मन्त्र सिद्ध गराउनका निमित्त ग्रहण लागेका बेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।