महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाको भवन उद्घाटन

Home Feature समाचार समाज

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको बुधबार असार ३ गते उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भौगोलिक विकटताका बावजुद त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै कोभिड–१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको परिचालन तथा भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले सो गुल्मलाई गणमा स्तरोन्नति गरिने योजना रहेको चर्चा गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा लगायत विपद्प्र कोप पीडित नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वार कार्यमा दत्तचित्त भई सकृयताकासाथ कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तर कार्यक्षेत्रमा चौविसै घण्टा खटिने सुरक्षाकर्मीहरुको योगदान सराहनीय रहेको उल्लेख गर्दै सशस्त्र
प्रहरी बल, नेपाललाई अझै आधुनिक साधनस्रोत सम्पन्न बनाउन आफुहरु सधैं कृयाशिल रहिरहने बताए ।

उनले आगामी दिनहरुमा सीमा नाकाहरुमा थप बोर्डर आउट पोष्टहरु थप्दै लगिने कार्ययोजना रहेको उल्लेख गर्दै क्रमिक रुपमा स्थायी भवनसमेत निर्माण गरिने बताए ।

सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्टले सो अवसरमा निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे । करिब २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ वटा कोठा रहेकोे सो भवनमा कार्यालय, भण्डार तथा तीन वटा व्यारेक समेत रहेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले बुधबार सोहि जिल्लाको छाङ्गरुमा हालै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छाङ्गरुको निरीक्षण समेत गरी उच्च मनोवलका साथ जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले बुधबारै नेपाली सेनाको दुर्गादल गुल्म दार्चुला परिषरमा भएको वृक्षारोपण कार्यक्रममा बृक्षारोपण समेत गरे ।