अद्यावधिक नक्सा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण, प्रधानमन्त्री ओलीद्धारा दीपावली

Home Feature राजनीति समाचार

काठमाडौं । संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । प्रतिनिधिसभाबाट गत हप्ता र राष्ट्रियसभाबाट बिहीबार संविधान संशोधन प्रसव सर्वसम्मत पारित भएको थियो ।

अब नेपालको अद्यावधिक नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन भएको छ ।

बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । उनले प्रमाणीकरण गरेसँगै नेपालको अद्यावधिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा दीपावली गरेका छन् ।

सरकारले गत महिना नयाँ नक्सा सार्वजनिक गरेको थियो । भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

पहिलो पटक उक्त नक्सा संविधानमै समेटिएको हो ।