हिजोको दिनमा नेपाली कांग्रेसका अध्यक्ष बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता जति जसरी राष्ट्र एकीकृत गर्न अनिवार्यता छ भन्ने आफ्नो धारणा राखेका थिए भने आजको नेपालको संकटमा अझै त्यो अति अपरिहार्य सावित हुँदै आएको देखिन्छ । नेपाली कांग्रेसका विद्वान नेता प्रदीप गिरीले पटक पटक भनेजस्तै बीपीले भारतका नेताहरुसँग शरण परेर बस्नुभन्दा नेपालका राजासँग समझदारी कायम गरेर बस्नु वेश भनी उनी भारतका तात्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग कुनै पनि खाले सम्झौता नगरेर नेपालका राजासँग समझदारी कायम गरेर ‘राष्ट्रिय मेलमिलाप’को नारा दिएर आएका थिए । त्यसबखत भारतमा संकटकालको घोषणा गरिएको थियो जसमा बीपीको मित्र जयप्रकाश नारायण लगायतका नेताहरु बन्दी भएका थिए र त्यसताका बीपी पटनामा थिए । इन्दिरा गान्धीले आफ्नो विदेश सचिव रसगोत्रामार्फत बीपीलाई दक्षिण भारतको कुनै ठाउँमा गएर बस्न भनेकी थिइन् तर बीपीले सार्वजनिक रुपमै तिमीहरुको महारानीभन्दा हाम्रै महाराजा ठिक छन् भनी नेपाल फर्केका थिए । बीपी फर्केको केही वर्षपछि नै श्री ५ वीरेन्देले बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भनेर जनमत संग्रहको घोषणा गर्नुभएको थियो । त्यसबखत सुधारिएको पञ्चायती व्यवस्थाले जनमतमा विजय पाउँदा केही वामपन्थी विचारधाराका नेताहरुको हाँहाँमा लागेर गणेशमानले जनमत संग्रहको नतिजा मान्नु हुँदैन भन्दा बीपीले नेपालका कम्युनिष्टहरु भन्दा राजा धेरै ठिक भनी जनमतको नतिजा मानेका थिए जसले गर्दा मुलुक ठूलो दुर्घटनाबाट जोगिएको थियो ।
तर अहिले मुलुकको अवस्था कहालीलाग्दो सबै दलका प्रायः सबै नेताहरु भारतको सामु आत्मसमर्पण गरेका छन् । एउटा प्रहरी प्रमुख नियुक्ति गर्दा पनि भारतीय राजदूतको स्वीकृति लिनुपर्ने अवस्था देखिएको छ, जुन कुरा सार्वजनिक रुपमै भारतीय राजदूतले तात्कालीन गृहमन्त्री विमलेन्द्र निधिले स्वीकृतिम ागेका कुरा सार्वजनिक गरेका छन् । बीपी कोइरालाको कांग्रेस जो जो जीवनको लामो समय जेल र भारतमा बिताए उनले पनि नेपाली माटो र नेपाली राजाको सम्मान गरेको देखिन्छ तर अहिले त्यही कांग्रेस पतनको बाटोतिर जाँदैछ । डा. बाबुराम भट्टराई पत्नी हिसिला यमिले यो नेपाल राष्ट्र विघटन गरियोस् भनेजस्तै कांग्रेसभित्रै कुनै लेण्डुपको जन्म हुने त होइन भन्ने शंका बढ्दो छ ।
बीपी कोइरालाले ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर भारतको निर्वासनबाट नेपाल फर्केको ४५ वर्ष पुगिसकेको छ । उनी २०३९ पुस १६ गते स्वदेश फर्केका थिए । उनलाई लामो समयपछि भारतका नेताहरु आदेश उपदेशभन्दा नेपालका राजाको कुरा सुन्नु नै ठिक ठानेर फर्केका थिए । ढिलै भए पनि आफ्नै देशकै माटो पछ्याएर फर्केका बीपीलाई जति नेपालको माया थियो, त्यो अहिलेको कांग्रेसमा देखिएन । त्यस्ता कांग्रेस पनि नेपालमा नभएका थिएनन्, कृष्णप्रसाद भट्टराई, गणेशमान सिं, शैलजा आचार्य लगायत दर्जनौं नेताहरु थिए तर नेपाली कांग्रेस र राष्ट्रकै भिलियनको रुपमा उदायका गिरिजाप्रसाद कोइरालाले अत्यन्त क्रुर तरिकाले अपमानित गरेर नेपाली कांग्रेसबाट पन्छाए । शक्ति र सत्ताको लागि जे गर्न पनि पछि नपर्ने चरित्रका गिरिजा नेपालका इतिहासमा महाभारतका सकुनीभन्दा कम भएनन् जसले आपूm पनि डुबे र सिङ्गो देशलाई पनि डुबायो । उनकै कारण अहिले नेपाल राष्ट्र जातिमा, धर्ममा, वर्गमा विभाजित भएको छ । एउटा सानो मुलुकलाई भाग भागमा विभाजित गरिएको छ । र, मुलुकको अवस्था चिन्ताजनक हुँदैछ । अब कहिले कुन रुपमा मुलुकलाई सही बाटोमा डो¥याउने व्यक्ति आउने हो, कांग्रेसको आश गर्न सकिन्न किनकि नेपाली कांग्रेसमा कुसंकारले जग हालिसकेको छ ।