कम्रेड प्रचण्ड : यतिखेर पछुताएर के नै पाइन्छ र ?…

यताउताका कुरा


– घुमन्ते

कुनै दिन थियो–कम्रेड प्रचण्डको बोली भुइँमा खस्न नपाउँदै तमिल हुन्थ्यो । प्रश्नको त कुरै छैन । तर सब दिन तहीं हो त एक समान भनेझैं यतिखेर आफ्नो कुरा अरुले पत्याउन छाडे भनेर दुःखेसो पोख्ने दिन आए । त्यसो त कम्युनिष्टहरूले आत्मालोचना गरे पञ्चखत माफको परम्परा चल्दै आएको छ–कम्रेड प्रचण्डले महाधिवेशनमा बुझाएको कार्यपत्रमाहरू रोएर आत्मालोचना गरेका छन् । अरुलाई झुक्याउन सक्छु भनेर एकातिर शान्ति सम्झौताको नाटक अर्कोतिर जनयुद्धको निरन्तरता–जनताले उम्दै गए अनि विस्तारै कम्रेड प्रचण्डको ओरालो लाग्ने दिन आए । आफ्ना कमाण्डरहरूले विस्तारै अर्को पार्टी बनाउँदै निस्कँदै गर्न लागे–अहिले ज्ञान भयो म त एक्लिदै पो गएछु । अनि चर्को स्वरमा आत्मालोचना गर्दै मैले गल्ती गरेँ भन्न थाले । जनताको माझ त्यसमा पनि दलित र पीडितको नाममा शुरु गर्दै आएको माओवादी सत्तामा पुगेपछि खोलो त¥यो लौरो बिस्र्योको अवस्थामा फर्कियो । जनआन्दोलनमा घाइतेलाई कसले वास्ता गर्ने ? मर्ने मरे हराउने हराए–परिवारलाई सहानुभूति दिन र घाइतेलाई औषधि उपचार गर्ने फुर्सद ठूला कम्रेडहरू कसैलाई भएन ।
नेपाली उखान पहिले राडीले मानिन पछि राँडीले जानिन बाघ लाग्यो घिच्याउन राँडी लागि चिच्याउन भनेझैं अहिले ढंग नपु¥याएर पहिलो नम्बरमा आएको पार्टी बल्लबल्ल तेस्रोमा अड्किएको छ । कतै भविष्यमा ढंग नपु¥याउने हो भने अझ तल खस्कने भयो । जसको नाममा राजनीति ग¥यो–उसलाई अछुतको व्यवहार गरेर बाहिर राखेको फल पाइयो । लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ भनेझैं कम्रेड अहले तीन बल्ड्याङ खानेमा परे–ओली कम्रेडले प्रधानमन्त्री पालैपालो बन्ने ललिपप देखाएर सबै कुरा आफ्नो अनुसार पारे । सादगी भन्दाभन्दै माओवादी नेताहरू मोजमस्तितिर लागे–कसैलाई किन यसो गरिस् भन्दा–मेरो जीवनमा तिम्रो के चासो भनेर पन्छाइदिन्छन् । रिसोर्ट र मलहरू भ्रमण गर्दागर्दै नेताहरूलाई फुर्सद भएन– जनतालाई पन्छाउँदै गर्ने नेताहरूलाई अहिले जनताले पन्छाउन थाले–अबको चुनाव माओवादीका लागि फलामको च्यूरा बन्ने ढाँचा छ ।


ज्येष्ठ नागरिकः सम्मान कि अपमान ?


पुस १२ गते ज्येष्ठ नागरिक दिवस । राष्ट्रपतिले सम्मान गर्ने भनेर बोलाइएका बुढा वा आमा शितलनिवास पुगे । सम्मान गर्ने तरिका नै अलपत्र । राष्ट्रपति उच्च आसनमा त्यो पनि ३ फिट माथि बनाएको स्टेजमा । अनि सम्मान थाप्न पुगेकाहरू कोही लठ्ठीको सहाराले, कुनै अर्काले समातेर स्टेजमा उकाल्नुपर्ने । घिस्रिदै घिस्रिदै पुगेका बृद्ध बृद्धाहरूलाई लागेको थियो–बुढौतीमा खर्च गर्न केही कम पनि राखिएको हुनुपर्छ । तर बढे साइजको अभिनन्दनपत्र भिडाइयो–रित्तो । अनि अभिनन्दनपत्र बोकेकाहरू पाका आमाबालाई घरसम्म पु¥याउने व्यवस्था त्यहाँ देखिएन–बाहिर सडकमा उभिएर ट्याक्सी खोज्दै थिए । धन्न कसै कसैले सहयोग लिएर गएका थिए र उनीहरूको भरमा फर्किए । खानाको कुरा गर्न छुच्याइँ हुन्छ–चर्चा गर्नेतिर नलागौं । यस्तै हो–कतिका बिल बन्छ त्यसमध्ये केही त व्यवस्थापन गर्नेलाई चाहियो ।
घुमन्तेलाई लागेको कुरा के भने–जनताकी छोरी हुँ भन्ने र जनप्रतिनिधिकै नाताले राष्ट्रपति बनेकी महामहिमलाई स्टेजबाट तल ओर्लेर बुढा बा आमा जहाँजहाँ बसेका थिए, त्यहीँ हस्तान्तरण गर्दै सम्मान गर्ने व्यवस्था अभिनन्दन पक्षमा व्यवस्थापकहरूले किन गर्न नसकेका होलान् । अनि सम्मानलाई रकमसँग गाँस्न हुँदैन भन्ने राय आउला–तर चाहिँदो नचाहिँदो ठाउँमा राष्ट्रिय ढुकुटीको खर्च गरिन्छ भने बुढाबुढीलाई केही रकम दिन किन कञ्जुस्याइँ होला । अनि सवारीको व्यवस्थ ागर्न किन लोभ गरेको ? सम्मानपत्रको भारी बोकेर ट्याक्सी खोज्नुपर्ने अवस्था भविष्यमा नआओस्–आसेपासेका बुद्धिले भ्याउँदैन भने मूल मान्छेले चासो राखे हुन्थ्यो कि ?। ज्येष्ठ नागरिकका लागि अरुले गरेको सम्मान हेरे भइहाल्छ–होइन भने र यस्तै कार्यक्रम गर्ने हो भने नगर्दा नै जाती । घुमन्तेको चित्त दुखाइ हो–सम्मानको नाममा पाकाहरूको अपमानको लर्को न लगाइयोस् ।


एमालेलाई अर्को धक्का


गहुँ काटेपछि बाला कुटेको छ कि भनेर सिला खोजेझैं अचेल कम्रेड ओली पालिका प्रमुख–उपप्रमुखलाई तानेर राष्ट्रिय सभामा भोट बढाउन सकिन्छ कि भनेर देशव्यापी दौडाहामा छन् । फाट्टफुट्ट झिँगाटिप्दा झैं केहीलाई आफ्नोमा ल्याएका पनि छन् । तर सुनारको सय चोट लोहारको एकचोट भनेझैं एकैपल्ट सिन्धुपाल्चोकमा ठूलै टुक्रो उछिट्टिएर गयो । कम्रेड सुभाष कर्माचार्य साह्रै चित्त दुखाएर एमालेबाट पन्छिनेमा परे । महाधिवेशनमा राम्रै उपहार पाउने आसमा बसेका सुभाषलाई ओली कम्रेडले हिस्स बुढी हरिया दाँत बनाइदिए । त्यसो त सुभाष भन्नेहरूको भागमा आँशु मात्र प¥यो । अरुको भागमा माछा र मासु अभागीको आँखामा आँशु । एकातिर सुभाष नेम्वाङ कम्रेडलाई वरिष्ठ उपाध्यक्ष पक्कै आफ्नो भागमा भन्ने लागेको थियो–त्यो पद भाग्यमानी ईश्वरले उछिट्याइदिए । ईश्वर दाहिना हुनुपर्ने पोख्रेलको पथमा ईश्वर दाहिना भए । अर्कोतिर सुभाष कर्माचार्य, आपूmले मन पराएका माधवलाई लात हानेर कम्रेड ओलीतिर लागे–आफ्नो भागमा केन्द्रीय सदस्य कसो नपर्ला भनेको त हात लाग्यो फुस्सा भयो । सिन्धुपाल्चोकमा नाफा नेपालको भागमा नोक्सान ओलीको भागमा कताकता ओली कम्रेडलाई एमाले बढाउने काम लिखाटिप्ने जस्तो पो हुने हो कि ? सिन्धुपाल्चोक मात्र होइन अरु ठाउँमा पनि ओली प्रयास–चुहुने गलुवामा दूध दोहेजस्तो हुँदै गएको छ ।
भन्छन्–झापाका मान्छे मापाका हुन्छन् रे । नपत्याए ओली कम्रेडलाई हेरे पुग्छ । वर्षौंदेखि कम्युनिष्ट आन्दोलनमा झोसिएका नरेश खरेलहरू भित्ता लागे–दुर्गा प्रसाईहरूले पार्टीको ठूलै पदमा फड्को मारे । जिन्दगीभर लाभको पदमा बसेर तर मारेका अग्नि खरेलले अरु धेरैलाई पाखा लगाएर ओलीका प्रियपात्र बने । अहिले कताकता झापामा पनि ओलीप्रतिको असन्तुष्टि विस्तारै बढेर गएको देखिन्छ । अझै धेरै लाभका पदहरू खाली छन्–तर सत्ता आफ्नो हातबाट खुस्केर अन्तै गयो । यस्तै हो भने संसदलाई चल्न नदिएकोले उनलाई संसदीय व्यवस्था विरोध ीभनेर अरु ठाउँमा पनि चोइटो निस्कँदै जाने हो कि ?। त्यसो त ओली कम्रेडको शक्ति मुढाको भन्दा कम छैन–तर झिँजाले मुढा पोल्छ भन्छन्–आउँदो चुनावसम्म एमालेबाट प्वाल परेको जहाजबाट मुसा भागेझैं धक्कामाथि धक्का दिँदै जाने हुन् कि ? सिन्धुपाल्चोक पहिलो गाँस भयो–त्यस्ता अरु गाँस थपिँदै गएर कम्रेडलाई किन रोइस् मंगले आफ्नै ढंगले हुने हो कि ?। तर फटेङ्ग्रा टिप्नमा ओली कम्रेडलाई सफलता मिल्दै जाओस्–अरु सुभाष पैदा न हुन्– घुमन्तेको शुभकामना यही हो ।


मलाई नै चाहिन्छ


नेपाली कांग्रेसमा मालदार–रसदार तीन पद बाँकी छन् ती पद मलाई नै चाहिन्छ भन्ने दर्जनभन्दा कम छैनन् । आपूmले भनेको पदमा चुनाव लड्न नपाएका एकथरि, चुनाव लडेर पनि हारेका अर्काथरि सबैलाई आकर्षक पद नभै नहुने । एउटा नेपाली गीत सम्झना हुन्छ–मलाई त्यही केटी चाहिन्छ । प्रकाशशरण महत–उनलाई ज्योतिषीले कतै पनि चुनाव जित्दैन भनेको थियो–महामन्त्रीमा लडेका हुन्, गगन र विश्वप्रकाशले नराम्रोसँग लडाइँ दिए । उनलाई कांग्रेसको प्रवक्ता हुने ठूलो रहर छ–देउवासँग लगातारको कचकच गर्छन्–मलाई प्रवक्ता बनाउ भनेर । यता ज्ञानेन्द्रबहादुर कार्की–जहिले पनि देउवालाई टेको बनेर बसेका । नेपाल सरकारको प्रवक्ता भएर पनि राम्रै इमेज बनाएका । उनीलाई राम्रै पद नदिई भएन–सके प्रवक्ता नसके संगठन विभाग प्रमुख । गच्छदारलाई यसो कुनै खाली खाल्सोमा नमिलाई हुँदैन–नत्र सुनसरी मोरङ आफ्नो हातबाट खुस्कने । उनलाई कोषाध्यक्ष बनाउन पाए रकम कलमको जोहो समेत हुने । अनि गोपालमान दाइ–यसै चूप लाग्लान् जस्तो छैन । बालकृष्ण खाँड अति भरपर्दा–उनले रुचाएको पद दिनै प¥यो । एनपी साउद अनि विश्वासिला मान्छे । जहिले पनि देउवाको साथ । पार्टी पदाधिकारी बन्न नसक्ने होइनन्–देउवाले चुप लाग भने पछि चूपै लागेर बसेका–केही त हेर्नै प¥यो ।
यी त भए पार्टी हाँक्ने सारथी । अर्कातिर विनोद चौधरी र उमेश श्रेष्ठजस्ता धनपति यिनीहरूलाई पार्टीको कोषाध्यक्ष बन्ने ठूलो रहर पैदा भएको छ । यता ग¥यो उता ग¥यो जेठी माग्ने पानी कान्छी माग्ने घाम म एक्लो बुढो कतातिर जाम भनेझैं पद सीमित पद खोज्ने असीमित । सबैलाई आपूmले भनेकै पद चाहिने । अब ठूलै समस्या तेर्सिएको छ रुवाखोले काजीका अगाडि । धन्न–रामचन्द्र, शशांक र सुजातालाई भावी राष्ट्रपतिको रूपमा देखाएकाले तत्काल समस्या छैन, पछिको कुरा देखा जायगा । दोस्रो मतदान अघि उपप्रधानमन्त्री बनाइदिन्छु भनेर फकाएका प्रकाशमान कति दिन कचकच नगरी बस्ने हुन्–भन्न सकिँदैन । आफ्ना प्रदेशमा ओरालो लाग्न थालेका विमलेन्द्र निधिलाई मोटै खाम भिडाएर भोट लिएकाले त्यताबाट कचकच आउला जस्तो छैन ।


अन्त्यमा–
कम्रेड प्रचण्डले खुमलटारे ठेकदारको घर छाड्ने रे । ओलीका लागि दुर्गा प्रसाईजस्तै प्रचण्डलाई डेरा दिन अर्को कुन ठेकदार देखिने हो ?