ठूलो पद पाउन ठूलै नेताको नाता जोडिएको हुनुपर्छ…

यताउताका कुरा

मेरा एकजना मित्र चुनाव आचारसंहिता लागेपछि घरमा अलापबिलाप गर्दै थिए । यो बुढौतीको बेला केको अलापबिलाप नि–प्रश्न बाहिर निस्कन नपाउँदै बाबुलाई सत्तोसराप गर्न थाले–बुढाले उतिखेर ठूलाबडाको छोरी खोजेर बिहे गरिदिएको भए आपूm पनि यतिखेर राजदूत होइन्थ्यो, त्यसो नभए कुनै आयोगको सदस्य त पक्का । यत्रोविदि नियुक्ति हुँदा आफ्नो नाउँ नपर्दा कति चित्त दुख्यो होला । कसरी पर्नु तिम्रो नाम–कुनै ठूला नेतासँग तिम्रो नाता पर्दैन । माधव नेपाल यतिबेला सत्ताको हर्ताकर्ता–उनका बैनीज्वाइँ परे केको अनौठा । अनि पम्फा भूसाल मात्रै के कम उनले आफ्नी बैनीज्वाइँलाई राजदूत बनाइन् । अनि प्रधानमन्त्रीले आफ्नो पुरानो संगतकीलाई राजदूत बनाए–यो पनि राम्रै भागवण्डा हो । यसअघि उनैका श्रीमानले राजदूत पदको राम्रै स्वाद चाखिसकेका थिए । अर्की भाग्यमान महिला–वैदेशिक रोजगारीको पेशा अँगाल्दा अँगाल्दै तेस्रोपल्ट राजदूत बनिन् । अरुको के कुरा गर्नु कम्रेड प्रचण्डले ज्यूज्यान दिएर क्रान्तिमा होमिएका अरु नेता छाडेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्यमा पु¥याए । हातमा डाडूपन्यू भएको बेलामा पनि आफ्नालाई जुरुक्क उचालेर उपल्लो ओहदामा पु¥याउन नसके घर परिवारले लात्ती र नामर्दको बिल्ला भिराउन बेर मान्दैनन् ।
कसैले आफ्ना भनेपछि अयोग्य नै भए पनि टुपीमा समातेर माथि पु¥याउँछन्, अनि कुनै योग्य नै छ भने पनि खुट्टा तानेर जमिनमा पछार्दछन् । त्यति पनि गर्न नसके केको नेता । चुनावको आचारसंहिता भोलि लागू हुन्छ है भनेर निर्वाचन आयोगले मन्त्रीको कानमा खुसुक्क भन्न नपाउँदै मन्त्रिपरिषद्को बैठक बस्यो–त्यो पनि चार चार घण्टा । त्यतिबेर नै ऐरेगैरे नत्थु खैरेहरूको नाममा धमाधम ठप्पो लगाइयो । कसै कसैले राजदूत हुने क्राइटेरिया नपुगेका पनि सिफारिसमा परे भनेर गुनासो गर्छन् । आफ्नो भागमा नपरेपछि गुनासो गर्नु कुन अनौठो भयो र ?। चार घण्टाको बीचमा एकसय भन्दा बढी भाग्यमानीको नाम सिफारिस भयो र कतिको नियुक्ति पनि भयो । संसदीय समितिले अनुमोदन गर्नु बाँकी छ–त्यसको पनि चिन्ता नगरौं । सरकारले ज–जसको नाम सिफारिस गरेको छ–ती सबै अनुमोदन । यसअघि कसैको नाम सिफारिस नभएको छ र ?। संसदीय समिति हात्तीको देखाउने दाँत न हो–सबैको नाम पुराका पुरा स्वीकृत भएर निस्कने छ । यो सराद्धे गरे जस्तै परम्परा धान्ने हो । जसोजसो पुरेतबाजे उसैउसै स्वाहा…सरकारको चित्त दुखाउने काम किन गर्ने ?। कूटनीतिक क्षमता भएको होस् वा नभए नहोस्–विदेशमा गएर पार्टी र भोज भतेरमा रम्न पाए पुगिहाल्यो । जसले ठूलो पद पाए ती सबै ठूलाबडासँग नाता लागेका छन् ।


भाले जुधाइ

यतिखेर देशको अर्थतन्त्र साँझको सूर्य डाँडामा हराउन ओरालो लागेझैं ओरालो लागेको छ । कसले ओरालो लगायो, कसरी माथि तान्न सकिन्छ भनेर गोडमेल गर्नुको साटो आपूm चोखो अरु सबै बिटुलो भनेर उम्कने दाउमा छन् । अर्थतन्त्र ६ महिना यतामात्र ओरालो लागेको होइन, तर अहिले आएर प्रतिपक्ष सत्तापक्षको नालायकी देखाउनेमा छ भने सत्तापक्ष दुई वर्षदेखिको कुरा कोट्याएर सबै दोष पूर्ववर्ती सरकारको भनेर पानी माथि ओभानो बन्ने प्रयासमा छ । यस्तै हो–आपूmले गरेको सबै राम्रो अरुले गरेको बसै नराम्रो भनेर उम्कने दाउमा सबै बस्छन् ।
ओली कम्रेडको पालामा बनेका गभर्नरलाई देउवा सरकारले कसरी सहनु । अनि गभर्नरले अर्थतन्त्र गलत बाटोमा लगे भनेर मन्त्री कराउने, मन्त्री अर्थशास्त्र बुझ्दैनन् भनेर गभर्नर बदख्वाइँ गर्ने । मिलेर अर्थतन्त्र उकास्नु सट्टा कसको बदख्वाइँ कसले बढी गर्ने भनेर कम्पिटिसन भयो । मन्त्री र गभर्नरको भाले जुधाईमा देशको अर्थतन्त्र विस्तारै भरेङ उक्लँदै गयो । यस्तै हो–पैसा जति ठूलाबडाले डसना बनाएर राख्ने, डसना उछिन्ने आँट कसैले नगर्ने । जेरी जति जेलिएको छ नेपालको राजनीति कसले कसलाई ठोक्ने र गोद्ने कुरामा अलमलिँदा अलमलिँदै–भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोलीको भन्ने हो कि श्रीलंका अथवा पाकिस्तानको जस्तो अवस्था आउने हो–भन्न अप्ठेरो छ । तैपनि नेपालका प्रशासनिक क्षेत्रमा होस् कि राजनीतिक क्षेत्रमा–भाले जुधाईको अवस्था भने निरन्तर छ ।

हात चिलायो

दाहिने चिलाए लाभ देब्रे चिलाए हानी भन्ने चलन छ । तर यतिखेर मन्त्रीज्यूहरूको देब्रेहात मात्रै चिलाउन थालेको छ–अर्थात नोक्सानको दिन आएको छ । निर्वाचन आयोगले छुस्स केही हुन दिँदैन–पष्टिकरणका पर्रा छुटाइहाल्छ । यसो अधकल्चो नै भए पनि योजनाहरूको उद्घाटन गर्न हात सकसकाइरहेको छ । प्रधानमन्त्रीलाई मेलम्चीको उद्घाटन दोस्रोपल्ट गर्ने खुबै रहर थियो । ओली प्रधानमन्त्री हुँदा भित्तामा ताम्रपत्र टाँस्ने रहरले योजना पूरा नहुँदै उद्घाटन गरेका थिए–अधकल्चो काम गर्ने भनेर ओलीको नामको ताम्रपत्र असार १ गतेको भेलले कता पु¥यायो कता ? अहिले पनि काम पूरा भएको त कहाँ हो र ? तैपनि उद्घाटन गर्ने रहर पु¥याउन देउवा मेलम्ची यात्रामा जान तमतयार भएर बसेका थिए । निर्वाचन आयोगले बच्चेर कसरी गर्छौं उद्घाटन भनेर डण्डा बजा¥यो । अनि तैं चूप मैं चूप गरेर प्रधानमन्त्री मेलम्ची गएनन् । काठमाडौंबासीलाई चिन्ता–उद्घाटन नगरेको मेलम्चीको पानी धारामा आउँदैन कि ? उद्घाटन नगरे पनि सुरुङ्भित्र पानी बग्न थालेको छ–बगेको पानी कहिले आइपुग्ने हो काठमाडौंका धाराहरूमा ।
प्रधानमन्त्री त प्रधान नै भए, उनले रहर गर्नु अनौठो भएन । तर अरु मन्त्रीहरू संघीय हुन् कि प्रादेशिक सबैको हात चिलाएको छ–उद्घाटन गर्न । उद्घाटनको स्वाद नै अर्को–रिवन काटेको होस् ढाकेको कपडा तानेको होस्–पत्रपत्रिकादेखि रेडियो र टेलिभिजनमा भव्य प्रचार हुने । यता प्रचार अर्कोतिर उद्घाटनको खुसीयालीमा भव्य भोजको आयोजना हुने । लूटको धन फुपूको सराद्धे भनेझैं योजनाकै खर्चमा ब्ल्याक लेबुलदेखि सिवाज रिगलसम्मको चुस्की लगाउन पाइयो । हैसियत बिनाका भए पनि पत्रकार नामधारी आफन्तलाई बाक्लो खाम दिन आदेश गर्ने । यतिखेर नै निर्वाचन किन गर्नु परेको होला–अलि पछि गरेको भए अधकल्चा योजनाहरू धमाधम उद्घाटन गर्न पाइन्थ्यो । आपूmले थालेको हो र पूर्व प्रधानमन्त्रीदेखि शुरु भएको । जसोजसो पुरेत बाजे उसैउसै स्वाहा न हो–ठूलामन्त्रीले जे गरे साना मन्त्रीले नक्कल गर्ने ।

अनौठो तालमेल

नेकपा एमाले अब बिस्तारै बहुरंगी रूपमा देखापर्न थाल्यो । हिजोसम्म हामी एक्लै चुनाव लड्छौं, कसैको साथ चाहिँदैन भनेर कुर्लने नेताहरू राप्रपाका कमल थापा र परिवार दलका एकनाथको टेको खोज्दै हिँड्नु भयो । राप्रपाको बलियो खेमा राजेन्द्र लिङ्देनलाई साथ लिन खोजेको हो–उसले भाग ठूलो खोज्यो, चुनाव चिन्ह सूर्यलाई मानेन भनेर अड्को पड्को तेलको धूप खोज्दै झिनामसिना पार्टीको आड खोज्न पुग्यो एमाले । एकताका नपुंसक संस्कारको एमाले भन्ने गरिन्थ्यो, यतिखेर अर्धनारीश्वर बन्न पुगेको छ । एकातिर हिन्दूराष्ट्रको वकालत गर्दै हिँडेको, भित्रभित्रै ज्ञानेन्द्र बाहेकको राजतन्त्रको पक्षमा रहेको कमल थापा ग्रुप र अर्कोतिर धेरैभन्दा धेरै नेपालीलाई होली वाइन खुवाएर क्रिश्चियन बनाउँदै हिँडेका एकजनासँग एमालेको के मोह भएर चुनावमा मिलेर जान लागेको हँ ।
एमालेलाई आफ्ना पुराना कार्यकर्तामाथि विश्वास नभएर नयाँनयाँ उम्मेदवार बटुल्न थालेको छ । अर्को पार्टीबाट चोरेर भित्र्याइएकाहरू यतिखेर मेयर र उपमेयरको पद सुशोभित गराउन उम्मेदवारी दिइँदैछ । लाग्दछ–कार्यकर्तालाई चित्त बुझेको छैन तर बोलबोल मछली मुखभरी पानीझैं ओलीको अगाडि कसैको बोली फुट्दैन । अनि जसोजसो परेतबाजे उसैउसै स्वाहा–अनि जंगेले बोलेपछि बोल्योबोल्यो–ओलीले बोलेपछि न मान्ने को ? हिन्दू र क्रिश्चियन मिसाएर एमालेलाई खिचडी धार्मिक स्वतन्त्रतामा लैजाने भयो एमालेले ।

अन्त्यमा–
गठबन्धन सरकारलाई ओलीको सातो गएको छ, प्रचण्ड र माधव नेपालको त वाक्य नै बन्द भएको जस्तो देखिन्छ ।