हामी ठूला मान्छे ः संसदको बैठकमा जानैपर्ने छ र..

यताउताका कुरा

माननीयज्यू, हाजिर गरिसक्नुभो–पहिलोले प्रश्न गर्छ । दोस्रोले जवाफ दिन्छ–अघि नै गरिसकेको । पहिलोको टिप्पणी हुन्छ–हाजिर गरिहाल्नु भएछ, जाउँ न त बाहिरतिर । दोस्रो भन्छ–कति दिन भाग्ने हँ हाजिर गरेर । पहिलो भन्छ–हाजिर गरिहाल्नु भयो–भत्ताथापी गयो । अब किन बसिरहनु हँ यहाँ । यस्तै हो माननीयहरू बीचको छलफल । बुढाले जे ग¥यो केटाकेटीले गर्ने त्यही न हो । हाम्रा ठूला सांसदहरू एक त सदनमै आउँदैनन्– आइहाले भने पनि हाजिर गरेर टाप । गणपुरक संख्या नपुगेर विधेयक पासै हुन सकेन । अर्को सांसद झर्कदै भन्छ–हाम्रो ठेक्का हो र विधेयक पास गराउने । यसको जिम्मा विधेयक पेस गर्ने लिनुपर्छ होइन भने सभामुखको जिम्मा हो । २६५ जना प्रतिनिधिसभाका सदस्य, हाजिर गर्ने ११ जना तर सदनभित्र ६९ जना पनि उपस्थित नहुने । हाजिर हुनेहरू पनि को हाईहाई गरेर सदनमा बसोस् । मन्त्रालय, विभाग र कर्पोरेशनतिर टुंग्याउनुपर्ने कैयौं कुरा छन्, समयको सदुपयोग त्यता न गरेर को अर्काको गन्थन सुनेर बसोस् । संसदीय व्यवस्था संसदकै अनादर–अनि कसले भन्छ संसदीय व्यवस्था अफाप भनेर ।
कम्रेड ओली र प्रधानमन्त्री देउवाले सल्लाह गररै संसद सक्न लागेका हुन् कसो–२१९ दिन गयल चन्दा ७८ दिन हाजिर । कसरी ठ्याक्कै मिलेको होला पूर्वप्रम र वर्तमान प्रमको कुरा । सबभन्दा थोरै दिन हाजिर भएर संसदको इज्जत काट्ने उहाँहरू अनि अरुलाई संसदीय व्यवस्था भाँड्न लागे भनेर उछित्तो कटाउने । मैले गरेको सबै राम्रो ठान्ने ठूला नेताहरूको अरु पनि पछि लागेका छन् । कम्रेड प्रचण्ड धन्न १०३ दिन हाजिर हुन पुग्नु भएछ– तैपनि गयल संख्या १९३ दिन भैहाल्यो । तर बुहारी नानीले महिला सशक्तिकरण देखाई हालिन् । १०४ दिन हाजिर हुँदा १९२ दिन गयल । ससुरा बाजेले जस्तो सिकाए, त्यस्तै गर्ने न हो । आपूmलाई युवापुस्ताका मसिहा ठान्ने गोकर्ण विष्ट १०० दिन हाजिर हुँदा १९६ दिन गयल । विद्यार्थी भए हाजिर नपुगेर जाँचै दिन नपाउने तर उहाँहरू त नेता–जाँचको कुरै आउँदैन । यस्तै सूर्यनारायण यादव, अभिषेक प्रताप शाह, मो. इस्तियाक राई र शिवकुमार मण्डल पनि कोभन्दा को कम । यस्तै हो संसदप्रति ठूला नेताको सम्मान ।


रुन्चे मन्त्री

भन्छन्–सुखमा नमात्तिनु दुःखमा नआत्तिनु । तर सहरी विकासमन्त्री बनेकी रामकुमारी झाँक्रीले मन्त्री पद छोड्न पर्दाको अनुहार पूरै आत्तिएको देखिएको छ । मन्त्री बन्दा उनको अनुहार उज्यालो र हँसिलो थियो तर मन्त्री पद छाड्दा आँशु पुछ्दैको हैरान । आफ्नो अतित कोट्याएको भए आँशु पुछिरहनुपर्ने थिएन । पद्मकन्यामा पढ्दाकी दरिलो व्यक्तित्व अहिले किन यति धेरै ओइलाएको होला । त्यसो त मन्त्री झाँक्री कमाउ धन्दामा लागिन् भनेर कसैले चोर औंलो उठाउन सकेको थिएन । कमाउतिर नलागेकालाई पद छाड्दाको किन चिन्ता । महिलाको मन साह्रै कमलो हुन्छ रे–अनि सानोसानो कुरामा पनि आँशु झरिहाल्छ । कुनै बेला थियो–नारीको आँखाबाट आँशु झर्दा पुरुषको मन पग्लन्थ्यो रे । यतिखेर रामकुमारी झाँक्रीको आँशु देखेर पनि कम्रेड माधवको मन पग्लेन–आखिर निकालेको निकाल्यै भयो मन्त्रीहरूलाई । आफ्ना भनेर कोही जोगिएनन् ।
त्यसो त कम्रेड माधवले निस्कने मन्त्रीको समूहलाई उतिखेरै छ महिनापछि अर्को टिम जान्छ–अहिले जाने टिमले छाड्नु पर्छ भनेका थिए रे । तर खान बसेको मान्छे आधापेट खाएर उठ्ने सोचाइ नै राख्दैन । धन्न ९ महिना मन्त्री बन्न पाए–स्थानीय तहको चुनाव आएकोले । अबको पाली कसो न आउला मौका फालीफाली भनेर चित्त बुझाउने कोही हुँदैन । निस्कनेले घुर्की नलगाएका होइनन्–तर उनीहरूको घुर्की अरण्य रोदन अर्थात अनकन्टार जंगलमा चिच्याएजस्तो मात्र भयो । नयाँ मन्त्रीमा ताजगी छ, के के न गर्छु भन्ने तुजुक छ तर गर्न सक्ने केही होइन । राम गए श्याम उस्ताउस्तै । भन्न त दौड कस्छु भन्नेहरू पनि देखिए तर कुतीदेखि नून नबिसाई ल्याएँ भन्ने छोरोलाई खुट्टी देख्दै चाल पाएँ भन्ने आमाको जवाफमा चित्त बुझाउनु पर्ने हो कि नयाँ बाटा कतै जति जोगी आए कानै चिरिएका नहोस् । झाँक्रीलाई आँशुले नपोलोस् ।


एक्लै के गर्ने ?

नेकपा समाजवादीको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा कार्यकर्ताले चिच्याए–अबको चुनाव अब हामी एक्लै लड्नु पर्छ । कुतिबाट नून नबिसाई ल्याएको उखान चरितार्थ गर्दै कार्यकर्ताले के के भने के के । स्थानीय तहको चुनावमा हेटौंडा र पोखराको मेयर जित्न नपाउँदै पूmर्ति बढ्यो र भन्न थाले एक्लै लडौं । पोखरामा कांग्रेस र माओवादी त्यस्तै हेटौंडामा गठबन्धन नभएको भए एमालेले पानी पिलाइदिन्थ्यो । रुखमा हाल्नुपर्ने भोट कहाँबाट कलममा हाल्ने भनेर कुर्लिएका कांग्रेसलाई चित्त बुझाउन देउवाकाजीलाई सानो शिकारीले बन्दुकले शिकार ग¥यो–कुकुर उफ्रियो–मोर मोर भनेर । यस्तै हो नेकपा एसले आफ्नै बलबुताले चुनाव जित्यौं भन्ने कुरा । मोटर राष्ट्रिय सभा गृहमा जम्मा भएका मात्र होइन क्यारे । आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ–घाँटी सानो छ र हाड ठूलो छ भने खाने मान्छे परमधाम । बुझ्नेले बुझेको हुन्छ–नबुझ्नेलाई के भन्नु र ? कम्रेड माधवलाई थाहा छ मिलेर लडेको फाइदा ।
त्यसो त एमालेको अर्जुनदृष्टि गठबन्धन फुटाउनेतिर छ । यदि पाँचदल पञ्चमुखे महादेव बनाइदिन पाए खलिखुप्पर भोट सूर्य चिन्हमा । त्यसैले देउवाकाजीदेखि प्रचण्ड र माधवबाजेसम्म गठबन्धनलाई जसरी भए पनि तन्काउनु पर्छ भन्ने दोउमा छन् । रौतहटमा माओवादी र कांग्रेसको सहयोग नपाए माधव कम्रेडले चुनाव जित्ने कुरा फलामको च्यूरा चपाएजस्तै हुन्छ । अनि प्रचण्ड कम्रेडले पुरानो निर्वाचन क्षेत्र चितौनमा कांग्रेस र एमाले एसको मतो नमिले पल्टने कुरा पक्का छ । त्यसैले रवीन्द्रनाथ टेगोरको “एक्ला चलो” भन्ने कविताले चुनावमा काम दिँदैन । अहिलेसम्म गठबन्धनका ठूला नेताहरूले बुझेका छन्–एक्लै एक्लै जाने हो भने विजयको शेहरा एमालेको टाउकोमा । यो बुझेर कम्रेड ओली आपूmलाई तथानाम गाली गर्नेलाई पनि बालकोट बोलाइ बोलाइ फकाउन थालेका छन् । यस्तोमा एमाले एसका कार्यकर्ताले एक्लै जाने भनेको कुरा न यता मिल्छ न उता मिल्छ ।


माधवको मन्त्र

कम्रेड माधवले आपूmले भरखरै भर्ती गरेका मन्त्रीहरूलाई ठूलै मन्त्रदान गर्नुभएको छ । विकृति विसंगतिमा नलाग्नु, विनम्र र शालीन व्यवहार देखाउनु, अनुशासित बन्नु आदिआदि तर काग कराउँदै छ–पिना सुक्दैछ–नेताको भनाइको पछि लागेर झारो टर्दैन । त्यसैले मन्त्रीहरूले एककानले सुन्नी अर्को कानले उडाउने भएका हुन् । पार्टी अध्यक्षले भन्दैमा हुन्छ र अर्का नेता सम्मानित छन् । सम्मानितले नभनेसम्म एमालेबाट अपमानित भएका माधवको मन्त्र कसले सुनिरहोस् । तर मैले भन्दाभन्दै किन नटेरेको भनेर गलहत्याउने अवस्था आइहाल्यो भने बोलाएको बैठकहरूबाट अलाप भैदियो जाति । निकालिएका मन्त्रीहरूमध्ये प्रेम आले माधवले बोलाएको बैठकमा लुसुलुसु जान्छन्–रामकुमारी झाँक्री कृष्णकुमार श्रेष्ठ गएका छैनन् । विरोध खतिवडाले त विरोध गर्ने नै भए–नामै विरोध कामै विरोध । यिनीहरूले माधव कम्रेडको मन्त्र नसुनेका होइनन्–उडाइदिए ।
कृष्णकुमार श्रेष्ठ आपूmलाई किसान पनि भन्छन्–खोतबारी कति छ थाहा छैन तर दोहोरी गएर रात बिताउनमा भने यिनलाई कसैले सक्दैन । आउँदो चुनावमा सके गठबन्धनकै बन्धनमा बाँधिएर चुनाव लड्ने नभए लागे लाग्छ मोहनी नलागे घरैमा सातवटी उखान चरितार्थ गर्दै कम्रेड ओलीतिर टाँसिन र एमालेमा गाँसिन पुगे हुन्छ । त्यस्तै परे कम्रेड प्रचण्ड त एमालेतिर लहसिएलान् जस्तो भने विचरा किसान, कसै न कसैको लौरी नटेकेर के गरुन् । प्रेम आलेलाई डोटीको सिट पक्का जित्ने लागेकोले एमाले एस छाड्नेतिर छैनन् । यिनले भने माधवको मन्त्रकण्ठ गरे जस्तो छ ।


अन्त्यमा–
मोरङमा कांग्रेसी मत सुरक्षित गर्न नसक्ने डा. शेखर कोइरालालाई ४० प्रतिशत भाग चाहियो रे । ८औं आश्चार्य ।