पानीट्याङ्की मन्त्रीले भने…

नपत्याए पनि

प्रचण्ड, माधव नेपाल, डा. भट्टराई यी सबै कम्युनिष्टका नाममा गद्दार हुन् भनी पानीट्याङ्की मन्त्री भनी चर्चित ईश्वर पोखरेलले भने । वास्तवमा तिनै ईश्वर पोखरेल काठमाडौं छिर्दा कुन हैसियतका थिए र अहिले कुन हैसियतमा छन् । कम्युनिष्टहरूमा हुनुपर्ने गुण कसले क्षय गरेका छन् को गद्दार हुन् भनी केही चण्डोलका कामरेडहरू भन्दै थिए ।

राष्ट्रपतिका कुरा

शितलनिवासबाट एयरपोर्ट जान हेलिकोप्टर प्रयोग गर्ने पूर्व प्रधानन्यायाधीशलाई घुँडा टेकाएर टीका लगाइदिने, आफ्नो हेलिकोप्टर राख्न प्रहरीको तालिम केन्द्र ताक्ने, छोरीका जुत्ता बोक्न सेना प्रयोग गर्ने काठमाडौंको मेयरलाई २० फिट पर राखेर दर्शन दिने ‘रैती र राजा’ ‘मालिक र नोकर’ यस्तै हुन्छ क्यार गणतन्त्रको राष्ट्रपतिको भूमिका ।

जनार्दन कि धनार्जन


जलस्रोत मन्त्री हुँदा उनी जनार्दन नै थिए र अब अर्ब मन्त्री भएपछि उनी धनार्जन शर्मा बनेका छन् माओवादी र कांग्रेसले अबको चुनावमा एक भोटको दश हजार दिन पनि पछि पर्ने छैन, आरजु र शर्माको पैसा बटुल्ने धेरै ठूलो सेटिङ छ भनी अरु माओवादीहरू भन्दै छन् ।

ठूला व्यापारी त आरजु पो !


घरिघरि रामचन्द्र बाजेले नेपाल आयल निगम ठूला व्यापारीलाई सुम्पिदै छ सरकार ! भनिरहँदा बाजेले ठूला व्यापारी भनेको प्रधानमन्त्री पत्नी आरजु देउवालाई पो भनेका रहेछन्, हुन पनि आरजु देउवाले सुजाता जोष्ट, हिसिला यमि सबैलाई भ्रष्टाचारसम्बन्धी कुरामा राम्ररी नै उछिनिन् ।

जीपी कोइराला

मन्त्री वडूले जीपी कोइराला विश्व विद्यालय स्थापना गर्नु पर्दछ भनी भाषण गरे, यदि जीपी कोइराला विश्वविद्यालय स्थापना गरिने भए लाउडा, धमिजा, उदारीकरणको नाममा राष्ट्रिय कलकारखाना कौडीको भाउमा बेचेको पैसाले नै पुगिहाल्छ भनी देउवा पक्षधरहरू भन्दै थिए ।

झोला दिँदा बोरा खोजे


झलनाथसँग फरियाको नाता गाँस्न नसक्दा र माधवलाई बोराका बोरा दाम राख्न नसक्दा मन्त्री पद खोसे नेकपा एस.का पूर्वमन्त्रीहरु हल्ला गर्दै थिए ।

शुरु भो वार्गेनिङ्ग

माओवादीका मन्त्री फेर्ने हल्लासँगै प्रचण्ड निवास पुगेका वहालवाला मन्त्रीहरुसँग निकै ठूलो वार्गेनिङ्ग र मोलमोलाई हुन थालेपछि माओवादी मन्त्रीहरु निकै तनावमा रहेको मन्त्री क्वाटर पुग्ने आफन्तहरु हल्ला गर्दै थिए ।

अब पालो बाबुरामको


एम.सी.सी.पास गराउन देउवालाई सहयोग गरे वापत गुन लगाउन बाँकी रहेका डा.बाबुरामलाई कांग्रेस भित्र्याएर सम्मानजनक पद दिन लागेको जसपाको पार्टी कार्यालयमा हल्ला चल्दै थियो ।