नपत्याए पनि

नपत्याए पनि

बाबुरामको डकार !

जवाहरलाल नेहरु युनिभरसिटिबाट डा. बनेका बाबुराम भट्टराईले पूर्वराजालाई धेरै नबोल्नु चुपचाप गणतन्त्र स्वीकार्नु नत्र लखेटिने छ भनी डकारे ! उनको इच्छा राष्ट्रवादीलाई लखेटेर, मोदीलाई भित्राउने मन छ कि सोनिया गान्धीलाई, किनकि अहिले पनि उनी त्यहीको भत्ता बुझ्ने नै गरेका छन्, भुइँचालो जाँदा उनले बुझेका यावत चिजबिज नेपालीहरूले बिर्सेका छैनन् भनी भन्ने धेरै भेटिए ।

चितौनका कुरा


कुनै बेला रेनु दाहालको प्रतिस्पर्धी देवी ज्ञवालीले प्रचण्डलाई चितौनबाट लखेट्ने कुरा गरे, त्यही प्रचण्डले दिएको पदमा रमाएर उनको पछिपछि हिँड्ने गरेको दृश्य अहिले कुनै पनि चितौनबासीको आँखाबाट छिपेको छैन भनी चितौनका एमालेहरू नै भन्दै थिए ।


ललिता निवासका नायक


ललिता निवासका नायक विष्णु पौड्यालले देउवाको सरकार एमालेले चाहे जुनसुकै बेला पनि ढाल्न सक्छ भनी बकम्फुसे गफ गरे । सुकुम्बासी बनेर बिगाहाका बिगाहा जग्गा जम्मा गर्ने कमिशनमा ललिता निवासको जग्गा हात पार्ने यस्ताका कुरा कसले पत्याओस् भनेर बुटवलतिर हल्ला गर्दै थिए ।


दशभाइको बिजोग !


एमालेमा दशभाइको बिजोग हुने लक्षण देखिएको छ । ओली, बास्कोटा, थापा, बस्नेत समूहले ओलीलाई बालुवाटारबाट घिसार्दै बालकोट पु¥याउनेहरू मध्ये यी दशभाइ पनि भएकाले यिनीहरूलाई राम्ररी नै सबक सिकाउनु पर्दछ भन्ने रणनीति बनाएकाले रावल, घनश्याम, सुरेन्द्र लगायतले राम्रै बिजोग हुने भएको छ भनी विरोध खतिवडाहरू भन्दै थिए ।


अदालत भित्रै कुटाकुट


अहिले त अदालतको क्षेत्रभित्रै वकिलहरूले कुटाकुट गरेका छन्, हेर्दै जाऔं अब बेञ्चको बहसकै बेला ‘लेनदेन’को स्वार्थ नमिलेर बेञ्चमै दुई न्यायाधीशहरूको कुटाकुट हुन्छ । २०४७ पछि दलका कार्यकर्ताहरूलाई धमाधम संवैधानिक अंगहरू लगायत अदालतमा पनि नियुक्ति गराएपछि यस्तै बिजोगको विकल्प के पो हुन्छ होला र ! भन्नेहरू धेरै भेटिए ।


राजदूतमा ‘छि’ नपरुन्


दलहरूको भागवण्डाका कारण विदेशी राजदूताबासहरूमा धेरै राजदूतहरू ‘छि’ भन्नुपर्ने खालका गएका थिए, अहिले भागवण्डा त पक्कै पनि हुने नै छ तर राजदूतहरूको नियुक्तिमा त्यस्तो भागवण्डा होस् जसले विदेशीहरूको बीचमा होइन नेपालभित्रै पनि ‘छि’ भन्न नपरोस् भनी बुद्धिजीवीहरूबीच चर्चा छ ।