विचरा माधवबाजे !

नपत्याए पनि

जति पनि विदेशबाट विशिष्ट पाउनाहरू आउँछन्, तिनीहरूले माधव नेपालसँग नभेट्ने गरेका छन् । दुई तीन सिट भएका मधेशीपछि, राप्रपा आदि सानातिना पार्टीका नेताहरूलाई भेटेर माधवलाई नभेट्नुको अर्थ नेपालमा माधवको पार्टीको अस्तित्व छैन भन्नु त होइन भनी महेशहरू भन्दै थिए ।


कम्युनिष्ट बन्न ?


कम्युनिष्टहरूमा एमाले र माओवादीको नाम लिइन्छ । माओवादीले १७ हजार नेपाली र अरबौंको राष्ट्रिय धन लुट्यो, एमालेको ओलीले झापामा ढकाललाई मारेर १४ वर्ष जेल परे, त्यसैले नेपालमा कम्युनिष्ट हुन मान्छे मार्नै हो त भनी कांग्रेसतिर चर्चा छ ।


सिजी टेलिकम


दरबार हत्याकाण्ड पछि अरबपति बनेका विनोद चौधरीको सिजी टेलिकम सरकारले नदिँदा निक्कै छटपटि बढेको छ र उनले आरजुमार्फत कांग्रेसलाई दिएको चन्दाको पनि हिसाब किताब गर्ने भएका छन् ।


कमजोर कांग्रेस


विना तालमेल चुनाव जित्न सकिँदैन भन्ने अवस्थामा कांग्रेसका सभापति देउवा पुगेका छन् । त्यसको कारण अब कांग्रेसले नेपालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने प्रष्ट पारेको छ, त्यसैले नेपालमा अर्को प्रजातान्त्रिक पार्टीको आवश्यकता भएको महसुस हुन थालेको छ ।


टोल–टोलमा बतास र ओम्नी


पहिलो पटक मन्त्री बन्दा पानी ट्यांकीमा पैसा राखेको आरोप लागेका ईश्वर पोखरेल दोस्रो पटक मन्त्री हुँदा ओम्नी र बतास गु्रपको लाभांश पार्टनरले चर्चित बनेका पोखरेलले स्थानीय निकायका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित, दीक्षितका साथै टिकट वितरण गर्नेसम्मको जिम्मा पाएपछि जित्ने चेलाहरू पालिका प्रतिनिधि भै आए बचे खुचेका नगर–टोलका सार्वजनिक जग्गा र मन्दिरका सम्पत्ति ओम्नी र बतासलाई जिम्मा लगाउने पक्का सार्वजनिक सम्पत्ति संरक्षणका प्रतिनिधिहरू चिन्ता गर्दै थिए ।


गाउँ–नगरमा पेश्की आतंक


बेरुजु र पेश्की फछ्र्यौट नगरी उम्मेदवार बन्न नपाउने भएपछि स्थानीय स्तरका जनप्रतिनिधिहरुले सरकारी कोषबाट लिएको पेश्की रकमको हिसाव मिलान गर्न नसकेपछि पुनः निर्वाचित भै आएपछि मिलाउँला भन्दै अन्य व्यक्ति वा कर्मचारीमा पेश्की सार्न वा पेश्की नलिएको चिठी बनाउन लेखा र प्रशासन प्रमुखलाई दवाव दिन थालेपछि सरुवा माग्न सम्बन्धित मन्त्रालय धाउन थालेको पेश्की आतंकीत कर्मचारीहरु नारदलाई सुनाउँदै थिए ।


सुजाताको पाँच ‘न’


न जनता, न कार्यकर्ता, न पार्टीमा प्रभावशाली नेता, न देव ऋण, न पितृ ऋण, गिरिजाको बार्षिक भोजको खर्च पशुपति विकाष कोषको नाममा अलपत्र परेको देव ऋण र पितृ ऋण बोकेकी सुजाता टिकट पाए वडा सदस्यमा समेत हार्ने डरले गिरिजा सत्तामा छँदा अर्बौं खर्चेर बनाएको घर बिक्री हुने वित्तिकै विदेश पलायन हुन लागेको मण्डिखाटार स्रोतले नारदलाई भन्दै थियो ।


गठबन्धन सरकार–एमाले वहिष्कार


निर्वाचन अघि र पछिसम्म आयोगका पदाधिकारी र कर्मचारीलाई मागे जति असीमित सुविधाको लागि रकम दिने तर मितव्ययितताको नाममा सुरक्षाकर्मीले खाई पाई आएको भत्तासमेत कटौती गर्ने गठबन्धन सरकार र संसदमा बैठक नै नबसी नारावाजी गर्दै आफ्ना सांसदलाई भत्ता खान लगाउने तर त्यस्तो भत्ता कटौतीबारे चुँसम्म नबोल्ने एमालेलाई सुरक्षाकर्मीका परिवारहरुले स्थानीय तहमा भोट नहाल्ने परिवारका सदस्यहरुले नारदलाई सुनाउँदै थिए ।


रुनु भन्दा बौलाउनु वेश


स्थानीय निर्वाचनमा वाम गठबन्धनको कुरा उठाउने घनश्यामको कुरा सुनुवाई नै भएन, टिकट वितरण कमिटीमा बस्न अष्टलक्ष्मी इच्छुक थिईन नामै अटाएन, रुनुभन्दा बौलाउनु वेश भन्दै एमालेमै बसेका रावल, भुषाल, पन्त, पाण्डे, योगेश, शाक्यहरुलाई चुनावी जिम्मेवारीबाट शून्य बनाएपछि तिनका पछिलाग्ने कार्यकर्ताहरु टिकट पाउने आशमा केपीले पत्याउने नेता खोज्दै पछि लाग्न थालेपछि ती नेताहरुको एमालेमा हैसियत के ? झाँक्री, गंगालाल, राजेन्द्र, जैसी, गौराहरु हल्ला गर्दै थिए ।


प्रचण्ड–माधव वुख्याँचा


एमालेले जितेको ठाउँमा कांग्रेस–माओवादी र समाजवादी मिल्दा समेत जित्न सकिन्न भन्दै माधवलाई पोखरा र काठमाडौंबाट पन्छाउने चितवनमा कांग्रेस विवाद मिलाउन भन्दै माओवादी तर्साउने रणनीति बनाएको कांग्रेसले धरान, हेटौंडा, बुटवल, तुलसीपु, भीमदत्त समेत दावी गरेपछि गठबन्धनको तालमेलले प्रचण्ड–माधव वुख्याँचा बन्ने पक्का एमालेका शेरधन, भट्टराई, बस्नेत, बास्कोटाहरु हल्ला गर्दै थिए ।