चुनावमा ढुंगा बोक्नेहरु

नपत्याए पनि


गुण्डा नाइके घैंटे, चरिजस्ता नभए पनि गणेश लामाहरूको साथ पाएपछि गगन थापा कांग्रेसले एक बुथ, हण्ड्रेड युथ भन्न थालेका छन् । आफैं ढुंगा लिएर ठाउँ कुठाउँ जाने थापाले महामन्त्रीको पद पाएपछि कसले छोइदिओस् तर एमालेले पनि दीपक मनाङ्गेहरू जस्ता जम्मा नपारेका त होइनन् भनी भन्ने धेरै भेटिए ।


प्रचण्डलाई समेत सताउने


डाक्टर र वैद्यले सताएको क्षण सम्झदै गर्दा प्रचण्डले बोगटीको याद गरे । सत्र हजार नेपाली जनता मार्दा अरबौंको राष्ट्रिय सम्पत्तिमा आगो लगाउँदा, बैंकहरू लुट्दा नअघाउने प्रचण्डलाई बाबुराम भट्टराई, वैद्यले के पो सताए होलान् भनी बादलहरू भन्न थालेका छन्

झलनाथको सर्प


निर्वाचनमा एमाले र कांग्रेस बोरामा पैसा लिएर आउने छन् भनी झलनाथले भाषण गर्दा दर्शकदीर्घामा बस्ने एउटा समाजसेवी भन्दै थिए ‘तिमी पनि ८० करोडको गोमन साँप लिएर चुनाव क्षेत्रहरूमा जाउ न त !


ग्लोबल टेण्डरको त कुरै नगरौ


निर्माण व्यवसायी महासंघको २३ औं सभा तथा १२ औं अधिवेशनमा निर्माण व्यवसायीहरु एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन तयार हुनुपर्ने प्रम देउवाको अभिव्यक्तिप्रति करोडसम्मका सरकारी टेण्डर हात पार्न त बुढानिलकण्ठको सिफारिशको लागि आरजु दरवार धाउनु पर्छ भने ग्लोबल टेण्डरको त कुरै नगरौं महासंघका वर्तमान तथा पूर्व पदाधिकारी रवि, एडी, पाण्डे, हुमनाथ, लक्ष्मण, धीरेन्द्र, मुकेशहरु हल्ला गर्दै थिए ।


एमालेमा हजारौं रावल


वीरगञ्जका विजय सरावगी रंगेली नगरका दिलीप कुमार अग्रवाललाई केपी ओलीले टिकट दिने वचनसहित राजपा र माओवादीबाट जितेका प्रमुखहरुलाई एमाले प्रवेश गराएको सुईंको पाएपछि एमालेमा अब हजारौं भीम रावल जन्मने पक्का वीरगञ्ज र रंगेली एमालेमा चर्चा चल्न थालेको नारदले चाल पायो ।


घिऊ वेचुवा र तरवार वेचुवाको जुहारी


देउवाले वालकोटको हाउगुजी देखाउँदै महत्वपूर्ण नियुक्तिहरु आफू अनुकूल पार्न खोजेको सुईंको पाएका प्रचण्ड–माधवले अर्ली इलेक्सनको काउन्टर दिएका हुन् प्रम पद कसरी जोगाउने देउवालाई सँधै चिन्ता सरकारमा बसेर आर्जन गर्न पाएको धन,शक्ति र पद जाला भन्ने प्रचण्ड–माधवलाई अर्को चिन्ता अहिलेको गठबन्धन भनेको घिऊ वेचुवा र तरवार बेचुवा हुन् एकले अर्कोलाई धम्क्याएर राष्ट्रिय धनमा तर मार्ने हुन् राजनैतिक विश्लेषकहरु अर्ली इलेक्सनबारे हल्ला गर्दै थिए ।


कार्वाही नहुने आचारसंहिता


ठूला पार्टीहरुले जनप्रतिनिधिको राजीनामा र खर्चको सिमा आचारसहिंतामा समावेश भएकोमा खुलेरै विरोध जनाउँदै राजीनामा नदिई उम्मेदवार हुन पाउनु पर्ने र हुने–खानेहरुले सकेजति खर्च गर्न पाउनु पर्ने आशय व्यक्त गरेपछि आचारसंहिता रद्दीको टोकरीमा पुग्ने नै भयो । गत चुनावमाझैं आचारसहिंता उल्लघंन गरेवापत कार्वाही नहुने पक्का स्वतन्त्र विश्लेषकहरु हल्ला गर्दै थिए ।


मेयर त के वडा पनि छाडिन्न


केन्द्रको मिलान भन्दै गत चुनावमा माओवादीलाई सहयोग गर्दा कांग्रेसी इमान्दार नेता तथा कार्यकर्ताहरु कांग्रेसी कार्यक्रममा आउनै छाडे यसपाली पनि तालमेलको नाममा मन परेको व्यक्तिलाई मतदान गर्न नपाउने भए किन लाग्ने कांग्रेसमा मेयर त के वडा पनि छाडिन्न चुनावी तालमेल भए विद्रोह गर्ने चितवन कांग्रेसीहरु हल्ला गर्दै थिए ।


छानविनमै ढिला सुस्ती

अध्यादेश मार्फत् संवैधानिक नियुक्ती पाएका आयोगहरुको पदाधिकारीलाई बारे अदालतमा मुद्दा परेपछि त्यसको फाईदा उठाउँदै राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीले आफू अनुकुल काम गर्न अप्रत्यक्ष रुपले दवाव दिन थालेपछि आयोगका पदाधिकारीहरुले दलीय नेता मुछिएका भ्रष्टाचार–अनियमितताको उजुरी उपर छानविन र कार्वाहीमा खुट्टा कमाएको नागरिक समाजका अगुवाहरु हल्ला गर्दै थिए ।


शिलालेखको अनुमोदन


स्थानीय निर्वाचन सहयोगको लागि सरकारले दाताराष्ट्रहरुसँग हात फैलाउँदा समेत कहीं कतैबाट जवाफ नआए पछि दाता राष्ट्रहरुले विगतमा दिएको निर्वाचन खर्च, गाडी लगायतका सामाग्रीहरुको दुरुपयोगमात्र देख्या हुनाले यस पटक सदुपयोगको लागि संसद्बाट अनुमोदन खोज्या हुन् कांग्रेसका गगन थापालाई सोध्नुपर्छ अर्थका हाकिमहरु क्यान्टिङ्गतिर हल्ला गर्दै थिए ।


फेरि अध्यादेशकै कुरा

लोसपाका ठाकुर–महतो, जसपाका उपेन्द्र–बाबुराम, माओवादीका प्रचण्ड–नारायणकाजीबीच दुरी बढ्दै गएपछि दल फुटाउने अध्यादेश पुनः एक पटक ल्याउने विषयमा देउवासँग छलफल गर्न महतो–बाबुराम, वृजेश लाल र पछिल्लो पटक नारायणकाजी समेत इच्छुक देखिएको बालुवाटारमा हल्ला चल्दै थियो ।