गठबन्धनको टालो ः एकातिर छोप्दा अर्कातिर नाङ्गो…

सके यही गठबन्धनकै पार्टीको बहुमतबाट र नसके झिनामसिना पार्टीलाई फकाएर भए पनि आफ्नो कुर्सी सुरक्षित राख्ने देउवाको प्रयासमा भ्वाङ पर्न थालेको छ । अध्यादेशको भरमा आफ्नै गाउँघरतिरका रेशम चौधरीलाई छुटाएर समर्थन लिने देउवाको प्रयासमा नेपाली कांग्रेसकै ठूला–साना नेताहरूले अल्झो हाल्न थाले । यस्तो अध्यादेश ल्याउन पाइँदैन भनेर डा. शेखर कोइरालादेखि प्रदीप पौडेलले विरोध जनाए । […]

Read more

नेताको मुटुको धडकन कसरी बढेको होला…

जतिजति चुनावको दिन नजिकिँदै आयो, उतिउति नेताको मुटुको चाल पनि बढ्दै गएको छ । ढुक्कैसँग चुनाव जित्छु भन्नेहरूको संख्या औंलामा गन्न सकिने छ । लौ भन्नोस् त कुन चाहिँ नेता आफ्नै भरमा चुनाव जित्छ । कम्रेड ओलीलाई राप्रपाको वैशाखी चाहिएको छ भने प्रचण्ड कम्रेडले कांग्रेसको आडभरोसामा चुनाव जित्ने हिसाब किताब लगाएका छन् । देउवाकाजीलाई घरैभित्रको […]

Read more

दाम र पद पाउन ठूलै नेताको हात हुनुपर्छ…

यो बुढौतीको बेला केको अलापबिलाप नि–प्रश्न बाहिर निस्कन नपाउँदै बाबुलाई सत्तोसराप गर्न थाले–बुढाले उतिखेर ठूलाबडाको छोरी खोजेर बिहे गरिदिएको भए आपूm पनि यतिखेर राजदूत होइन्थ्यो, त्यसो नभए कुनै आयोगको सदस्य त पक्का । यत्रोविदि नियुक्ति हुँदा आफ्नो नाउँ नपर्दा कति चित्त दुख्यो होला । कसरी पर्नु तिम्रो नाम–कुनै ठूला नेतासँग तिम्रो नाता पर्दैन । माधव […]

Read more

कम्रेडहरू तानिए प्रधानन्यायाधीश महाभियोगमा…

सर्वोच्चको घर बनाउने कुरामा प्रधानन्यायाधीश चोलेन्द्रले राम्रै चास्नी चाटे भन्ने आरोप थियो । उनले महाभियोगको प्रश्नमा चाटेको हो होइन त्यता नगई मैले मात्र हो र कम्रेड ओली र पौडेलले पनि चाटेका छन्–अप्रत्यक्ष अथवा घुमाउरो पारामा भने । आफ्नो अभियानमा केपी ओली र विष्णु पौडेलले मद्दत गरेकोमा आभार व्यक्त गरे, धन्यवाद टक््रयाए । लाग्थ्यो–सर्वोच्चको भवन निर्माण […]

Read more

माओवादी केन्द्र ः नेताहरूमा आपसी दन्तबझान…

कम्रेड जनार्दनलाई असह्य भएको थियो, पार्टीको महासचिव पद नपाएकोमा त्यसको रिस कम्रेड प्रचण्डकै अगाडि पोखे–आउरे बाउरेहरूलाई काखी च्यापेर पार्टी चल्दैन । पार्टी चलाउन दरिला नेता र अनुशासित कार्यकर्ता चाहिन्छ । प्रचण्ड मात्र के कम, भनिदिए तिमीलाई हुर्काएर ल्याएको मैले हो । सबैको अगाडि तीतो शब्द प्रयोग गरेको कसलाई मन पर्छ र ? अनि झाँको झार्ने […]

Read more

ओलीको नाम कसैले लिएन ः अनि चल्यो कानमा खासखुस..

कम्रेडलाई लागेको थियो प्रत्येक मिटिङको प्रारम्भमा पूजाआजामा पहिले गणेशको पूजा गरेझैं अबको प्रधानमन्त्री कम्रेड ओली भनेर नाम लिउन् भन्ने । तर सबै तहको मिटिङ सकिन लाग्दा पनि ओली कम्रेडको नाम कसैले उच्चारण गरेन । त्यसो त सबका गुरु माधवदास भनेझैं एमालेको सर्वेसर्वा भनेकै ओली बा । यदि कसैले आपूmलाई प्रधानमन्त्री बन्ने रहर छ भन्ने संकेत […]

Read more

ठूला नेतालाई राप्रपाको आस र त्रासः मंसिर ४ पर्खंदा…

जतिसुकै आफ्नो संगठन दर्बिलो छ भने पनि चुनाव भनेपछि नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्दोरहेछ । अघिल्लो पल्ट रामचन्द्र पौडेल, शेखर कोइराला, वामदेव गौतमजस्ता नेताले धुलो चाट्नु प¥यो । यसपल्ट नयाँनयाँ मतदाता थपिएपछि यी बुढाको के काम भनेर हटाइदिने हुन् कि भन्ने ठूलै चिन्ता । यसपल्ट चिन्ताहरणको रूपमा राप्रपा अगाडि आएको छ । खान्नखान्न लोकाचार खानलाग्यो मानाचार […]

Read more

यस्तो पो मित्रता ः अधिकारी र घिमिरे दुवै पक्षले खोजी नगर्ने…

मितले गोरु दिए मैले पाखी दिएँ–लेनदेन जहाँ पनि हुन्छ । एम अधिकारी गठबन्धनले एमालेलाई दियो, एमालेले रघुनाथ घिमिरे दियो । अब यी दुईको खोजी कतैबाट पनि हुँदैन । ११ सदस्यीय संसद विशेष समितिको प्रतिवेदनमा एमालेले दश औंलाको ल्याप्चे लगाइदियो । कार्यकर्ताले केही भनिहाल्लान् कि भनेर ९ पेजको फरक दस्तावेज पनि बनाए । त्यसो त कम्रेड […]

Read more

प्रचण्ड कम्रेडलाई प्रधानमन्त्री बन्ने ठूलै चटारो– हुन्छ के ?

आउँदो चुनावमा गठबन्धनलाई इन्द्रजात्राको लिङ्गो तानेझैं घिच्याउँदै लैजाने । चुनावमा आफ्नो पार्टी तेस्रो भए पनि एमाले र कांग्रेससँग बार्गेनिङ गर्ने । मलाई बनाउन त प्रधानमन्त्री भनेर ललाई फकाई गर्ने । नेपालको राजनीतिमा तेस्रो पार्टी प्रधानमन्त्री बनेका थुप्रै उदाहरण छन् । एकताका राप्रपा तेस्रो पार्टी थियो–त्यतिखेर सूर्यबहादुरले कांग्रेसको वैशाखी र लोकेन्द्रबहादुरले कम्युनिष्टको वैशाखीमा सरकारको नेतृत्व गरेको […]

Read more

ठूलाबडाका छोराः संस्कारमा हुर्कनु सट्टा व्यापारमा खडा…

नैतिकताको र संस्कारका विषय यतिखेर उहिलेका कुरा खुइलिए भन्नेमा पुगिसके । नैतिकताले पेट पाल्न सकिँदैन, यो त सामान्य मानिसको कुरा भयो, उता ठूलाबडाका छोराछोरी संस्कारशील हुन्छु–नैतिकतामा अड्छु भनेर लागे भने न त घरले पत्याउने न त भोलि राजनीतिमा लाग्दा जनताले नै पत्याउने । यतिखेर चुनावको चुरो भनेकै मनी अर्थात् पैसा भएको छ । चुनावको ४८ […]

Read more