ठूला नेतालाई राप्रपाको आस र त्रासः मंसिर ४ पर्खंदा…

यताउताका कुरा

जतिसुकै आफ्नो संगठन दर्बिलो छ भने पनि चुनाव भनेपछि नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्दोरहेछ । अघिल्लो पल्ट रामचन्द्र पौडेल, शेखर कोइराला, वामदेव गौतमजस्ता नेताले धुलो चाट्नु प¥यो । यसपल्ट नयाँनयाँ मतदाता थपिएपछि यी बुढाको के काम भनेर हटाइदिने हुन् कि भन्ने ठूलै चिन्ता । यसपल्ट चिन्ताहरणको रूपमा राप्रपा अगाडि आएको छ । खान्नखान्न लोकाचार खानलाग्यो मानाचार भनेझैं हामी एक्लै चुनाव लड्छौं, हामी बहुमत ल्याउँछौं भनेर माकफुँई गर्दै आएको एमालेलाई पनि राप्रपा चिन्ताहरण बन्ने देखिएको छ । झापालाई कम्युनिष्टको मक्कामदिना भने पनि राप्रपाको भोट नआउने हो भने कम्रेड ओलीकै खैरियत छैन । तर सबैको अनुमान–अन्त्यमा एमाले राप्रपासँग त्वम्शरणम् गर्न पुग्छ भन्ने छ । झापा ३ मा एमालेले राजेन्द्र लिङ्देन र झापा ५ मा ओलीले जित्न भोट साटासाट नगरी हुँदैन । जति नै पूmर्ति गरे पनि चितौन ३ मा एमालेले राप्रपाको विक्रम पाण्डेलाई भोट दिने सम्झौता भएन भने कम्रेड प्रचण्डलाई पछार्ने कसले ? कतै विक्रम पाण्डे सूर्यचिन्हमा जाने हो भने एमालेलाई ठूलै लाभ मिल्न सक्छ ।
माधव नेपालले काठमाडौं २ लाई लत्याए । रौतहटमा आफ्नो थातथलो भनेर आँट गरेका छन्, तर प्रभु साहले छिर्के हानेर पछारे भने अनौठो मान्नु पर्दैन । वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने त भए तर निर्वाचन क्षेत्र कुन हो, अझै अलमल । देउवाकाजीलाई गठबन्धनले नसघाउने हो भने राप्रपाको ज्ञानेन्द्र शाहीलाई एमालेको भोट थप्दा के हो कसो हो–अन्यौल छ । हिजोसम्म केको गठबन्धन–कांग्रेस एक्लै लड्नु पर्छ भन्ने शेखर डाक्टर कांग्रेसको भोटले मात्र जित्न सकिन्न भनेर खुट्टा खोच्याउन थालेका छन् । तनहुँका पौडेल–यो त आखिरी प्रयास हो भन्न थालेका छन् कतै कृष्णकुमारले विद्रोही बनेर पाखा लगाइदिने त होइनन् । गगन थापालाई काठमाडौं चार फलामको च्यूरा भएको छ–कपनको कुरुपखोला र सडकले तिम्रो दिन गए भनेर लप्पा लगाइदिने हो कि भन्ने डर । विष्णु पौडेलदेखि बीरबहादुर बलायरसम्मको मुटुले ढ्याङ्ग्रो ठोकेको छ । अनि प्रत्यक्ष उम्मेदवार हुनुभन्दा समानुपातिकको दाउमा छन् ठूला नेता ।

को को समानुपातिक


यतिखेर म त पार्टीको निर्वाचन परिचालनमा बस्छु । प्रत्यक्ष लड्दा आफ्नै क्षेत्रमा मात्र सीमित हुनुपर्छ–समानुपातिकमा नाम राखौं–देशभर चुनाव परिचालन गरौं । कम्रेड बाबुराम घुम्दैफिर्दै रुम्जाटार पुगे पनि, चुनाव चिन्ह बदले पनि पक्कै जित्छु भन्ने आत्मविश्वास हराएकोले छोरीलाई प्रत्यक्ष निर्वाचन आपूm समानुपातिकतिर लाग्ने ढाँचा छ । विमलेन्द्र निधिलाई राजेन्द्र महतोले अत्याएकोले समानुपातिकको मधेशकोटा ताकेर बसेका छन् । कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सोझै चुनावमा जाँदा पानी पिलाइदिने हुन् कि भनेर भागमा नपर्ने नुवाकोट १ को नाम जप्दाजप्दै समानुपातिकको लहरमा टाँसिन बेर छैन । अनि गोपालमान श्रेष्ठ, अघिल्लोपल्ट पद्मा अर्यालबाट मुक्की खाएका–यसपल्ट पनि कसो हो कसो भन्दै समानुपातिकतिरै टाँसिन बेर छैन । जितिन्न भन्ने लागेछ क्यारे, कास्कीकी विद्या भट्टराई के गरौं कसो गरौं–अब सक्रिय राजनीतिबाट टाढै बस्ने हो कि भन्नेमा छिन् । विचरा महन्थ ठाकुर–चुनाव प्रचारमा खटिनु पर्छ, उमेर अवस्थाले कति थेग्ने हो । बरु पार्टीका अरु जितुन्, आपूmलाई समानुपातिकमै राखुन् भन्नेमा छ । अहिले स्वादिलो पक्ष भनेको नै समानुपातिक हो, तर त्यसमा परिन्छ भन्ने ग्यारेन्टी नै के छ र ? खस आर्यकाले जति गरे पनि समानुपातिकमा पर्न मुस्किल छ । अनि रहरेको खहरे बन्छ–समानुपातिक ।

गठबन्धनको गाँठो

गठबन्धन भन्नासाथ एमालेलाई पाहापछारे झैं पछार्छौं भन्ने भ्रम । अहिले जसले जहाँबाट जितेको छ, उसैलाई टिकट दिनुपर्छ भन्ने एकथरि । कहाँ हुन्छ–जितेको होइन जित्नेलाई टिकट दिनुपर्छ, उसले पक्कै जित्छ । खासगरी पहिलोपल्ट हारेका तर यसपल्ट चुनावको मैदानमा उत्रिन टिकट खोजेका नेताहरू पाखुरा सुर्कदै यसपल्ट त नलडी कहाँ चूप बसिन्छ भनेर लागेका छन् । लागेको होला–गठबन्धनमा मिलेर पछि कसो जित्न नसकिएला । झापामा कांग्रेसका विश्वप्रकाश शर्मा राम कार्कीले जितेको ठाउँबाट सांसद बन्ने दाउमा छन्, अघिल्लोपल्ट भाउ नपाएर किन चाउरिइस् मरिचभन्दा आफ्नै पिरोले झैं चाउरिएर बसेका थिए, कांग्रेसको महामन्त्री जिते–अब झापाको एकसिट कसो न जितिएला भनेर लागेका छन्, तर प्रचण्डको चालमा उनी जालमा फेसर हिस्स बुढी हरिया दाँत लिएर बस्नेमा पर्न बेर छैन । यता तनहुँमा पहिलोपल्ट जितेका कृष्णकुमार श्रेष्ठ मरिगए छाड्ने पक्षमा छैनन्–अघिल्लोपल्ट हारेका रामचन्द्र पौडेल आफ्नो आखिरी संसदीय चुनाव त्यहीबाट लड्नेमा छन् । कतै माधवले देउवालाई घुक्र्याएर, फुक्र्याएर यो सीटु कब्जामा राख्न बेर छैन । रामचन्द्रलाई शीतलनिवास पु¥याउने शर्त राखेर तनहुँ एक नेकपा समाजवादीले क¥यापच्याप पारेर राख्न बेर छैन ।
डोटीका बलायर आपूmलाई त्यस क्षेत्रमा कांग्रेसको मसिहा नै ठान्दछन् तर अघिल्लोपल्ट प्रेम घलेबाट मात खाएर बस्नु परेको रिस फेर्न यसपल्ट न उठी छाड्दिन भन्नेमा छन्–माधवलाई देउवाले फकाएर घलेलाई समानुपातिकमा थन्क्याउन बेर छैन । मोरङमा अमनलाल मोदीको ठाउँमा आपूm आउने दाउमा महेश आचार्य छन्, माओवादीका अमनलाल सानो काठले डढ्ने हैसियतका होइनन्, त्यसैले महेश आचार्यको तालुमा यसपल्ट पनि आलु नफलेर पिँडालु मात्र फल्न बेर छैन । सिन्धुपाल्चोक एकलाई माओवादीले आफ्नो वपौती ठान्दै आएको छ । अग्नि सापकोटा जहिले पनि जित्दै आएका र अब पनि जित्नै पर्ने अवस्थाका भएकाले मोहन बस्नेतलाई पाखा लगाउने हुन् । गठबन्धनमा बाँधिएका नेताहरू पार्टीको आदेश कत्तिको मान्ने हुन् । मेरो बाबु मरेको तेरो बाबु मरे जस्तो हुन्छ र भनेर आफ्नो भागमा टिकट नपरे विद्रोह गर्न बेर छैन । गठबन्धनको गाँठो खुकुल्याउनुको साटो झन्झन् कसिदै जाने हो कि ? अरुसँग किन आ–आफैं भिडन्त गर्न ।

बादलमाथि बादल

कम्रेड रामबहादुर थापा बादललाई मंसिर ४ को चुनाव खाऊँ कान्छा बाबुको अनुहार नखाऊँ दिनभरिको शिकार जस्तो भएको छ । पक्का जित्ने सीट कतै छैन, एमालेमा भातमा ढुंगा जस्ता ठानिएका, कसरी पन्छाउन पाइएला भनी चिन्ता गर्न थालेका नेताहरू कतै चुनाव लडाएर विदा बसाल्ने हो कि भन्नेमा लागेका छन् । बाँदरको पुच्छर लौरो न हतियार भयो रे एमालेमा संगठनको नाममा शून्य शक्ति भएका कम्रेड बादल खुबै काम लाग्लान् भनेर फकाई फुल्याई पार्टीमा राखेको–यतिखेर कतै फिट नहुनेमा । एकपल्ट चितौनबाट चुनाव जितेका बादल पछि आफ्नो निर्वाचन क्षेत्रतिर कर्के आँखा पनि लगाएनन् । अनि मतदाताले चिन्नै छाडे । यतिखेर चुनाव लड्ने आँट नदेखाएका कम्रेड बादललाई समानुपातिकको कोटा दिने हो भने जसो ओली उसै सदर भन्ने एकजनाको भाग घट्ने भयो । यो झन्झट किन ?
नेताहरूलाई यो घाँडो पन्छाउनुपर्छ भन्ने लाग्यो क्यारे । चितौनको क्षेत्र नं. ३ बाट उठाउन चर्चा चलाउन थालेका छन् । कम्रेड प्रचण्डसँग भिडाइदियो भने पक्कै हार्छन्, काम तमाम । अर्को सीट क्षेत्र नं. २ हो, त्यहाँ पुराना प्रतिनिधि मोरङ ठाउँ छाड्नेमा छैनन् । अनि त्यहाँ लगेर भिडाउनु प¥यो–सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस् गर्ने हो भने चितौन क्षेत्र नं. ३ एकदम ठीक । त्यसो हुँदा गठबन्धनको अगाडि बादलको तागत कति बलियो होला, त्यसमाथि राप्रपाका नेताले दाउ गरे ।


अन्त्यमा–
राष्ट्रपतिले सेनाका पुराना अगुवाहरूलाई बोलाएर अब देशको जिम्मा लिनु प¥यो भनेको हो कि भनेर नेता आत्तिएका छन् ।