ओलीको नाम कसैले लिएन ः अनि चल्यो कानमा खासखुस..

यताउताका कुरा

कम्रेडलाई लागेको थियो प्रत्येक मिटिङको प्रारम्भमा पूजाआजामा पहिले गणेशको पूजा गरेझैं अबको प्रधानमन्त्री कम्रेड ओली भनेर नाम लिउन् भन्ने । तर सबै तहको मिटिङ सकिन लाग्दा पनि ओली कम्रेडको नाम कसैले उच्चारण गरेन । त्यसो त सबका गुरु माधवदास भनेझैं एमालेको सर्वेसर्वा भनेकै ओली बा । यदि कसैले आपूmलाई प्रधानमन्त्री बन्ने रहर छ भन्ने संकेत मात्र गरेको भए, उसको राजनीतिको इतिश्री । कुरा अलि पुरानै हो–भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो भन्नासाथ कलकत्तामा रहेका राजीव गान्धी दिल्लीका लागि दौडे–साथमा थिए प्रणव मुकर्जी । प्रधानमन्त्री पदमा राजीवको आँखा लागिसकेको नबुझेका मुकर्जीले प्रधानमन्त्री पदको पालो आफ्नो भन्ने के संकेत गरेका थिए–गान्धी खलकले प्रधानमन्त्रीको पद सधैंको लागि बन्द गरिदिए । कसो जीवनको उत्तरार्धमा राष्ट्रपति बन्ने सौभाग्य पाए । यस्तै हो नेपालको राजनीतिमा एमालेको सरकार बन्ने भयो र ओलीबाहेक अरु कसैले दावी गरे भने उसको अवस्था प्रणय मुकर्जी बन्ने थियो–त्यसैले आस गर्ने आँटसम्म कसैले गरेन । तैं चूप मैं चूप । तर कम्रेड ओलीको नाम कसैले लिएन । अब परेन के फसाद, आफैं अघि सरे ।
मिटिङको बीचमा कम्रेड ओलीले महासचिव शंकर पोख्रेलको कानमा खासखुस गरे । के कुरा भयो, कसैले भेउ नै पाएन । एकछिन पछि महासचिव पोख्रेल उपमहासचिव प्रदीप ज्ञवालीको कानमा खासखुस गर्न पुगे । लिखित प्रतिवेदन पढ्दा पढ्दैको अवस्थामा ज्ञवाली कम्रेडमा ज्ञान स्फुरण भयो–अबको चुनावपछि पनि कम्रेड ओलीले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने प्रस्ताव पास गरौं– बोली भैमा झर्न नपाउँदै हल तालीको गडगडाहटले भरियो । ओलीको मुहार मुस्थानमय भयो । त्यसो त अर्काले दावी गर्ने कुरै थिएन, जसले दावी गर्ने आँट गथ्र्यो, उसको भाग्य र भविष्य तत्कालै समाप्त हुन्थ्यो । कम्रेड ओलीले अहिलेसम्म पनि यो चुनाव मेरा लागि आखिरी हो भन्न सकेका छैनन् र प्रधानमन्त्री भइहालिन्छ कि भन्ने धिङ्धिङी अझै बाँकी छ । यसपल्ट कतिले गाली खाने भए–कसैले पनि बुद्धि पु¥याएर भावी प्रधानमन्त्री ओली कम्रेड नै हुनुपर्छ भनेनन् । धन्न मिटिङ्को आखिरमा कम्रेड प्रदीपले शंकरको खासखुस र त्यसअघि ओलीकै खासखुसलाई साकार रूप दिए ।


दिन गएकै हो

दुईटा ठूला दलले आफ्ना हालका समानुपातिकका सांसदहरूको गालामा चड्कन च्यूरा लगाए अर्थात् समानुपातिकको स्वादमा रमाइरहेकाहरूलाई अब फेरि न दोहो¥याउने रे । समानुपातिक सकिएकाहरू चुनाव लड्न चाहे–पाउँछन् तर नेताहरूले टीका लगाउँदै भन्नु प¥यो नि–अब तिमी फलानो कन्स्टिच्यूएन्सीबाट लड्नु । नेता रिझाउन टक््रयाएको रकम बाहेक चुनाव खर्चमा सुकी रकम खर्च नगरेकाहरू एक त २ करोड रुपियाँ हाराहारी खर्च गर्नुपर्ने, त्यति गर्दा पनि चुनाव पक्कापक्की जितिन्छ भन्ने टुगो नभएकाहरू किन खर्च गर्न जाने । नयाँ चलन आएको छ, पहिले पहिले नेताहरूले उम्मेदवार बनाउनका साथै चुनाव खर्च भनेर दिने गर्थे, खर्च पनि त्यति धेरै लाग्दैनथ्यो–अब त नेताहरूलाई मोटो दक्षिणा नचढाए उम्मेदवारीको टिकट नै पाइँदैन ।
को को परे त समानुपातिकबाट खुस्केर सडक नाप्नेमा । मन्त्रीको स्वाद चाखेका उमेश श्रेष्ठ अब स्कुल चलाएरै चित्त बुझाउलान् कि ?। महालक्ष्मी डिन । हेटौंडामा विरोधको विरोधमा उत्रिन गाह्रो छ । राम्रै लगानी गरेका विनोद चौधरी अब चुनाव क्षेत्र खोजेर भिड्नु पर्ने भयो । वा वा भन्दै हिँड्ने निरुपाल, पैसाको के दुःख भनेर नेता रिझाउन सिपालु मोती दुगड अब संसद हलबाट सधैंको लागि बाहिरिए । चुनाव लड्न खोई र निर्वाचन क्षेत्र । अर्की नेतापत्नी सुजिता शाक्य आफ्नो श्रीमान् शंकर पोख्रेलको धाक धम्कीबाट पद नपाउनेमा परिन्–दाङ्मा उम्मेदवार बनाएर जिताउन सक्लान् र ?। कृष्णगोपाललाई ओली कम्रेड अति माया गर्छन्, बिना श्रेष्ठ कृष्णगोपालकी र वामदेवकी श्रीमती तुलसा थापा पनि अब सडक छाप । पहिलेका नेतापत्नीहरू गोमा देवकोटा तीर्थ गौतम माया न्यौपाने, राधा ज्ञवालीहरू पनि अब सदनमा मेटिन सकिँदैनन् । त्यसैले यी सबैको दिन गएकै हो त ?


अलपत्र नेता

जति चुनावको दिन नजिक आउँदै गर्छ, उनी नेताहरूको मुटुको धड्कन बढ्दै जान्छ । एकथरि नेताको त जन्मथलोमै पनि मतदाताले स्वीकार होइन तिरस्कार र बहिष्कार गर्लान् भन्ने डर छ । त्यसैले कता गए पक्का चुनाव जितिन्छ भनेर झिँगेदाउँ हेर्न थालेका छन् । पहिलो अक्करमा कम्रेड माधव परेका छन् । अघिल्लो एकपल्टको चुनावमा काठमाडौं र रौतहटमा चुनाव जित्दा रौतहट किन चाहियो र भनेर राजीनामा गरेका । यसपल्ट भने रौतहटका अगाडि त्वम् शरणम् गर्नुपर्ला जस्तो छ । काठमाडौं र त्यति सहज छैन कम्रेड माधवका लागि अनि रौतहटमा अनिल झाले धुलो चटाइदिए भने । तर गठबन्धनले इमान्दारी साथ भोट हाले रौतहटले एकपल्टलाई मौका देला । यता प्रधानमन्त्री देउवाले तारन्तार जित्दै आएको डडेलधुरा अब आफ्नै मान्छे शत्रुपल्टेका छन् । घरभित्रै सर्प पस्यो भने उम्कन गाह्रै पर्ला । सामदान दण्डभेद सबै उपाय अपनाएर भए पनि यसपल्टसम्म डडेलधुराको प्रतिनिधित्व गर्न पाइने आशामा अल्झिएका छन् प्रधानमन्त्री देउवा ।
झापा ५, कम्रेड ओलीका लागि यसपल्ट ढुक्क हुने अवस्थामा छैन । ठूलो बजार दमकमा स्थानीय मेयर चुनावमा राप्रपाले दनक दियो– राम थापा मेयर बने । यदि ३ नम्बरमा राजेन्द्र लिङ्देनलाई एमालेले नसघाए ५ नम्बरमा ओलीलाई सजिलो छैन, तर गठबन्धन होइन स्थानीय तालमेल भनेर राप्रपाको भरमा कम्रेड ओलीले चुनाव लड्नुपर्ने भएको छ । अर्का नेता उपेन्द्र यादव–सप्तरी २ बाट झिनो मसिनो अन्तरले चुनाव जितेका थिए । यसपल्ट भने सिके राउतलाई ठाउँ छाड्नुपर्ने लक्षण छ । आफ्नो थातथलो छाडेर बारा–२ सिफारिस गरेर के गर्नु, भोट पाउने पक्का । छैन जित्ने गरी । यस्तै यस्तै अवस्था छ एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको । उनको त कहाँबाट चुनाव लड्ने भन्न निर्वाचन क्षेत्र नै छैन । रामचन्द्र बालाई कृष्णकुमार श्रेष्ठले अत्याउन सक्छ, अग्नि सापकोटालाई मोहन बस्नेतले अत्याउन बेर छैन–यसपल्टको चुनावमा धेरै नेता अलपत्र पर्ने अवस्था छ ।


डाक्टर साहेब

नेपाली राजनीतिमा थुप्रै डाक्टर साहेबहरूको प्रवेश भएको छ । त्यसो त बहुदलीय व्यवस्थाको प्रादुर्भाव अघि पनि नेपाली राजनीतिमा फाइफुइँ डाक्टरहरू उम्रेका थिए, बहुदलीय व्यवस्था पछि भने बर्खामा च्याउ उम्रेभन्दा बढी डाक्टरहरू उम्रिएका छन् । डा. बाबुराम भट्टराई त यो देशको प्रधानमन्त्री नै बने । अर्का डाक्टर शेखर कोइराला देउवा पछि प्रधानमन्त्री बन्न पाइएला कि भनी राजनीतिमा ढुंगोपेल्न थालेका छन् । उनलाई अहिलेको गठबन्धन नखाऊँ दिनभरिको शिकार खाऊँ कान्छाबाबुको अनुहार भएको छ । गठबन्धन गर्नु पर्दैन, आफ्नै तागतले कांग्रेसले जित्छ भनेर कुर्लने कोइराला स्थानीय तहको निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा कांग्रेसले भने जस्तो भोट ल्याउन नसकेपछि अब त गठबन्धन भएन भने आउँदो चुनावमा एमालेले धुलो चटाइदिन्छ भनेर गठबन्धन गर्नुपर्छ तर नेपाली कांग्रेसको भागमा १०० भन्दा कम्ती सिटले पुग्दैन भनेर आफ्नो अस्तित्वको प्रदर्शन गरिराखेका छन् । शायद मेरो बोली बिक्नु पर्छ भनेर देउवालाई घुर्की देखाएको हो कि ? तर गठबन्धन नभए आफ्नो खैरियत छैन भन्ने बुझे क्यारे । डा. शशांक आफ्नो जित निश्चित भनेर मौन छन् । डाक्टर मिनेन्द्र रिजाल यसपल्ट झन् पक्का भन्नेमा छन् । एक्लो कांग्रेस हुँदा जितेको ठाउँमा यसपल्ट त गठबन्धनको समेत सहयोग । डाक्टर रामशरण यसपल्ट थकाई मार्छन्, डाक्टर प्रकाशशरणको अवस्था के हुने हो कुन्नि ? एकीकृत समाजवादीका डाक्टर विजय पौडेल रुपन्देहीमा टिक्लान् जस्तो छैन । अबको पल्ट कति डाक्टर ।


अन्त्यमा–
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले यस्तो बयान दिए–एकथरि मै हुँ भन्ने न्यायाधीश, वकिल र नेतालाई नाङ्गेझार बनाई दिए ।