अब सबै नेपालीमा पँखेटा पलाउँछ हावामा उड्न…

यताउताका कुरा

जस्तो गुरु उस्तै चेला दोनो नरकमे ठेलम ठेला भनेझैं प्रधानमन्त्रीले हावामा फुल पार्न थालेका छन् भने उनैको लहैलहैमा नेपालीहरू नौलो नौलो सपना देख्न थालेका छन् । विपनामा प्रगति उन्नति र आर्थिक समृद्धिका कुरा कोरा कल्पना भएपछि मान्छे सपनामै रमाउँछ । प्रधानमन्त्रीले रमाउने वातावरण बनाइदिएका छन् उखान टुक्काकै भरमा सही । कहिले भन्छन्–सबैको चुलोमा ग्यासको पाइप पु¥याइदिन्छु, कहिले भन्छन् पानीजहाज किनेर समुद्रमा चलाइदिन्छु । नेपालीहरू यस्ता हावादारी कुरा सुनेर पनि ताली पड्काइदिन्छन् । अनि त के चाहियो–प्रधानमन्त्री नयाँनयाँ योजना उडाइदिन्छन् । नहुने कहाँ हो र ? त तपाई कुन जमिनमा हुनुहुन्छ, त्यो पो हेर्नु प¥यो त । पैसा न सैसा टीका ट्यास्ट्यास् भनेझैं क्षमता बाहिरका कुरा फलाक्ने किन होला ? नेपाली जनताको दुईटा विशेषता–पहिलो तत्कालै पत्याइहाल्ने अनि दोस्रो चाहिँ चाँडै बिर्सने । अहिले प्रधानमन्त्रीका कुरा तत्कालै पत्याएका छन्–हावाबाट बिजुली निकाल्ने । एउटा हावादारी मान्छे आयो–हावाबाट बिजुली निकाल्न किन नसक्ने भन्यो । प्रधानमन्त्रीलाई पत्यार लाग्यो–आपूलाई पत्यार लागेपछि प्याच्च बोलिहाले ।

भन्छन्–थ्याच्च नबस्नु प्याच्च नबोल्नु । प्रधानमन्त्री प्याच्च बोल्नमा नामी छन् । त्यसैले दामी कुरासमेत दुई मिनेट पनि नसोची प्याच्च भनिदिन्छन् । लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा पानी परेर हिलाम्य भयो, पालले पानी थाम्न सकेन, अनि उनको घाँटी के बोलौं के बोलौं भनेर खसखसायो । प्वाक्कै भनिदिए–एक वर्षभित्र पाँच हजार मान्छे अटाउने सभागृह बनाइदिन्छु । यसअघि कुनैबेला साइबाबाको सभाहल देखेका होलान्, त्यो बनाउन कति लाग्यो होला–विचारै नगरी भने एकै वर्षमा पाँच हजार मान्छे अट्ने हल बनाइदिन्छु–दर्शकले ताली लगाए । त्यो हल अर्को पाँच वर्षमा पनि बनि नसक्दा अहिले ताली लगाउनेहरू त्यतिखेर गाली गर्न थाल्छन् । आफ्नो जिम्मामा नआउने भएपछि जेबोले पनि भयो । बजेट पछि लुसुक्क बालुवाटारबाट सिरुटार गर्नुपर्ने भएकोले होला–यो गर्छु र त्यो गर्छु भन्छन् । त्यतिखेर नेपालीले ओलीले के के बनाउँछु भनेका थिए, बिर्सिहाल्छन् जे भए पनि नेपालीलाई पँखेटा टाँसेर आकाशमा उड्ने महत्वाकांक्षा जगाउन भने सफल भएका छन्–सफलतामा हार्दिक बधाई ।

कोइरालाकै पद चिन्हमा
गर्छु भन्ने नगर्ने कोइरालाहरूको विशेषता हो । अरु त बेग्लै कुरा आफ्नो अधिकारभित्र पर्ने कमिटीहरू बनाउन समेत धौधौ परेको छ । आकाशको राहू पातालको केतु एक फेरा नपरी कसरी चेतूँ भनेझैं पहिलोपल्ट कांग्रेस सिंगैको सभापति पद नपाए उपसमितिहरू घोषणा गर्न सकेनन् । कचकच सुन्न जाति घोषणा गरेर झन्झटमा किन पर्ने भनेर यसै थाङनिएर बसेका छन् । खाऊँ कान्छा बाबुको अनुहार नखाऊँ त दिनभरिको शिकार भएका छन्–सधैंको साथी पनि अब विस्तारै कोल्टे फेर्ने हुन् कि डर । खुमबहादुर खड्कालाई उपाध्यक्ष बनाइहाल्छु नि भनेर एकपल्ट आश्वासन दिए, त्यो दिन आइहाल्यो । अब विमलेन्द्र नजिक कि खुमबहादुर नजिक छिनोफानो गर्नै गाह्रो प¥यो । केकको साइज उस्तै हो पाहुनाहरू भए ठेलमठेल गर्नुपर्ने भयो अब ठूलै झेल । यस्तै हो भाग्यको खेल, कसलाई आफ्नो ठान्ने कसलाई पराई–पार्टी चलाउनुपर्ने भयो डराई डराई ।

सबभन्दा राम्रो गोला हालिदिने ज–जसको हातमा राम्रो पद पर्छ ऊ रमाउने अरुले तालुमा हात राख्ने । पार्टीमा तालुमा आलु फलाउनेहरूको दिन फिर्छ, सच्चा कार्यकर्ता नहरमा झर्छ । आखिर देउवा पनि कुन ड्याङ्का मूला हुन् र–हुर्काएका कोइरालाहरूले नै हो, त्यसैले निर्णय नगर्ने उनीहरूको बानी काजीमा पनि सरेको छ । त्यसैले अब देउवाले म त कोइरालाकै चेलो हुँ–गुरुहरूको पदचिन्ह अनुशरण गर्नै प¥यो । पदाधिकारीदेखि धेरै समितिका रिक्त पद अर्को चुनावपछि भरौंला भनेर बुढानिलकण्ठ लम्पसार परेझैं छिमेकमा लम्पसार परे भैगो । अनि के के पद पाउँला भन्ने कांग्रेसहरू हिस्सबुढी हरिया दाँत लिएर बस्ने । यस्तै हो खोलो त¥यो लौरो बिस्र्यो भन्ने कुरा ।

केन्द्रीय समिति कि कुम्भमेला
–आज सदस्यता लियो, भोलि केन्द्रीय समितिको सदस्य बन्न पाइने पार्टीको नाम के हो ?
–आफ्नो कार्यालय ठूलो हुँदाहुँदै त्यहाँ नअटाएर टुँडिखेलमा केन्द्रीय समितिको बैठक गर्ने कुन पार्टी हो ?
–आज यो सरकारको समर्थन फिर्ता लिन्छौं भन्ने अर्को दिन कुरा फेर्ने पार्ट कुन हो ?
सबैको एउटै उत्तर आउँछ–हिजोको एमाओवादी र आजको नेकपा माओवादी केन्द्र । अब चित्त बुझ्यो होइन त ?। राजनीति गर्नेले कहीं चौवन्नी सदस्यमा चित्त बुझाउँछ । चट मगनी पट् सादी गर्नुपर्छ । कुनै पार्टी तपाई हाम्रो पार्टीको सदस्य बनिदिनोस् न भन्न आयो भने प्रश्न गर्नुपर्छ–म कुन समितिमा हुन्छु । छोरीको ससुरालाई अर्थमन्त्री छोराको ससुरालाई महामन्त्री बनाएर खोलेको पार्टी हो भने उपाध्यक्ष पद दिने हो भने आउँछु नत्र भैगो भनेर पन्छाउन सक्नु पर्दछ । अहिले पार्टीको भेल आएको छ, भेल छोप्न सके आफ्नो हातमा थुप्रै लाभ । तर कतै तपाईको नाम भजाएर खाने दाउ त गरिएको छैन । लाग्छ–फलानो त ठूलै नेता हो, यदि उसको पछि लग्ने हो भने आपूm मात्र किन आफन्तको समेत उद्धार हुन्छ ।

कम्रेड प्रचण्डलाई द्वन्द्वकालको अपराधमा अदालतमा पुग्नेपर्ने अवस्था सिर्जना भयो अनि भएभरका पुराना मित्रहरूलाई एकै ठाउँमा बटुल्नु प¥यो । उनीहरू पनि उस्तै पीडामा । त्यसैले सबै एकै ठाउँमा गुजुल्टिन केन्द्र त बनाए तर सानो पदमा गए इज्जत जाने देखेर सबैले ताके केन्द्रीय समितिको सदस्य पद । देख्नु भएन माओवादी केन्द्रको केन्द्रीय सदस्यमा एकै परिवारका पाँच जनासम्म । आपूm, छोरो, बुहारी, ज्वाइँ, भतिजो, भाइ । कसो छोराले पौरख गरेर भित्र्याएकी तेस्रो श्रीमतीबाट जन्मिएकी नाबालक बच्चा । कसो छोरीले भनी म आए चुनिएरै आउँछु, फलानाकी छोरी भनेर किन आउने । जे भए पनि पार्टीको उपल्लो तहमा नै बस्नुपर्छ । अदालतबाट जोगिन केन्द्र बनाएको, त्यसको भोलिपल्टै अदालतले पूर्जी काट्यो । आपूm ताक्ने मुडो बञ्चरो ताक्ने घुँडो भनेझैं उम्कन खोज्दाखोज्दै भासमा डुब्न बेर नलाग्ने भयो । सिकाउनेहरूले के के सिकाए कुन्नी–हातैमा आएको प्रधानमन्त्री पद त गयो गयो, कतै खुलाहावा खाएर डुल्ने दिन पनि सकिँदै गएको हो कि जस्तो भयो । केन्द्रीय समितिको कुम्भमेलाको भरमा समेत वैतरणी गर्न सकिएला जस्तो छ । इदम् भ्रष्ट उद्म भ्रष्ट ।

आफ्नैको प्रहार
अब मलाई कसले के लछारपाटो लगाउन सक्छ र भन्ने भ्रमणमा बाँचेका ओलीलाई एकैपटक सडकमा पु¥याउने खेल थाले आफ्नै पुराना साथीहरूले । एकैदिन, एकै ठाउँमा बसेर माधव नेपाल र झलनाथ खनालले ठाडै चुनौती दिए । सबै ठूला कुराको सपना देख्ने ओलीलाई लरतरो किसिमले चुनौती दिएको जस्तो लाग्दैन । फलाम तातेको बेलामा घन हान्नुपर्छ भन्ने बुझेका माधवले भित्रभित्रै साङ्लो बनाइसके जस्तो छ । प्याच्च बोल्ने भनेको कुरा पु¥याउन नसक्ने प्रधानमन्त्रीको बानी थाहा पाउनेहरू प्रधानमन्त्रीलाई भेटेर समय बर्बाद गर्नुछ र भन्न थालेका छन् । एकथरिलाई अझै लोभ छ–आपूmलाई टुप्पीमा समातेर जुरुक्क उचाल्लान् कि ? तर आस गर्नु भर नपर्नु सिद्धान्तले यहाँ वास्तविकरूप देखाएको छ । त्यस्तैमा पर्छन्–कम्रेड वामदेव गौतम–आश गरे तर भर पर्न सकेनन् ।

पार्टी सभापतिको चुनावमा होस् कि संसदीय दलको नेता छान्दा होस्, कम्रेड वामदेवले दलबलसहित सहयोग गरेका हुन्, तर ओलीले गुन तिरेनन् मात्र होइन कि गुन नै बिर्सिए । पार्टीको कार्यबाहक सभापति बन्ने सपनामा असिना पारियो । अनि कुन मौका पाउने हो भन्नेताकमा छन् । माधव–झलनाथ समूह विस्तारै दरिलो बन्न थालेको गन्ध वामदेवले पाइसकेका छन्, त्यसैको भर पर्ने हो कि ?। अहिले त कम्रेड ओली नै टेठाजस्ता दरिला छन् । आपूmले पक्ष बदल्ने सोचाइ राख्दा कतै उनले सांसद पदलाई नै पिँजडामा नराखियुन् ।

अन्त्यमा–
कम्रेड प्रचण्डको चितौन भाषणपछि ओली कम्रेडको निद्रा हराउन थालेको छ ।