ठूलाबडाका छोराः संस्कारमा हुर्कनु सट्टा व्यापारमा खडा…

यताउताका कुरा

नैतिकताको र संस्कारका विषय यतिखेर उहिलेका कुरा खुइलिए भन्नेमा पुगिसके । नैतिकताले पेट पाल्न सकिँदैन, यो त सामान्य मानिसको कुरा भयो, उता ठूलाबडाका छोराछोरी संस्कारशील हुन्छु–नैतिकतामा अड्छु भनेर लागे भने न त घरले पत्याउने न त भोलि राजनीतिमा लाग्दा जनताले नै पत्याउने । यतिखेर चुनावको चुरो भनेकै मनी अर्थात् पैसा भएको छ । चुनावको ४८ घण्टा अगाडिदेखि मौन अवधि भन्ने गरिएको छ, त्यसलाई आधुनिक रूपमा परिवर्तन गर्दै ‘मनी’ अवधिमा लिइएको छ । हल्लाखल्ला नगरी अरुलाई आफ्नो पक्षमा तान्ने अगुवाहरूको हातमा रकम नहाल्ने हो भने चुनाव जित्न त्यस्तै । त्यसो त जसको हातमा पैसा प¥यो उसले भोटरलाई बाँड्न साटो आफ्नै बैंक व्यालेन्स बढाउनेतिर लाग्छ–बाँड्यो बाँडेन बसले देख्छ र ? मौन अवधिमा गुपचूप गरिएको कारोबार कसैले किन र कसरी थाहा पाउने । त्यसै भएर भविष्यमा आफ्ना छोराछोरीलाई भविष्यमा नेता बनाउन संस्कार सिकाउने भन्दा व्यापार सिकाउन थालेका छन् । आफ्नो हातमा डाडू पन्यौ भएको बेला सक्दो काम गर्नै प¥यो नि ।
हल्ला चलेको हो–हावा नलागी पात हल्लिदैन । प्रधानमन्त्री देउवाका सुपुत्र आर्थिक कारोबार अर्थात व्यापारतिर लागेका छन् । भन्न सक्नुहुन्छ–व्यक्तिलाई आपूmले चाहेको कारोबार गर्ने अधिकार खोस्ने तपाई को ?। कुरा ठीक हो–तर जे व्यापार गरेको छ–त्यसमा फाइदा हुने गरी सरकारी सुविधा दिन मिल्छ कि मिल्दैन । यसै वर्षको बजेट बनाउँदा प्रधानमन्त्री पुत्रलाई लाभ पुग्ने गरी भन्सार दर मिलाइयो रे । यतिखेर नमिलाए कतिखेर मिलाउने । यसै मौकामा अर्थमन्त्रीले आफ्ना ज्वाइँ–भाञ्जाहरूलाई पनि चटनी मिलाए भनेर किन गुनासो गर्ने । यसअघि नाम आएका कम्रेड झलनाथका सुपुत्र, उपराष्ट्रपति, रामबाहदुर थापा आदिका सुपुत्रहरू पनि कारोबारमा लागेका हुन् । मौकामा चौका हान्न पूज्यपिताज्यूहरू सत्तामा रहँदै चाँजोपाँजो मिलाउने हो । त्यसैले आफ्ना सन्तानलाई संस्कारमा हुर्काउने झन्झट गर्नु सट्टा व्यापार र ठेक्कामा लगाइदियो–नेता बन्ने पक्का ।

श्रीलंका–हेर्नुपर्छ

यतिखेर संसारको आँखा श्रीलंकाको अवस्थातिर गएको छ । हातमा डाडूपन्यौ प¥यो भनेर । जे गरे पनि हुने जसो गरे पनि हुने ठानेर पाँच भाइले सत्ताको भागवण्डा गरे– मानौं वपौतीलाई अंशवण्डा गरेझैं । राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री सबै शक्ति राजपाक्षे परिवारको हातमा । नेपालमा कुनै बेला राणाहरूले यस्तै गरेका थिए–२००७ सालमा सत्ताबाट हात धुनुप¥यो तर शान्त प्रकृतिका नेपाली–कसैलाई पनि मुलुक कटाएनन्, जेलमा कोचेनन् । तर श्रीलंकामा दाजु राजपाक्षे लुकेर ज्यान जोगाउनेतिर लागे–भाइ अर्थमन्त्री विदेश भाग्न लागेका जनताले क¥याप च्याप पारे । यो कुरा बुद्धिमानलाई इशारा काफी हुने भए नेपाली नेताको घट्टमा घाम लाग्नु पर्ने हो । ज्यानभन्दा ठूलो धन नहुने रैछ–बण्डलका बण्डल नोट छाडेर लुक्न गएछन् ।
हाम्रा नेताहरू पनि कम्तीका कहाँ छन् र ?। विदेश कटाइहाल्न कुरा खुस्कला भन्ने डर, बैंकमा राखौं झन् खतरा । बैंकका मान्छेले खुसुक्क अरुलाई भनिदिन्छन्–अनि एक कान दुई कान मैदान भएर त्यो सबैतिर छरिने । अनि हाम्रा नेताहरूले अक्कल पु¥याए–बाक्लो डसना बनाउने, छेउ छेउमा कपास र बीचमा नोट राखेर तग्ने । त्यसो हुँदा अरुको आँखा परेनन् लाग्ने, कसैले लुट्ला भन्ने डर पनि लिनु नपर्ने । तर नेताको ज्यादती बढ्दै गयो भने २०६२ सालको जनलहर उर्लिए झैं जनताको भेल आयो भने मेलम्चीको तवाही नेताहरूको घर नेपालमा नै कु्रद्ध जनताको भेल पस्यो भने डसना बोक्न भ्याइएला र ? नेताहरूलाई लागेको लाग्ल– हामीले जनतालाई सन्तुष्ट राखेका छौं–सत्ता जोगाउने जालो थापेका हौं । तर कुरा उल्टो बगेको थाहै लाग्दैन । लक्षण त स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारलाई गएर संकेत गरिसके–हामी तिमीहरूबाट असन्तुष्ट भैसक्यो–सप्रने भए समय नसकिँदै जनतालाई रिझाउने काम गर नत्र भने श्रीलंकाका नेताहरूको नियति पनि बाध्य हुनुपर्ने छ ।

कसलाई बनाउने महामन्त्री

प्रचण्ड कम्रेडलाई पार्टीको महामन्त्री बनाउने कुरालाई लिएर ठूलै सकस भएको छ । असाध्यै मन परेका जनार्दन शर्मा र पार्टीमा पकड भएका वर्षमान पुन दुवै म्याराथुन दौडमा नै पद पाउन दौडिरहेका छन् । जेठी माग्ने पानी कान्छी माग्ने घाम म एक्लो बुढो कतातिर जाम उखान चरितार्थ भएको छ माओवादी केन्द्रमा । मन्त्री बन्दा बदनामी कमाएका जनार्दनलाई महामन्त्रीको श्रीपेच लगाइदिन निकै मुस्किल छ । अनि वर्षमानले आफैंलाई उछिन्ने हो कि भन्ने डर छ । त्यसैले बीचको बाटो समातेर महरा कम्रेडलाई महामन्त्री बनाइदिने हो कि ?। बीच बीचमा आउने लहडसम्म मात्र हो । एकपल्ट यौन कारण जेलमा परेका तर पछि निर्दोष ठानिएका महरा माथि अपजस आएकै हो–अपजसेलाई श्रीपेज लगाइदिँदा पार्टीभित्रै विद्रोह पैदा हुने हो कि ?। अध्यक्ष हुनु पनि सजिलो रहेन छ । यतिखेर प्रचण्डले सबै भारी बाकेका छन्, भारी गह्रौं हुँदै गएको छ–पानीले भिजेको कपास जस्तो । निकै हलुका होला भनेर बोकेका–तर जति पछि उति भारी गह्रौं भएको छ । त्यसो त किन रोइस् मंगले आफ्नै ढंगले उखान चरितार्थ भएको छ । पार्टी महाधिवेशन हुँदा नै चुनाव गराएको भए जसले जिते पनि उसलाई आफ्नो बनाएर आनन्द हुन्थ्यो ।
कांग्रेसले बुद्धिमानी ग¥यो महाधिवेशनबाट पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनाव गरायो–जो जिता वही सिकन्दर, जितेकालाई फकाउँदै आफ्नो पक्षमा पार्दै देउवा । कम्रेड ओलीले खल्तीबाट निकालेर सबै तह र तप्कामा नाम पढेर सुनाइदिए–त्यही ठहरियो–महाधिवेशनको निर्णय । माओवादी न हाँसको चाल न कुखुराको चाल भएर अड्कियो । अहिले जनार्दन र वर्षमान मात्र होइन, पम्फा भूषाल, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोख्रेल सबैको आँखा महामन्त्री पदमा गएर पूरै टाँसिएको छ । अनि को भन्दा को कम हरिबोल गजुरेल पनि सँगसँगै दौडिएका छन् । त्यसो त एकजनाको नाम टुंगिएपछि अरु सबै हिस्स बुढी हरियो दाँत बनाएर बस्नु बाहेक गर्नै के सक्छन् र । तर महामन्त्रीको नामको टुंगो नभएसम्म १२ धार्नीको ढुंगो बोके जत्तिकै भएको छ–कम्रेड प्रचण्डलाई ।

जसले सक्छ–खान्छ

महालेखा परीक्षकले खर्च के लाउँदै गयो–जता हे¥यो त्यतै भ्वाङ । कुन अड्डामा बेरुजु छैन भनेर हेर्दा देशभरिका ३ वटा गाउँपालिका मात्र बेरुजु नभएका । कसले वास्तवमा खर्च गरेर पनि समयमा हिसाब फस्र्याउन सकेन भने भ्रष्टाचार त नभनौं–हेलचेक््रयाइँ त हो नि । तर जति जति केलायो त्यति त्यति बियाँ र ढुंगा । विद्यालयहरू कोरोनाको बेला बन्दै थिए, कसै कसैले अनलाइन पठाएका थिए । विद्यार्थी घरमा खाजा खर्चको हिसाब स्कुलको वहिखातामा । त्यतिखेर विद्यालयका माष्टरदेखि खाजा पकाउने दिदीले समेत मस्ती मारे । कसले हेर्छ र भन्दाभन्दै यतिखेर चोर पक्रियो–अर्थात खर्च नभएको रकम खर्च लेखियो । अनि अनुशासन सिकाउने गुरुवर्ग नै अनुशासनलाई गोली मार भनेर खल्ती भर्न थाले ।
यो त भयो विद्यालयका कुरा–स्वास्थ्यमा औषधि कता हो कता अफिस दाखिला भनेर नक्कली बिलसहित इन्ट्री गरियो । कालेकाले मिलेर खाउँ भाले गरेर भागवण्डा गरेपछि कसको के लाग्छ । अनि मर्मत सम्भारको बजेट बनाउने कुरा कता हो कता–कोटेशन लिनेदेखि भुक्तानी गर्नेसम्मको काम तमाम । काम भने कता हो कता बजेट भने तमाम । असारे विकास गर्नमा माहिर नेपालीहरू अन्तिम घडीमा बजेट निकासादेखि काम सकिएकोसम्म नक्कली बील भर्पाइ बनाउन माहिर । आखिर कहाँ गयो रकमभन्दा नेपालीकै खल्तीमा । अनि बनाउने भन्दा नक्कली बिल बनाउनेदेखि हिलोमा पिच छरेर भए पनि रकम सक्ने न हो । भन्ने गरिन्छ खाने मुलाई जुंगाले छेक्दैन–मिलाउन जान्नुपर्छ–जसले सक्छ उसले खान्छ ।


अन्त्यमा–
दोस्रोपल्ट पनि पार्टी अध्यक्ष बन्छु भनेपछि शेखर कोइराला आदि चाउरिएर चूप्प छन् ।