नक्कली बन्ने कि राष्ट्रवादी

नपत्याए पनि नारद

राजनीतिक अस्थिरता र तीन तहको सरकारले धान्नै नसक्ने खर्च बढाउँदै लानुले अबको चार महिनामा नेपाल श्रीलंका हुने आई.एन.जी.ओ.ले निकालेको नेपाल प्रतिवेदनलाई ध्यान दिएर देश डुब्नबाट बचाउन कृष्णप्रसाद भट्टराईको नक्कली कांग्रेस हुँदै माओवाद बन्ने कि वी.पी.को राष्ट्रवाद चिन्तन लागू गरेर राजासहितको प्रजातन्त्र ल्याउने कांग्रेसका जोशी, तिवारी, वाग्ले, ढुंगाना, तारानाथहरुले देउवालाई समयमै होस् पु¥याउन जोड दिंदै थिए ।


मन्त्री हुनु त आले जस्तो

स्वार्थ नमिलेर बतास हटाए ज्योति समूह उठाए मन्त्रालयगत नियुक्तिहरुमा एमालेकरण नै गरे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल गरी वालुवाटारसम्म भागवण्डा पु¥याए माधवको निर्देशन नमान्ने, मन्त्रीपदबाट हटाए पार्टी फुटाउनेसम्मका हैसियत बनाएका मन्त्री नेकपा एस.को काम कांग्रेस–एमालेको मन्त्री हुनु त आलेजस्तो नेकपा एसको पार्टी कार्यालयतिर यस्तो चर्चा चल्दै थियो ।


विप्लव माओवादी र निषेधको राजनीति

चुनावमा भाग लिने वातावरण बनाई दिनु प¥यो भनेर नेताहरुको घर–घर पुगेर गुर्हादासमेत कहीँ कतैबाट सुनुवाई नभएपछि अवसर नदिने, बाटो छेक्ने, निषेधको राजनीति गर्ने दलहरुले गर्न लागेको स्थानीय चुनाव वहिष्कारसहित अवरोध कार्यक्रम ल्याउन एम.सी.सी.विरोधमा एकजुट भएका दलहरुका नेता मोहनविक्रम सिंह, मोहन वैद्य, ऋषि कट्टेल, कर्णजित बुढाथोकी, चित्रबहादुर केसी, सीपी गजुरेल र आहुतीको राय सुझाव लिएर अगाडि बढ्ने विप्लव माओवादीका प्रकाण्ड, हेमन्त, धर्मेन्द्रहरु हल्ला गर्दै थिए ।

खरिदारसम्म कोपभाजन

माहाप्रसाद, सुशीला कार्की, चोलेन्द्र, लोकमान त सञ्चार माध्यममा आएकाले कार्वाही परेको थाहा पाए नेता अनुकूल काम गर्ने नेतामुखी कर्मचारी भए टिक्छन् नियम कानून अनुकूल काम गर्ने कर्मचारी मन्त्रालयका सचिव, सहसचिव हुँदै खरिदारसम्म नेताहरुको कोपभाजनमा परी अवधि नपुगी दुर्गममा फालिने, निलम्बनमा पर्ने, बढुवा रोक्का हुने र सरुवा हुने सामान्य घट्ना नै भइसक्यो संघीय मामिला कर्मचारी सरुवा हेर्ने हाकिमहरु हल्ला गर्दै थिए ।

ऊँट बन्दै आचारसंहिता

दलका नेताहरुले खुलेरै निर्वाचनमा मेरो यति खर्च भो उति खर्च भो भन्दै हिंड्ने उपत्यका लगायतका केही क्षेत्रमा आचार संहिताको धज्जी उडाउँदै जात्राको नाममा भोज–भतेर खाने र नगद लिने दिने काम शुरु भै सकेको उजुरीको सम्बन्धमा आयोगले सम्बन्धित व्यक्ति र दललाई पत्राचार र मौखिक सोधनीमा सीमित राखी कार्वाही गर्न प्रमुख आयुक्तले खुट्टा कमाउन थालेपछि आचार सहिंता ऊँट बन्ने पक्का विश्लेषकहरु हल्ला गर्दै थिए ।