तीन पुस्ते धोकेवाज

नपत्याए पनि

१६ वर्षको उमेरदेखि नै राजनीतिमा नव सामन्तीवाद र अहमवादी देखाउँदै धार्मिक ग्रन्थ गिताको झूठो कसम खाने सूर्य वहादुर, पशुपति, प्रकाशचन्द्र, लोकेन्द्र र तिनका सन्तानलाई समेत बेलाबखत धोका दिएर तीन पुस्ते धोकेबाज कहलिएका, दरवारलाई आक्षेप लगाउँदै पार्टीबाट अलग भएको वक्तव्य निकालेकै दिन सामाजिक सञ्जालको माध्यमबाट आमजनताले कमल थापालाई सर्वाधिक गाली गरेको दिन न थापाले बिर्सन सक्छन् न इतिहासले राप्रपा पदाधिकारी बैठकमा भेला भएकाहरु कानेखुसी गर्दै थिए ।


कांग्रेस–एमाले मिलन


माधवलाई पाखा लगाएर ओलीलाई मात्र वालुवाटारमा बोलाएर एमसीसीबारे छलफल गर्नु र अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले एमाले र माओवादीका पार्टी अध्यक्षलाई मात्र फोन गरेर माधवको पार्टीलाई बाइपास गरेपछि हौसिएका ओली उपसभामुख ल्याएर संसद सञ्चालन गरे सदन अवरोध नगर्ने र एमसीसी पास गर्न सघाउने सकारात्मक सन्देश वालुवाटार पुगेको स्रोतले नारदलाई भन्दै थियो ।


एमालेको गठबन्धन भ्यागुताको धार्नी


जनाधार नभएका रेशम चौधरी, हृदयश त्रिपाठी, सी.के.राउत, राजेन्द्र महतो, कमल थापा, सी.पी.मैनाली, वामदेव गौतम, राधाकृष्ण लगायतका बचेखुचेका झिना मसिना पार्टीका नेतासँग गठबन्धन गरे पनि माओवादी–नेकपा एस गठबन्धनको एकछेउ पनि नहुने एमालेको गठबन्धन भ्यागुताको धार्नी नेकपा एस.का खतिवडा र माओवादीका काजीहरु हल्ला गर्दै थिए ।


विकास रोकियो चुनाव भन्न सकिन्न


ठूला र धनी छिमेकी राष्ट्रबाट चुनावको लागि आर्थिक सहयोगको प्रतिवद्धता नआउनु देशको अर्थसुचाङ्क सबै ओरालो लाग्नु, ढुकुटीमा संचित धन नहुनु चुनावको लागि ५० अर्ब माग हुनु १० अर्ब देशको विकास निर्माण रोकेर ल्याउन सकिने ४० अर्ब कताबाट ल्याउने अर्थमन्त्रीले चिन्ता व्यक्त गर्नुले देशको विकास त रोकियो नै स्थानीय चुनाव हुन्छ हुन्न भन्न सकिने स्थिति नरहेको बजेटको अर्धवार्षिक मूल्यांकन समारोहमा कार्यक्रममा पुगेका अर्थविद्हरु हल्ला गर्दै थिए ।


चुनावी सरकार खर्च जुटाउनमै हतार


एमसीसी विवादले गठबन्धन भत्केपछि एमालेबाट सरकारमा जानेमा बास्कोटा, बस्नेत, भट्टराई त पक्का पक्की जस्तै छ । यिनीहरुको मुख्यकाम भनेकै यती, ओम्नी, बतास र दीपकले सञ्चालन गरेको अहिले स्थगित जस्तै रहेको ठेक्का–पट्टा दु्रतगतीमा अगाडि बढाउने र चुनावी खर्च जुटाउने माधव–प्रचण्डका समर्थकहरु पार्टी कार्यालयमा हल्ला गर्दै थिए ।


पानी ट्याङ्की पूर्वमन्त्रीको धम्की !


पानी ट्याङ्की पूर्वमन्त्री ईश्वर पोखरेलले तोकेको समयमा चुनाव नभए आन्दोलन गर्ने भने उनले पहिले पनि ओलीले रक्षा मन्त्रालयबाट घोक्रेठ्याक लगाउँदा पनि आफन्तहरुबीच ओलीविरुद्ध आन्दोलन गर्ने थन्थे, उनका कुरा उनै जानून् भनी माधवबाजेका दूतहरु भन्दै थिए !


माधवबाजेका छटपटि !


देउवा, ओली र प्रचण्डकहाँ पुगेपछि माधवबाजेलाई दलको मान्यता नै दिइएन भन्ने ठानेर चुनावसम्म हामी पाँच पार्टी एक्कै ढिक्का हुनुपर्दछ भनिरहँदा कांग्रेस भने एक्लै चुनावमा जानु पर्दछ भन्न थालेपछि माधवबाजेलाई छटपटि बढ्न थालेको छ ।


कसम गीताको काम मुसाको !


अचेल सामाजिक सञ्जालदेखि आम जानेबुझेका नेपालीहरुबीच एउटै चर्चा छ, दरबारले २०३४ सालदेखि पालेको कमल थापा त पार्टी फोडदिन भनेर गीताको कसम खाए पनि काम भने लोकेन्द्रबहादुर चन्दले भनेजस्तै मुसाको पो गरे भनी भन्न थालेका छन् ।


दुई सभामुख हटाउने परियोजना


पहिले पनि एमसीसी परियोजना सदनमा ल्याएन भने ओली, अग्नी खरेल र सिआईएको रणनीतिमा परेर कृष्णबहादुर महरा सभाबाट हटे अहिले पनि अग्नी सापकोटालाई त्यही परियोजनाको सभामुखको पदबाट हट्ने लक्षण छ भनिन्छ ।