प्रजातन्त्र अनुदान होइन ः पूर्वराजा

Home Feature समाचार

काठमाडौं । गत शनिबार मुलुकले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । तर जसरी २००७ सालमा एक सय चार वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्न तत्कालीन राजा त्रिभुवनले आफ्नो गद्दी नै त्यागेर निस्कनु परेको थियो अहिले त्यो त्याग र देशप्रतिको समर्पण मरेजस्तो भएको छ । किनकि अहिले मुलुकमा गणतन्त्र छ । सीमित नेताहरुको स्वार्थका कारण उनीहरुले राजसंस्थासमेत फाले । तर प्रजातन्त्र आफ्नो खल्तीमा राखे ।
जसका कारण अहिले प्रजातन्त्र निसासिएको छ । तसर्थ पूर्वराजा ज्ञानेन्द्र शाहबाट जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजाबाट प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पु¥याएको आरोप लगाइएको छ । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्नुपर्ने पूर्वराजा शाहको भनाइ छ । पूर्वराजाको सन्देशमा भनिएको छ, ‘नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, प्रजातन्त्र दिवसको सन्दर्भमा हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पूज्य जिजु वुवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न
चाहन्छौं ।’ त्यस्तै, ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ । न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छन्, रहिरहने छन्’ भनिएको छ । विज्ञप्तिमा, ‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुयाएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस हुदै आएको छ । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समिक्षा गर्न अब हामी सबै नेपाली तयार हुनु पर्दछ’ भनिएको छ ।
‘प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन’ पनि भनिएको छ । पूर्वराजाबाट ‘आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पु¥याइरहेको छ ? विचारणीय प्रश्न छ’ पनि भनिएको छ । ‘आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, यही हाम्रो कामना छ’ भनिएको छ ।