दाहालको चप्पल !

नपत्याए पनि

अचेल सामाजिक सञ्जालमा माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहालको मोटरसाइकलमा चढेको फोटोसहितको समाचार सार्वजनिक भएको छ । ८० रुपियाँको सर्ट, १२० रुपियाँको पाइन्ट, ३५ रुपियाँको घडी अनि ८५ रुपियाँको चश्मा लगाउने दाहालको यत्रो परिवर्तन मतदाताले खोजबिन गर्नु पर्दैन भनी प्रश्न गरिएको छ । यसमा रामबहादुर बादल लगायतले साइबर सेना नै प्रयोग गरेको हो कि भन्ने पनि चर्चा छ ।


देउवाको भारत भक्ति !


नेपाल निर्माता पृथ्वीनारायण शाहलाई नमान्ने प्रधानमन्त्री देउवाले भारतका गान्धीलाई माला लगाउने कारण हो भनी कांग्रेसभित्र शेखरहरू भन्ने गर्दछन् । भारतका गान्धीलाई नियमित पुजेपछि बालुवाटारमा बसिरहन पाइने, नियमित भत्ता पनि अउने गर्नाले नै पृथ्वीनारायण शाहको जन्म जयन्ती बहिष्कार गरिएको भनिन्छ ।


योगेशको भण्डाफोर


पैसाको लागि नारायणहिटी दरबार नै कौडीको मोलमा भाडामा दिने, लाउडा र धमिजाले थिलथिलो पारेको नेपाल वायुसेवा निगम आफ्ना पार्टनर डिमप्रकाश पौड्याललाई पाएर विदेशीलाई सुम्पि करोडौं कुम्ल्याउन खोज्ने पूर्वमन्त्री योगेश भट्टराईको राम्रै भण्डाफोर भएको भनी समाचार आउन थालेको छ ।


आरजु फेरि…


प्रधानमन्त्री देउवाका पत्नी, विनोद चौधरीकी व्यापारिक पार्टनर भनेर चर्चित व्यक्ति अहिले सुपारी आयात गर्न केही व्यापारीहरूलाई लाइसेन्स दिएर ५० करोड रुपियाँ घुस लिने तयारीमा छिन् भन्ने चर्चा छ । विदेशी मुद्राको अभाव हुन थाल्यो भनेर, अत्यावश्यक सामान बाहेक सबै रोकिएको बेला आरजुको यो नियतले देश भाँडमा जाओस् तर बेलायतको बैंक ब्यालेन्स बढ्दै जाओस् भन्ने होला भनी जोष्टहरू हल्ला गर्ने गरेका छन् ।


नवगणतन्त्रेहरुका अनुहार


पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस सरकारी र जनस्तरबाट भव्य रुपमा सम्पन्न भएपछि लोकेन्द्रका नवगणतन्त्रे मुसाहरुको अनुहार हेर्न लायक देखिन्थ्यो पृथ्वीको शालिकमा श्रद्धाञ्जलि दिन सिंहदरवार पुगेका राष्ट्रवादीहरु हल्ला गर्दै थिए ।


निर्णय सुन्न आरजु दरवार


सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान र राष्ट्रिय सर्तकर्तामा परेको उजुरीका ठूला व्यापारी, पदाधिकारी, राजनीतिक ठेकेदारहरुको उजुरी विरुद्ध गुनासो, प्रमाण पेश गर्न पहिले आरजु दरवार पुगेर मोलमोलाई गर्छन् हिसाव मिलान पछि क–कस्लाई मुद्दा चलाउने, नचलाउने सोको सन्देश सम्बन्धित कार्यालयमा पुगेपछिमात्र उजुरी उपर छानविन हुने भुक्तभोगी ठेकेदार, व्यापारी र पदाधिकारीहरु नारदसँग गुनासो गर्दै थिए ।


खुट्टा तान्ने सुजाता मुठी बटार्ने शशांक


पुस्तान्तरणको नारा रुपान्तरणको नाटक हुँदै गुटका गुट चुनावी मतदाता, निष्ठा, आदर्श, त्याग, इमान्दारीता सबै चाक्सीवारी र निधि निवास तिरै खुट्टा तान्ने सुजाता हात बटार्ने शसांक त्यसमाथि बोहोराटार मौन बसेपछि उनै बुढाले पदीय जिम्मेवारी नपाए कस्ले पाउने शेखरको गुटगत भेलामा पुगेका शुभ–चिन्तकहरु दुःखेसो गर्दै थिए ।


राष्ट्र कंगाल नेता मालामाल


अर्थतन्त्र ओरालो लाग्ने विदेशी ऋण तिर्न नसक्ने राष्ट्रको ढुकुटी रित्तिने संघ, प्रदेश र स्थानीय फजुल खर्च दोव्वर हुँदै गएपछि सरकारी कर्मचारीलाई तलव भत्तासमेत दिन नसक्ने अर्थमन्त्रालयका पदाधिकारीहरुले बताइरहँदा भर्खरै सम्पन्न राजनीतिक पार्टीहरुको महाधिवेशनको तामझाम हेर्दा देशको बार्षिक बजेटको आधा हिस्सा यिनै पार्टी र नेता–कार्यकर्ताहरुसँग मात्र भएपछि राष्ट्र कंगाल नेता मालामाल अर्थविद्हरु नारदसँग दुःखेसो गर्दै थिए ।


लास माथिको राजनीति


श्रम स्विकृती लिएर गएका श्रमिक जेल पर्दा राज्यले कानूनी लडाईं लड्नुपर्नेमा झण्डै छ सय नेपाली जेलमै हुँदासमेत वैदेशिक रोजगार बोर्डले चासो नदिएपछि कामदारको रेमिट्यान्स खाने सरकार पैसा उठाउने बोर्ड भएपछि लास माथिको राजनीति गर्ने नेता र सरकार संसद्मा कुरासमेत नउठाउने मतियार सांसद्बाट के आश गर्नु खाँडी राष्ट्रमा जेल परेका व्यक्तिका आफन्तहरु नारदलाई गुनासो गर्दै थिए ।