अन्तर्राष्ट्रिय फटाहा

Uncategorized नपत्याए पनि

नारद

केपी भनेको नगर्ने नहुने विषयमा बोल्ने राष्ट्रिय फटाहा थिए नै उतिबेला परराष्ट्र मन्त्री ज्ञवालीले पटक–पटक अमेरिका पुगेर एम.सी.सी. सम्झौतामा हस्ताक्षर गर्दै अनुदान रकम ल्याउँदै खाँदै गरेकै हुन् । अहिले एम.सी.सी.सरकारको विषय हो एमालेको हैन भन्दै विदेशी दूतलाई एमाले नेताहरुले कानेखुसी गर्न थालेपछि अन्तर्राष्ट्रिय फटाहामा दर्ज हुन लागेको देउवा समर्थकहरु हल्ला गर्र्दै थिए ।


अधिवेशन भनेको त एन.आर.एन.सम्मेलन रैछ


पार्टीमा भएका नेता–कार्यकर्ता यतै छन् वचे खुचेकाहरु कमलादीमा बसेर पदेन अध्यक्ष चुन्ने माओवादी पार्टीको अधिवेशन हो या एन.आर.एन.सम्मेलन खुट्टयाउनै गाह्रो वादल–रायमाझीहरु केपीसँग कानेखुसी गर्दै थिए ।


पार्किङ्ग मन्त्री


१३ जिल्ला भएको बागमती प्रदेशमा मन्त्रालय संख्या १४ भएपछि मन्त्रीका गाडी, सचिव–कर्मचारीका साथै आगन्तुकहरुको गाडी पार्किङ्ग गर्न समस्या परेपछि पार्किङ्ग मन्त्रीको आवश्यकता परेको बागमती प्रदेश मन्त्रालयका कर्मचारीहरु हल्ला गर्दै थिए ।


हुटिट्याउँले आकाश थामेझैं


आकाशतिर खुट्टा फर्काएर सुत्ने हुटिट्याउँलाई आकाश थामेको भान भएझैं राजतन्त्रबारे हुटिट्याउँ स्वभावका कमल थापाको पार्टीमा आएको करोडौं सम्पत्ति अपचलन लगायतका कार्यको पर्दाफास हुँदै गएपछि क्रमशः ओरालो लाग्दै गएका थापालाई ‘पूर्वराजाको विरोध गर्नेहरु चोर’ भनेको सुन्दा चोरको खुट्टा काट्भन्दा आफ्नै खुट्टा तान्न थालेको राप्रपाका दिल विकास, वोहोरा, निरञ्जन थापा पार्टी कार्यालयमा हल्ला गर्दै थिए ।


विषय एक दाउ अनेक


मानव अधिकार उल्लघंनको अन्तर्राष्ट्रिय आरोप फिर्ता होस् प्रचण्डको चाहना, देउवालाई अमेरिकाको आशीर्वाद सँधै रहोस्, केपीलाई अमेरिकाले कम्युनिष्ट नजरले नहेरोस्, उपेन्द्रलाई अमेरिकाले मधेश मुद्दामा भारतीय आँखाले हेरोस्, माधवलाई अब्बल प्रजातान्त्रिक पार्टी आफ्नो भएको ठानोस् भन्ने चाहना यस्ता नेताहरुबाट एम.सी.सी.राष्ट्रघात हो या होइन भनी रटान सुन्नु भनेको जनता बेवकुफ बन्नु नै हो नागरिक अभियन्ता कपिल–सुन्दरहरु रत्नपार्कको भेलामा हल्ला गर्दै थिए ।


छट्पटिमा माधव


द्रोण शमशेरका जजमानका छोरा माधव नेपालले अचेल चुनावसम्म गठबन्धन नटुट्ने कुरा दोह¥याई तेह¥याई गर्न थालेका छन् । हुन पनि गठबन्धन टुट्यो भने उनको गति पहिलेका वामदेव गौतमकै जस्तो हुन्छ भन्ने कुरा उनलाई स्पष्ट थाहा छ । ओली साइवर सेनाहरू भन्न थालेका छन् ।


नकच्चरोको औषधि…


नकच्चरोको औषधि हुँदैन भनिन्छ, हुन पनि ४४ वर्षसम्म जुन संस्थाले हुर्कायो बढायो त्यही संस्थाको सत्तोसराप गर्दै हिँड्न लागेका पूर्वपञ्च कमल थापालाई कहींकतै अर्कै आफ्नै भन्नेहरूले कालोमोसो दलिदिने त होइन भनी निरञ्जनहरू चिन्ता व्यक्त गर्न थालेका छन् ।


पाँचबुँदे सार्वजनिक भए के हुन्छ ?


तत्कालिन दरवारसँग गरेको ५ बुँदे सहमति सार्वजनिक भए लुटतन्त्र रोकिन्छ, स्विस बैंकमा लुटेको रकम जम्मा गर्ने नेताहरुको नाम सार्वजनिक हुने र सो रकम सरकारी कोषमा जम्मा हुने अनि नेताहरुले दरवारलाई लगाउने आरोप मिथ्या सावित भई वास्तविक लोकतन्त्र देशमा आउने भएकाले नेताहरु ५ बुँदे रटान गर्छन् सार्वजनिक गर्न सक्दैनन् राष्ट्रवादी युवाहरु नारदलाई सुनाउँदै थिए ।