संस्कृतमा एउटा उक्ति छ–बचनेका दरिद्रता तर हिजो आज हाम्रा नेताहरूले ठीक उल्टो बोल्नै परेपछि किन टर्रो नबोल्ने । त्यसैले कसले गालीमा कसले जित्छ भनेर भएभरका गालीका शब्द प्रयोग गर्न थालेका छन् । अन्तर्राष्ट्रिय गाली प्रतियोगिता गर्ने हो भने हाम्रा नेताले सबै पदक हात पार्ने छन् । आमा भन्नु र बाबुकी स्वास्नी भन्नु एउटै कुरा हो(तर आमाभन्दाको मिठास बाबुकी स्वास्नीभन्दा पक्कै हुँदैन । तर केटाकेटीदेखि लागेको बानी हो कि हुर्केपछि फुर्केर सिकेको हो–सुन्नेलाई पनि लाज । तर भन्नेलाई लाज छैन । एउटाले अर्कोलाई सत्तोसराप गर्दै भन्छ–कुहिएको फर्सी भन्नेलाई स्वाद आउने वरिपरिका सिन्चा धुन्चाहरूलाई आनन्द आउने । तालीको पर्रा छुट्छ–अनि वक्ता अझ फुर्कीफुर्की गालीका पर्रा छुट्छन् । अहिले नेताहरूको लागि तथ्य तथ्यांक वास्तै छैन मिथ्यांकको प्रवाह बगाएर के के न गरेको ठान्दछन् । यो समयको भाग हो कि नेताहरूको स्तरहिनताको लक्षण हो–यो प्रवृत्ति बढ्दो छ । एउटाको मुखबाट एउटा अपशब्द निस्कन नपाउँदै अर्कोले झन् चर्को स्तरहीन भाषा प्रयोग गरेर राज्य–रावण युद्धमा दुवै पक्षबाट वाणको पर्रा छुटेझैं गालीको पर्रा छुट्छ ।
हाम्रा नेतामा उखान टुक्काले हँसाउनेमा अगुवा कम्रेड ओली यतिखेर गालीको भाषाको शब्दकोष नै बनाउनेमा नामी छन् । ठोरीमा अयोध्या ल्याइदिनेदेखि अरु सबै नेतालाई बगाइदिने चर्को उद्घोष गर्छन् । एउटाबाट अर्कोले सिक्छ भनेझैं अब प्रचण्ड र माधवको भाषा पनि भटमास पट्केझैं चर्को हुन थालेको छ । प्रधानमन्त्रीले भीम रावललाई चर्को आक्रमण गर्न नपाई उनले अध्ययन बिनाका भनाइ किन गर्ने भनेर प्रश्न गरेका छन् । ठूलो मामाको जुन गति कान्छा मामाको उही गति–नयाँ पुस्ताका मानिने भुरे टाकुरे नेताहरू जे मन लाग्यो–त्यही भन्न थालेका छन् । कतिपयले त यस्ता भाषा प्रयोग गर्छन् जसको उच्चारण पछि मुख कुला गर्नुपर्ने जस्तो लाग्दछ । भाषा प्रयोग घुमाएर गरे पनि के फरक पथ्र्यो र–घुमाउरो भाषामा गाली गर्न नजानेर हो कि अपशब्दमा स्रोता आकर्षक बन्छन् भनेर हो कि नेताहरू पात्तिएर बोल्छन्–भित्री कुण्ठा पोख्छन् । आशा गरौं नेताका शब्द प्रयोगमा सुधार आओस् ।
देउवाको नया“ दाउ
नेपाली कांग्रेसमा देउवालाई नरुचाउनेहरू गठबन्धनमा बाँधिएर होइन, कांग्रेस एक्लै फुक्का भएर चुनाव लड्नु पर्छ भन्नेमा अड्डी कसेर बसेका छन् । तिनै मध्येका एकथरिले अब गठबन्धनमा रहेर लड्ने वा नलड्ने कुरा तल्लो तहलाई नै जिम्मा दिनुपर्छ भन्ने कोलोलो मच्चाइरहेका छन् । माथिबाट निर्णय गर्ने भनेमा खलिखुप्पर नेताहरू देउवा पक्षका भएकाले गठबन्धनको पक्षमा जान्छन् । त्यसैले तल्लो तह भनेपछि केन्द्रले बोल्न नपाउने, उनीहरू निर्णय गर्न नसक्ने भएकाले गठबन्धन अलपत्र तर कागभन्दा कोइली बाठो उखान चरितार्थ गर्दै देउवाले जिल्ला तहदेखि नै गठबन्धनको पक्षमा बोल्ने बनाए । अर्घाखाँचीको नेपाली कांग्रेसले मिलेर चुनाव लड्ने निर्णय ग¥यो । अनि के पो खोज्छस् कानाभन्दा आँखा भनेझैं गठबन्धनका अरु पार्टीले पनि हाँमा हाँ मिलाए । अर्थात अर्घाखाँचीमा एमालेको प्रतिस्पर्धा पाँचदल मिलेर बनेको गठबन्धनसँग नै हुने भयो । यो अक्कल देउवाकै टाउकोमा फुरेको होला र न त अरुलाई पनि बाटो खुल्ने भयो ।
धेरैभन्दा धेरै जिल्लामा देउवाका सभापति जितेका छन्, तिनीहरूलाई भाँड्न पाए कांग्रेस एक्लैले चुनाव लड्दा धेरै ठाउँमा हार्ने र त्यो हारको दोष देउवाको टाउकोमा पारेर अर्कोपल्ट विदाई गर्ने दाउमा भएका नेतालाई देउवाले घुसघुसे पाराले पाखा लगाउने लक्षण आएको छ । देउवालाई थाहा छ–गठबन्धन मिलेर चुनाव लड्दा अघिल्लोपल्ट एमालेलाई परेको केही भोट त आफ्नो पक्षमा पक्कै आउँछ । एकातिर एमाले गठबन्धन फुटाउन आकाश पाताल एक बनाएर लाग्ने अर्कोतिर कांग्रेस एक्लै लडे धेरैतिर भोट बाँडिने र त्यसको लाभ एमालेले लिने कुरा सबैले बुझ्ने कुरा हो । अर्घाखाँचीमा गरेको इशारा अब अरु जिल्लामा पनि बाँडिदै गएर धेरै जिल्लामा गठबन्धन लड्ने पक्का । तर पानीमाथि ओभानो बन्दै देउवाले कसैलाई यसो गर उसो गर नभन्ने तर कहीं पे निगाहें कहीं पे निशाना–अरुलाई पछार्ने ।
चोलेन्द्र कि झुलेन्द्र
संसदीय समितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर माथिको महाभियोगबारे छलफल हुनु थियो तर पहिलो गाँसमै ढुंगा लाग्यो(समिति गठन नहुँदै सदन सकियो । एक त समितिलाई अध्ययन गरी प्रतिवेदन दिन नै तीन महिनाको म्याद हुन्थ्यो । तर त्यो म्यादी रूपमा काम गर्ने समिति जन्मन नपाउँदै सदनलाई खोपामा थन्क्याइयो । अब जबसम्म अर्को अधिवेशन बस्दैन तबसम्म चोलेन्द्रको मुद्दा मुल्तवीमा । उनले कयौं तत्काल छिन्नु पर्ने मुद्दा मुल्तवीमा राखेर सताएका थिए अहिले त्यही भूतले उनलाई सताउन लाग्यो । एमालेले उनका बारेमा गोहीको आँशु चुहाएको छ, किन भने जुन दिन चोलेन्द्र विरुद्ध सदनमा महाभियोग प्रस्ताव दर्ता भयो–दिउँसो माधव नेपाल सहितका १४ जनाको पद समाप्त पार्ने राणाको नियत प्रकट भैसकेको थियो । जसले हान्यो उसले जान्यो भनेझैं सत्ता गठबन्धनले बिहानै मुड्की हान्न भ्यायो–चोलेन्द्र हेरेको हे¥यै–एमालेलाई गुट लगाउन खोज्दा आफ्नै पद धरापमा पुग्यो । त्यस्तै हो लाटो खान्छ एक बल्ड्याङ् बाठो खान्छ सात बल्ड्याङजस्तो भयो । यतिखेर राणाको अवस्था न ओल्लोतिर न पल्लो घाट भएको छ ।
उनको बाँकी अवधिलाई सत्ता पक्षले झुलेन्द्र बनाएर राख्ने देखिएको छ–जति नै एमाले कराए पनि न त सदन चाँडो बस्न सक्छ न त चोलेन्द्रको महाभियोगबारे चर्चा नै चल्दछ । अर्को सदन जेठको शुरुमा थालिन्छ, तर १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यताले चोलेन्द्रको केश आउनै सक्दैन । त्यसपछि कति दिनमा समिति गठन हुने हो, ट्रंगो छैन–समिति गठन भैहाले पनि तीन महिनामा सदन फेरि स्थगित । अर्को सदन बस्न नपाई यो संसदको अवधि तुहिन्छ–अर्को चुनाव हुँदासम्म श्रीमानको कार्य अवधि नै समाप्त हुन्छ । महाभियोग सदनमा प्रस्तुत गर्ने, त्यसको निक्र्यौल गर्नेबेला नै घर्कन्छ(उनको पदावधि समाप्त हुन्छ । नरहे बाँस नबजे बाँसुरी भने झैं न त सदनमा पास वा फेल गर्न प्रस्तुत गर्ने नै समय रहन्छ, न त उनको पदावधि नै रहन्छ । सत्ता गठबन्धनले चाहे जस्तो हुने भयो–एमालेको भूमिका नरहने प्रधानन्यायाधीशको पद पनि सुरक्षित नहुने । एक अर्थमा चोलेन्द्र श्रीमान निलम्बनकै अवस्थामा पदावधि सकिने गरी झुलेन्द्र बन्ने भए–विचरा ।
एमालेलाई चस्को
इञ्जिनियरहरूको चुनाव सकियो–एकातिर कम्रेड ओली आउँदा चुनाव सबै जित्छौं, जित्छौं मात्र होइन ६०–७० प्रतिशत आफ्नो पक्षमा हुने भविष्यवाणी गर्दै हिँडेका छन्, अर्कोतिर बुद्धिजीवीहरूकै जमात इञ्जिनियरहरूले वामपन्थी उम्मेदवारलाई पानी पिलाइदिए । एमसीसीको नाममा कांग्रेसलाई पछार्ने लक्ष्य लिएका एमाले पहिलो चुनावमा नै पछारिए । भन्न जति सजिलो छ, गर्न उत्तिकै गाह्रो । त्यसो त यसपल्ट कांग्रेसी इञ्जिनियरहरू दुई भागमा भएर चुनावमा होमिएका थिए–बुढा समूह र युवा समूह । बुढा समूह कता हराए कता पत्तै भएन बरु दुई ट्रक्रा भएर लड्दा पनि केटाहरूले शक्ति देखाइदिए । कांग्रेसी दुई भागमा जाँदा प्रगति पक्ष भन्नेले चुनाव जित्नुपथ्र्यो उल्टै हारे । मर्निङ सोज् द डे भनेझैं आउँदा चुनावहरूमा पनि कम्युनिष्टहरूको अवस्था जो हो न बर्सनेमेघ उसैको हुन्छ घर्घर जस्तो कम्युनिष्ट पक्षमा हल्ला ठूलो भोट थोरै हुन बेर छैन ।
त्यसो त अरु चुनाव पनि ढोकैमा छ । बार एशोसिएसनको पनि भोट खस्ने दिन आउन लागेको छ । यो पनि बुद्धिजीवीहरूकै जमात हो । प्रधानन्यायाधीशको पक्षमा एमालेको गोप्य समर्थनले वकिलहरू असन्तुष्ट छन्, त्यसको परिणाम बारको चुनावमा प¥यो भने अनौठो मान्नु पर्दैन । यदि बारको युद्धमा एमाले पछि प¥यो भने भविष्यवाणी गरे हुन्छ–कसैको लोकमा छैन एकैनाश समुन्नति अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति–सूर्य चिन्हको औचित्य ओरालो लाग्छ ।
अन्त्यमा–
आफलाई निकै चोखो चरित्रको मान्ने शेरबहादुर तामाङ्ले मन्त्री हुँदा लिएको मेलम्चीको गाडी अहिलेसम्म फिर्ता नगरी घोटिरहेको देख्दा एमालेका नेताको मुखमा रामराम बगलीमा छुरा प्रमाणित भएन त ?