मुटुमाथि ढुंगाराखी हाँस्नु प¥या छ–कांग्रेसी कार्यकर्तालाई यस्तै भएको छ । चितौनमा चित्त दुखाई दुखाई रेणु दाहाललाई भोट हाल्न बाध्य बनाइएका कांग्रेसी कार्यकर्ता यसपल्ट पनि रुखमा भोट हाल्न नपाउने भएका छन् । अनि पोखराका कांग्रेस–यसपल्ट एमाले फुटेको छ, अब त्यहाँ हामी सजिलै जित्छौं भनेर जुंगामा ताउ लगाएर बसेका–यहाँ पनि रुखको सट्टा कलम चिन्हमा छाप लगाउन बाध्य बनाइएका छन् । सत्ता गठबन्धन जोगाउन, देउवाकाजीको प्रधानमन्त्री पद सुरक्षित राख्न अरु कांग्रेसले आँशुको घुट्को पिउनु परेको छ । कसो यसपल्ट नेकपा एस र माओवादीले काठमाडौंमा रुखछापे बन्नु परेको छ । साँच्चै इमान राखेर गठबन्धनका दलहरूले भोट हाले भने कम्रेड ओलीको चुरीफुरी चूरचूर हुने थियो । अबको चुनावमा कांग्रेसले आपूmलाई पहिलो नम्बरमा उभ्याउन सक्छ यदि गठबन्धन कसिलो भयो भने लाग्दछ– सबै पार्टीलाई एमालेले साँढे डामेझैं डामेर पठाउने लक्ष्य लिएको कुरासँग राम्रै परिचित गठबन्धनका पार्टीहरूले बुझे भने बेग्लै कुरो ।
तर सबैलाई पद प्यारो–आपूmले पद नपाएपछि आपूm मरे…राजा भनेझैं कि त चुनावको दिन भोट हाल्नै नजाने, गए पनि रद्द बनाउने हुन् बेर छैन । सरकार परिवर्तन गर्न कसिलो गठबन्धन बनाएका पाँच दल आउँदो संघीय चुनावसम्म मिलेर जालान् भनेको झण्डै स्थानीय चुनावमा नै बन्धनको डोरी चुँडालेर यताउता लागेका । तर देउवाले यसपल्ट आफ्नो काजी स्वभाव देखाएकै हुन् । खप्की खाए पनि आफ्ना कार्यकर्तालाई हप्की दप्की लगाएर गठबन्धनलाई जोगाएर राखे । उनलाई पक्का छ–मुठी उठाएर भकारी भर्नुछ–थोरै थोरै भए पनि अरु चार दलका भोट रुखमा पारेर लौ हेर कांग्रेसको शक्ति कस्तो रहेछ त भनेर देखाउनु छ । घाँटी हेरेर हाड निल्नु भन्छन् तर माधव कम्रेडको माकफुँईले गठबन्धन खुकुलिँदै गएको थियो र सबैको उछित्तो हुन बेर लाग्ने थिएन । अझै भन्न सकिँदैन पाँच दलको गठबन्धनको गाँठो विस्तारै खुकुलो हुँदै गएर सबैको सत्यानाश हुने हो कि ? गाँठो कसिलो बनाउन नेताहरूको प्रयास मात्र केही होइन, कार्यकर्ताहरूले पनि होस्टेमा हैंसे गरे मात्र । एमालेलाई ज्यान अर्पने कि मिलेमतो बलियो बनाएर एमालेलाई पछार्ने हो या किनाराको साक्षी सदर ।
शेखरको दरबारमा नेम्वाङ
मरता क्या नहीं करता–पाँच दलको गठबन्धनभित्र कत्तिको कसिलो छ, बेग्लै कुरा तर हेर्दा पाँच पाण्डव जस्तै सबैलाई म¥याक मुरुक पार्छन् कि भन्ने डर एमालेमा पलाएको छ । मुखले जति नै धाक धक्कू लगाए पनि भित्रभित्रै डर बढ्दै गएपछि कसको आड लिँदा फाइदा हुन्छ भनेर एमालेका नेताहरू भौंतारिन थालेका छन् । भौंतारिँदा भौंतारिँदै नेम्वाङ कम्रेड शेखर कोइरालाको दरवारमा पुगेछन् । यसो हेर्दा देउवाका विरोधी शेखर गठबन्धन चाहिँदैन भनेर चर्को स्वर गर्ने पनि शेखर । देउवाको झ्याँको झार्न उनले आफ्ना मान्छेको भोट सूर्यतिर लगाए भने आफ्नो भविष्य पक्का । नेम्वाङ स्थानीय तहको चुनावमा मद्दत खोज्न गएका होइनन्, उनी आउँदो मंसिरमा आउने संसदको चुनावमा उनका मान्छेलाई आफ्नो पक्षमा भोट खसाल्न लगाउँछन् कि भनेर गएका । त्यो भोट इलाम–२ मा ।
इलामको स्थिति हेर्ने हो भने कांग्रेस र एमाले एस मिलेको खण्डमा पूर्वमा सूर्य नउदाउने हुन सक्छ । एक नम्बरमा झलनाथ दुई नम्बरमा नेम्वाङ । इलामको मेयर पदमा गठबन्धनले कांग्रेसलाई सगायो भने झलनाथलाई कांग्रेसले सघाउने । अनि एमाले एसले सघायो भने २ नम्बरमा कांग्रेस । त्यो उम्मेदवार पक्कै देउवाको खल्ती पोल्टाको हुनेछ । यही कुराको चूरो पत्ता लगाएर नेम्वाङ कांग्रेस शेखरकोमा पुगे । भनेहोलान्–मलाई सगाइदिनोस्, तपाईको क्षेत्रमा मेरा भाइबन्धुले तपाईलाई रुख छाप लगाइदिन्छन् । यो उधारो आश्वासन लिएर पुगेका नेम्वाङलाई शेखरले के जवाफ दिए भन्न सकिँदैन । तर नेम्वाङको चाहना यति सजिलै पूरा होला जस्तो छैन । तर प्रयास त आखिरसम्म नै गर्नुप¥यो, कम्रेड नेम्वाङको विराटनगर यात्रा फलदायी हुन्छ भन्ने कुरामा स्वयम् नेम्वाङलाई विश्वास छैन ।
ट्रेडमार्क बिक्रीमा सूर्य
एकथरिलाई आफ्नो क्षमतामा पटक्कै विश्वास भएन, जनताले आफ्नो पार्टीको चुनाव चिन्हमा छाप लगाउँलान् भन्ने आशै रहेन । अनि कसको ट्रेडमार्क किने बजारमा बिक्न सकिन्छ भनेर भौतारिए । ट्रेडमार्क नै किन्ने भए ठूलाकै किन्नुपर्छ । काठमाडौंमा ‘नारानदाइको मोमोपसल’ भनेर मानिस झुम्मिन्छन्–त्यो पसल नारायणको नभएर अरु कसैले ट्रेडमार्क किनेर चलाएको हो । अहिले राप्रपा नेपाल र परिवार दलले एमालेको चिन्ह रहेको सूर्य ट्रेडमार्क किनेका छन् । एमालेलाई आफ्नो क्षमतामा विश्वास घट्दै गयो अनि अर्को सिन्का–छेस्का बटुलेर केही शक्ति थप्ने आशा जाग्यो । तर यो ट्रेडमार्क बिक्री आफ्नै पार्टीमा पनि रुचाइएको छैन । अर्को कुरा सर्पको खुट्टा सर्पले नै देख्छ–बाहिर बसेर म एमाले हुँ भन्ने सबैले पार्टीको हैसियत कसरी जानून्–चुरो कुरो त कम्रेड ओलीलाई नै थाहा छ । सबैतिर खस्कँदो स्थिति थेग्न अरुले नसक्ने भएर आफैं खटिएका छन् । खटिदा उनले पत्ता लगाए–पहिलो चुनाव जस्तो सजिलो छैन, केही बाङ्गिएर कोही टाङ्गिएर बाहिर गए, त्यो ठाउँ भर्न कतैबाट सकिन्छ कि भनेर ऐरेगैरे नत्थु खैरेलाई ट्रेडमार्क बेच्न थाले ।
ट्रेडमार्क यस्ताको हातमा प¥यो । एकथरि इसाई धर्मलाई देशव्यापी बनाउन अन्तर्राष्ट्रिय खर्च ल्याउने छन् भने अर्काथरि हिन्दूधर्मको नाम बेचेर नोट र भोट बटुल्न सकिन्छ कि भन्नेमा लागेका छन् । आपूmलाई सर्वधर्मवादी भन्न कति सजिलो अब पाए विप्लवलाई, सिके राउतलाई र उस्तै परे राजेन्द्र लिङ्देनलाई समेत सूर्य ट्रेडमार्क भिडाउन ओली कम्रेड ज्यूज्यान दिएर लागेका छन् । बुद्धि बिग्रेर पाँच दलीय गठबन्धन पाँचतिर मुख फर्काएर हिँडे त जाति नभए आपूmलाई पछार्ने पक्का देखेर ओलीले एमाले एक्लै लड्छ भन्ने हुँकारबाट पर्लक्क पल्टेर सानादलसँग नै भए पनि गठबन्धन गर्नेतिर लागे । तर ढोडाको लौरोजस्ता राप्रपा नेपाल र परिवार दललाई साथ लिएर चाहेको लक्ष्य पूरा पक्कै हुँदैन । तर डुबते आदमीको तिनकेका सहारा उखान चरितार्थ गराउनेमा परेको छ एमाले । तर बुढी लागि रमितामा स्यालले कुखरो बोक्यो उखानलाई साक्षात्कार गराउँदै झापामा नै सूर्य अस्तको सम्भावना देखिन थालेको छ–कतै भ्यागुतो जति उफ्रे पनि कान्लामुनिको कान्लामुनि नै नहोस् ।
दमकमा दनक
बुढी लागि रमितामा स्यालले कुखुरो बोक्यो भन्ने उखान झापाको दमकमा चरितार्थ हुने भएको छ । अघिल्लोपल्ट सजिलै मेयर जितेको दमकमा यसपल्ट मधेशका मान्छे बटुल्न हिँड्दा हिँड्दै कम्रेड ओलीले आफ्ना कार्यकर्ता उम्काउँदै छन् । पाँच वर्षअघि यसो गर्छु र उसो गर्छु भन्ने मेयर विस्तारै विस्तारै नून खाएको कुखुरा जस्तो भएर ओइलाउँदै गए । ओलीको गृहनगर, ओलीको निर्वाचन क्षेत्रमा यतिखेर राजेन्द्र लिङ्देनको राप्रपाले खुट्टा फैलाउँदै लगेको छ । आफ्नै दाजुभाइ ओलीको बोली काम नलाग्ने भएपछि थापाकाजी कुर्लिदै मैदानमा उत्रिएका छन् । अघिल्लोपल्ट राप्रपाले सघाएको थियो, सजिलैसँग नैयापार लागेको थियो, यसपल्ट माझी नै अर्कोतिर फर्केपछि इज्जत जोगाउन गाह्रो भयो । वीरगञ्ज र सर्लाहीतर्फ आँखा लगाउँदा लगाउँदै दमकमा अर्कैले छेद पर्लाजस्तो छ । तर ठट्टा गरेर हुन्छ कि उखान टुक्काको लहर चलाएर हुन्छ दमक त ओली कम्रेडको लागि ठूलै प्रतिष्ठाको विषय भएको छ । होलीवाइनको र धर्मको नाममा दक्षिणा जम्मा गर्नेतिर मात्र आँखा लगाउनेहरूले दमकमा उद्धार गर्लान् जस्तो छैन ।
सत्रतिर मतदाता बटुल्न हिँडेका कम्रेड ओलीको दमक मेयरमा अब कसलाई उठाउने भन्ने चिन्ता छ । रिक्सावालादेखि किसानसम्म हालका मेयरसँग असन्तुष्ट छन् । नखाऊँ दिनभरिको शिकार खाऊँ कान्छा बाबुको अनुहार भनेझैं हालका आफ्नै दाजुभाइ ओलीलाई नउठाउँ गोत्र हत्याको डर, उठाउँ अर्कैले उछिट्याउने डर । डरै डरमा कम्रेड ओलीले दमकमा राम्रै दनक पाउने हुन् कि भन्ने चिन्ता छ ।
अन्त्यमा–
अन्तरिक्ष विज्ञानका अध्येता आर्यभट्ट नेपालका भनेर नयाँ अनुसन्धान प्रस्तुत गर्ने कम्रेड ‘बा’ले भोलि विष्णुको शेषनाग शय्या चोभारको ककारो न काटेसम्म उपत्यकामा नै थियो भन्ने नयाँ अनुसन्धान आउन बेर छैन ।