अनुगमनको नाटक चाडबाडमा मात्रै

Home Feature

काठमाडौं । चाडबाड सुरु भइसकेको छ । जनैपूर्णिमा, तीज पंचमी सकिनासाथ चाडबाडको लर्को लाग्छ । अहिले सोह्रश्राद्ध सुरु भइसकेको छ । पितृहरुको सम्झनमा पूजा पाठ तथा पिण्डदान गरिने पितृपक्ष लगत्तै दसैं सुरु हुन्छ । घटस्थापनाको थालनी त्यही दिन हुन्छ । र त्यसपछि तिहार र छठसम्मको अवस्था एकनासको रुपमा बजारमय हुन्छ । अर्थात बजार चम्किन्छ । बजारमा मान्छेहरुको भीड हुन्छ । किनमेल गर्नेहरुको भीडभाड त्यहाँ देख्न सकिन्छ । तर नेपाली उखान ‘जब प¥यो राति…’ झैँ जब चाडबाड सुरु हुन्छ तब सरकारी संयन्त्रका मानिस स¥याकसुरुक गर्दै अनुगमनका नाममा बजार बजार घुम्न थाल्छन् । र, अनुगमनका नाममा राम्रो काम गर्ने व्यापारीलाई दुख दिने र खराब काम गर्नेलाई टेन्टेरमेन्टेर गरेर सफाई दिने गरिएको पहिलेका वर्षहरुमा पनि देखिएको हो र अहिले पनि त्यो सुरु हुन थालेको संकेत देखिसकिएको छ । विशेषगरी खाद्य सामग्रीको बजारमा राज्यको अनुगमन हरेक दिन हुनुपर्ने हो । बजारमा बिक्री हुँदै आएका खाद्य सामग्रीहरुको गुणस्तर ठिक छ, छैन भनेर हरेक दिन ध्यान दिनुपर्ने हो । तर, त्यसो भएको कहिले पनि देखिँदैन । जहिले पनि चाडबाड सुरु हुन्छ अनि अनुगमनको नाटक पनि सुरु हुन्छ । यति खेरको अनुगमनलाई कमाउने खेलोफाडो भन्दा अरु केही नभएको सबैले अनुमान गर्दै आएका हुन् । तर सरकारको अनुगमनका नाममा खेलोफाडो गर्नेहरुलाई कहिले पनि लाज लागेको देखिँदैन । तिनको नजरमा जनताको पीडाको कुनै अर्थ रहेको देखिँदैन । यदि त्यो हुन्थ्यो भने हरेक दिन राजमार्गका होटलमा खाना खान पस्ने ग्राहकले पीडा भोग्नु पर्थेनँ । तिनले जुनै होटलमा गएर खाए पनि स्वस्थ र स्वच्छ खाना खान पाउँथे ।
तर त्यसो हुनु भनेको आकाशको फल आँखा तरी मर भन्ने सरह नै भएको छ । सरकारी अनुगमन टोलीका मानिसलाई अनुगमनका नाममा कमाउने बाहेक अरु विषय थाहा नै छैन भन्ने लाग्छ । के आम नागरिकले सधैँ त्यस्तै व्यहोर्ने हो ? अनुगमन हुँदाहुँदै पनि खराब खानेकुरा खानुपर्ने हो ? यता तिर पनि ध्यान जालाकी कसैको ?