काठमाडौँ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चर्चामा छन् । हुनत आठ वर्षअघि नेपालमा कहिल्यै राजनीति गर्दिन भनेर उद्घोष गर्दै नेताहरुलाई भन्न हुने वा नहुने सबै कुरा भनेर अपमान गरेका भए पनि तिनै रवि २०७९ मा पार्टी खोलेर उपप्रधान तथा गृहमन्त्री नै भइसके त्यो पनि दुई दुई पटकसम्म । जबकि पहिलो पटकको पद त उनले दोहोरो नागरिकता बनाएको अपराधमा गुमाउन पुगेका थिए ।
आखिर गृहमन्त्री नेपालमा नफाप्ने हो वा अपराध गरेपछि गृहमन्त्री बनेरै क्लिनचिट पाउन सकिन्छ भनेर हो आपराधिक छायाँ लागेका नेताहरु गृहमन्त्री बनेका छन् । गृहमन्त्रीको यो दाग छ भने अन्य मन्त्रीहरु पनि कसरी चोखा भए होलान् र ? पञ्चायतमा राजाको डर हुन्थ्यो । बहुदल आएपछि नेताहरु आफूलाई भित्रभित्र छोटे राजाजस्ता ठान्न थाले । अनि गणतन्त्र आएपछि त पूरै आफूलाईमात्र राजा देख्न थाले । रविमात्र होइन त्यसअघि पनि थुप्रै गृहमन्त्रीहरु अपराधमा तानिए । बहुदलपछि आधा दर्जन पूर्वगृहमन्त्री फौजदारी अपराधको अनुसन्धानको दायरामा तानिएका छन् । नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका नेताहरू गोविन्दराज जोशी र स्वर्गीय खुमबहादुर खड्का गैरकानूनी सम्पत्ति आर्जनमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन्र । जोशी गिरिजाप्रसाद कोइराला र खड्का शेरबहादुर देउवा एवं सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री रहेका थिए ।
खड्कालाई भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतले २०६८ सालमा डेढ वर्ष कैद र करिब ९५ लाख रुपैयाँ बिगो र त्यति नै जरिबाना तोकेको थियो । त्यसपछि उनले डिल्लीबजार जेलमा कैद सजाय काटेका थिए । कांग्रेसमा सक्रिय रहेकै बखत खड्काको २०७४ चैत १६ मा मृत्यु भएको थियो । जोशी भ्रष्टाचार मुद्दामा गत साउन १३ मा सर्वोच्चबाट दोषी ठहर भएका छन्र । शक्ति दुरुपयोग गरेर तीन करोड ९३ लाख भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले जोशीविरुद्ध २०६० माघ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हदम्यादको कारण देखाएर जोशीले विशेषबाट सफाइ पाएका थिए । तर सर्वोच्चले उनलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिबाना तोकेको छ । यद्यपि फैसलाको पूर्णपाठ आउन अझै बाँकी छ ।
कांग्रेसकै अर्का नेता पूर्वगृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा लैजान अपराध गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन छ । अख्तियारले दायर गरेको ललिता निवासकै भ्रष्टाचार मुद्दामा भने उनले सफाइ पाएका छन् । कांग्रेसकै अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरणार्थी प्रकरणमा
जिल्ला अदालत काठमाडौँमा मुद्दा खेपिरहेका छन्र । उनीविरुद्ध २०८० जेठमा मुद्दा दायर गरिएको थियोर । खाँड शुरुमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएकामा पछि उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका हुन् । अहिलेसम्म बढी कांग्रेसकै गृहमन्त्रीमाथि कालो दाग लाग्यो । त्यस्तै यौन दुव्र्यवहार आरोपमा सफाइ पाएका माओवादी उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गर्ने गिरोहलाई संरक्षण गरेको आरोपमा मुछिएर । सुन तस्करीको अनुसन्धानमा उनी २०८० चैतमा पक्राउ परेका थिएर । उनी पक्राउ पर्दा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिएर । ‘राज्यको पनि करुणा हुन्छ’ भन्दै लामिछानेकै निर्देशनमा महरा छुटेका थिएर । जबकि सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाइरहेका थिए । उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा चलिरहेको छर । अझै टुंगो लागेको छैन । उनी सभामुख हुँदा यौन दुव्र्यवहारमा पक्राउ परेका थिए । सभामुख पद गए पनि उनलाई कारबाही नभएपछि घटना सामसुम पारिएको थियो ।
अहिलेसम्म एमालेका गृहमन्त्रीहरु भने यसबाट चोखा छन् । चोखा छन् वा चोखा गराइएका हुन् त्यो उनैलाई नै थाहा छ । किनकि रातारात सरकारमा गएपछि सम्पत्तिको पोको कसरी भरिन्छ होला ? छानबिन गर्ने हो भने सरकारमा गएका एकआध बाहेक कोही पनि मन्त्री बच्ने अवस्था छैन । हुन पनि एमालेका भ्रष्टाचारमा कम पर्छन् । किनकि उनीहरुको अख्तियारमै लामो समयदेखि सेटिङ चलिरहेको छ । अर्कातर्फ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादललाई अनुसन्धानको दायरामा नै ल्याइएको छैन ।
त्यस्तै अनुसन्धान नै भएका पूर्व गृहमन्त्रीमा रवि लामिछाने छैटौँ हुन् । गोर्खा मिडिया नेटवर्कमा सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला सहकारीको रकम अपचलन गरेको आरोपमा उनी अनुसन्धानमा तानिएका हुन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैँले चेक काटेर खर्च गरेको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ । संसदीय छानबिन विशेष समितिले संगठित अपराध, ठगी, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर आकर्षित हुने भन्दै लामिछाने लगायतविरुद्ध प्रचलित कानूनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो । उनलाई शुक्रबार पक्राउ गरेपछि अब निरन्तर छानबिनको प्रक्रिया अगाडि बढ्ने छ । एउटा कुरा त निश्चित के हो भने जसले राजनीति गर्दिन, राजनीति फोहरी खेल हो भन्छ र पछि त्यही मानिस राजनीतिमा छिर्छ भने त्यसले पक्कै पनि स्वार्थ भेटेको हुन्छ । रवि कलंकरहित छन् भन्ने विश्वास कसैलाई छैन होला । यदि पालेका छन् भने उनीहरु ‘ट्रेन्ड कार्यकर्ता’ हुन् वा अन्य दलमाथि पूर्ण घृणा गर्छन् र एउटा मात्रै भए पनि तह लगाउने विकल्प छ भनेर ठान्छन् । नेपाल नेतागिरीका लागि उर्वर भूमि हो । कोही भन्दा कोही कम छैन ।