भगवान शिवजीबाट हुने ताण्डवनृत्यमा सिर्जना र संहार दुवै प्रतिनिधित्व हुनसक्ने ताण्डवनृत्यको प्रदर्शन हुने गर्दछ । नेपालको संविधान २०७२ बनाइनेमा व्यस्त र प्रमुख भूमिका निर्वाह गरी सो संविधानलाई उत्कृष्ठ भनेर देश विदेश प्रचार गराउनमा मुख्यतः अहिलेका तीन प्रमुख अर्थात नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मात्रै हैन, संवैधानिक राजतन्त्र र हिन्दुधर्मको नारा दिएर छुट्टै अस्तित्व देखाउन खोज्ने राप्रपा नेपाल जस्ता दलले समेत लागेको पाइनुमा सिद्धान्त र आस्थाको तिलाञ्जलि दिएर सत्तास्वार्थ एवं अन्य संकिर्ण स्वार्थको लागि नै मरिमेट्ने हाम्रो वर्तमान राजनीतिक अभ्यास नै प्रमुख रूपमा जिम्मेदार छ ।
२०७२ सालमा उत्कृष्ठ भनी आजका मुख्य दलहरूले परिभाषित गर्न खोजे पनि नेपालकै मधेशक्षेत्र, जनजाती, धार्मिकक्षेत्र एवं स्वतन्त्र ठान्ने धेरैले यो संविधान जलाएरै छाड्ने निरर्थक तुल्याउने भन्ने जस्ता अभियानहरूमा आजपर्यन्त सक्रियता देखाइरहे तापनि यसबाट छिमेकी राष्ट्र एवं वाह्य संसारमा परेको नकारात्मक सोचमा पनि अहिलेसम्म कुनै खासै परिवर्तन देखा परेको पाइन्न । उत्कृष्ठ भनेर बिहानदेखि रातीसम्म डम्पूm बजाइने यो संविधानबाट न त कुनै नेपाली जनता र नेपाल राष्ट्र नै कहीं कतैबाट कुनै पनि प्रकारको हिसाबले लाभान्वित भएकै देखा परेको छ । तर विडम्बना र विकृतिका सर्जकहरू आफ्नै गलपासोमा फँसेर छाड्छन् भन्ने शाश्वत यथार्थ चाहिँ २०७३ को शुरुमै नेपालको राजनीतिले भोगिहाल्नुपर्ने स्थिति चाहिँ राजनीतिज्ञहरूको अल्प र संकिर्ण दृष्टिमात्र जिम्मेदार हो वा नियति नै यस्तै कोरिएको हो भन्ने कुराबीच कुन सत्य, कुन अर्धसत्य र कुन असत्य भनेर छुट्याउने शक्ति चाहिँ अहिलेको यो पापी दुनियाँमा कसैसँग हुनसक्ने कुरामा हामी सहमत हुन सक्तैनौ ।
नेपालको संविधान २०७२ लाई अद्वितीय र उत्कृष्ठ भनेर चिच्याउन नछाड्ने प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले २०७२ को संविधान अन्तर्गत सत्तासुख प्रमुख शक्तिकै रूपमा भोगेका छन् । सुशील कोइराला, केपी ओलीको नेतृत्वपश्चात अहिले सत्ताको खेल र रणनीतिमात्र हैन, संविधानकै स्वरूप सिञ्जित र बाङ्गिन पुगेको छ । पुष्पकमल दाहालको सपना साकार हुन्छ वा हुँदैन र भइराखेमा त्यसबीच नेपाली राजनीतिले कति अश्लिल र अप्राकृतिक स्वरूपहरू देखाउने हो त्यो अहिले नै भन्न सकिन्न । शिवजीको जुन ताण्डव नृत्य संसारको शुरुदेखि अनादिकालसम्म जुन रूपले चर्चित र मर्यादित रहने छ, त्यो नृत्यमा शिवजी नाङ्गै देखा परेको भनिन्न । तर २०७३ को शुरुशुरुमै अर्थात नेपालको संविधान २०७२ लागू भएको नौ महिना नपुग्दै सत्ताको स्वार्थ र खेल राजनीतिक कारण नेपालको संविधान २०७२ जसरी नाङ्गिन पुगेको छ, समसामयिक राजनीतिमा त्यस्तो विडम्बना अन्यत्र कहीं पनि देखा परेको छ । संविधान लेखिएका कुराको दस्तावेज हो, त्यसैलाई अथ्र्याउन र परिभाषित गर्न पनि उत्कृष्ठ संविधान निर्माता निर्देशकहरू जसरी हालै विभक्त भएको देखा प¥यो, त्यसबाट लञ्जिजत हुन नाङ्गिनै पर्ने आवश्यकता नै नरहेको नयाँ सत्यमै नेपाली राजनीतिले पुष्टि गरिदिएको छ । अविश्वासको प्रस्ताव पारित भए वा नभएमा सबै स्थिति संविधानमा प्रष्ट नरहेको भन्ने कुरा संविधानमै तीन निर्माताबीच वितण्डित हुनुको अर्थ संविधानकै समग्र अर्थ विकृत भएको देखा पर्दछ कि पर्दैन–कसले सोच्ने ?