यताउताका कुरा – घुमन्ते
हुँदैन बुढी छोराको बिहे तीनपाथी चामल त अक्षता चाहिन्छ रे–यस्तै उखान चरितार्थ हुन्छ हामीकहाँ हुने चुनावमा । स्थानीय निकायको होस् कि प्रतिनिधिसभाको–रुपियाँको मोटो कुम्लो कुटुरो नबोकी होमिउला भन्न पर्दैन । एउटा लोकल लेवलको कार्यकर्ताले भन्थ्यो रे–पाँचलाख जम्मा गरेको छु–पार्टीले टिकट दिए वडा अध्यक्षको चुनाव जित्छु । आफैं हिसाब गर्नोस् प्रतिनिधिसभाकै चुनाव लड्न परे कति खर्च लाग्ला । घुमन्तेको एउटा सोझो प्रकृतिको साथीले गएको प्रतिनिधिसभाको चुनाव लडेको थियो–त्यसका लागि थुप्रै रकम ऋणमा लिएको थियो । त्यो पल्ट जित्यो तर कमाउन जानेन–चुनावमा लिएको ऋण तिर्नै बाँकी छ–आउने चुनाव कसरी लड्ने ? भनेर चिन्ता छ । राजनीति पनि गाँजाको अम्मलजस्तो–एकपल्ट बानी लागेपछि कहिल्यै नछुट्ने । अबको दिन चुनाव लड्नेका लागि घाँटीमा अड्केको हाडजस्तो हुने भएको छ । त्यसै भएर होला ठूला नेताहरू समेत कसो गर्दा चुनाव सार्न सकिन्छ भन्ने जोहोमा छन् । मूलकुरो पैसाको ।
तर पार्टीले टिकट दिन्छ भने आपूm त छँदैछ–अरुलाई पनि समाउने हैसियत राख्नेहरू धमाधम देखिएका छन् । तिलपेल धतुरोपेल मेरो तेल गरेर कमाएको लिगल इलिगल धन खर्चेर राजनीतिमा पकड राख्ने दाउमा छन् । उनीहरूका लागि ट्रकभरी रुपियाँ हातका मैला जत्तिकै सस्ता छन् । अबको राजनीति धनवली र बाहुवलीको भागमा परेका छन् । बाहुवली सधैं टिक्न गाह्रो छ, तर धनवलीहरू लुकेर छिपेर भोट किन्न सक्छन् । त्यसो त कतिपय धनवलीहरूले एक दुई ट्रक चढाएर बिना चुनाव नै सांसद बनेका उदाहरण थुप्रै छन् । समावेशी प्रतिनिधिसभा सदस्यदेखि राष्ट्रियसभा सदस्यसम्म ट्रक टक््रयाएर हात पार्छन् । एकथरि चुनावमा नगै नहुने अवस्था आए टिकट किन्नेदेखि नेता चिन्नेसम्मका कर्मकाण्ड पूरा गर्छन् । त्यस्ता कर्मकाण्ड पूरा गर्नेको प्रवेश ठूलाठूला नेताको बेडरुमसम्म हुन्छ । अब चुनावको चर्चा चल्न थालेको छ । एकथरि नेता टिकटको मूल्य तोक्नेतिर लागेका छन्, अर्काथरि कसरी पार्टी बचाउने भन्ने चिन्तामा छन् । पूर्वप्रधानमन्त्री कम्रेड ओलीले चुनाव खर्च बटुलिसकेका छन्–आफ्ना आसेपासेलाई समेत चुनाव खर्च बाँड्न उनलाई चिन्ता छैन । हालका प्रधानमन्त्रीलाई चिन्ता छैन–टिकट पाउँ–कति टक््रयाउँ भन्नेहरूको खाँचो छैन । रहे अरु नेताको कुरा । जसले पहिले कमाएको पैसा सिध्याइसकेका छन् भने यतिखेर लौ हाम्रोतर्फबाट खर्च भनेर पु¥याउन आउने कोही हुँदैनन् । त्यसैले त्यस्ताको लागि चुनावको नाम लिन नपाउँदै लुगलुग खुट्टा कमाउनेमा परेका छन् । हेरौं–आउँदो चुनावमा हुन्छ कि हुँदैन । कतै नेपालको राजनीति नयाँ गाईजात्रा न बनोस् ।
अब को कता ?
लोकतान्त्रिक समाजवादीका राजेन्द्र महतो अब महन्थ ठाकुरको मुखै नहेर्नेमा परेका छन् भने डा. बाबुराम उपेन्द्र यादवको बोलीसमेत सुन्न नसक्नेमा पुगेका छन् । अब नयाँ बाटो लिनेतिर दुवै नेता लाग्न सक्छन् । डा. भट्टराई लोसपा र महतो जसमातिर लम्किन बेर छैन । मधेशी दलका नेताहरूको रौंरौंमा तेज छ, अनि आपूmले भनेको न हुनासाथ आफ्नै साथीलाई वाईवाई गरेर अर्कोतिर लाग्छन् । हृदयेश त्रिपाठीलाई के झोंक चल्यो–नयाँ पार्टी बनाइहाले । अब चुनावको मिति आउँदासम्म कतातिर मितेरी लगाउन पुग्ने हुन् भन्न गाह्रै छ । नेता भनेकै कोभन्दा को कम हो । महन्थ ठाकुरले आफ्नो हातमा पार्टीको डाडुपन्यौं छ भनेर नेताको पद पस्किए । अनि महतोलाई रनक्क रिसउठ्यो र अफिस नै जान छाडे । यो ट्रटपूmट आफ्नो पक्षमा पार्नुपर्छ भनेर उपेन्द्र यादव महतो निवास धाउन बेर लाग्दैन । अनि चुनाव लड्ने मधेशमा होइन, अनि उपेन्द्रले सघाए पनि के नसघाए पनि के भनेर महन्थ ठाकुरसँग दोस्त ीगर्न छलफल थाल्ने लक्षण छ ।
अघिल्लो पल्टको चुनावमा मधेशी दलहरू एक ठाउामा भएकाले निकै ठाउँमा जित हात पारेका हुन् । फुटेर केही पाइँदैन अब जुटेरै जानुपर्छ भनेर उम्मेदवारी दर्ताको अघिल्लो राति फेरि मेलजोलको सम्भावना छ । महन्थ उपेन्द्र मिल्ने भएपछि तेल पानी एकै पिना बाहिर– हृदयेश बाहिर बस्न सक्दैनन् । अनि आउँदो चुनाव हामी सब एक हौं भनेर मधेशी दलको गठबन्धन बाँधिन बेर छैन । त्यसैले मधेशी दलको दाउ आफ्नो भाउमा गाँसिएकोले आउँदो चुनावमा एकै ठाउँमा हुन बेर छैन । त्यतिखेर डा. भट्टराई, राजेन्द्र श्रेष्ठ र अशोक राईहरू यता न उता मूलावारी भित्ता भएर गुल्टिन बेर छैन । राजनीति हो–सधैं शत्रु र सधैं मित्र बनिरहने कुरा छैन । अन्त्यमा पिपलपाते चरित्र बनाउँदै अहिलेका कट्टर शत्रुसँग लपक्क टाँसिने र हालका मित्रसँग पूरै छुट्टिने हुने मधेशी नेताहरू को कता लाग्ने हुन् भन्न सकिँदैन भने भोलि गुल्टिने भइयो भने कुष्टरोगीको पनि पाउ दाप्न पुग्छन् ।
हराएको अयोध्या
कम्रेड ओलीले नयाँ अयोध्याको परिकल्पना के गरेका थिए योगी आदित्यनाथले आफ्नो चुनाव क्षेत्र गोरखपुरमा सारे । पहिले अयोध्याबाट लड्ने भन्ने खुबै हल्ला थियो, अयोध्याका मानिस ठूलै मान्छे आफ्नो क्षेत्रमा आउने भ एभनेर मख्ख परे । तर उनी त फुत्त गोरखपुरतिर पो लागे । कम्रेड ओलीले भनेको अयोध्या वीरगञ्ज पश्चिमको सानो गाउँ प¥यो, त्यहाँबाट केको चुनाव लड्नु भारतकै अयोध्याबाट उम्मेदवार बनौं भने कम्रेड ओलीले हाम्रो अयोध्यामा किन अतिक्रमण गर्न आएको भनेर त्रिशूल उज्याउँदै झम्टिन बेर मान्दैनन् । लिपुलेक र लिम्पियाधुरामा भारतीय सेनाले धमाधम सडक बनाउन थालेपछि त्यसबारे चुइँक्क नबोल्ने ओली मित्र अयोध्यामा किन झम्टन पुगे होलान् । त्यसो त कम्रेड ओलीको बानी नै झम्टने हो । आफ्नै पार्टीका आपूm बराबरका नेतालाई एक किनारा लगाएपछि झिना मसिना माथि पनि आँखा लगाए । जीवनभर कम्युनिष्ट आन्दोलनमा लागेकाहरूलाई त्रिशूलले घोचेर नयाँ पाहुनाका लागि ठूलै स्वागत सत्कार र पद बाँडियो । त्यसो त आफ्नालाई नभए पनि आफन्त बनाइएकाहरूलाई बाँड्ने काम खुबै भएको हो । पुराना थोत्रा जतासुकै जाउँ–पार्टीमा नयाँ चाहिन्छ । मोतीलाल दुगड (सनराइजको अध्यक्ष होइन) दुर्गाप्रसाद प्रसाई र कोमल ओली कम्रेडका पक्कै हितैषी हुन् । त्यसैले यतिखेर चितौनमा तामझामसहित घोषणा गरिएको अयोध्या र झुप्रो मन्दिर कता हरायो कता । के के न पाउने रहरमा चितौन–काठमाडौंको चक्कर काट्ने कम्रेडहरू यतिखेर बालकोटको शरणमा पुग्दासमेत केही नपाउने भए ।
त्यसो त कम्रेड ओलीका दान र घोषणा धमाधम हराउन थाले । यतिका नाममा आङ्छिरिङ्लाई दिएको जग्गादेखि जंलसम्म हराए । नयाँ मुल्ला प्याज खाता है भनेझैं बतासलाई सुम्पिएको थोरै जग्गा धेरै हड्पिन लाग्दा अब पूरै हराउला जस्तो छ । मित्रराष्ट्रले बनाएको धर्मशालालाई पापशाला बनाउन रक्सी…को अखडा बनाउन खोज्दा यो पनि हराउने भयो । बिजुली बस चढेर संसारलाई देख्यौ म के के गर्न सक्छु भनेर पुल्चोक सिंहदरबार चक्कर लगाएको हो–तर ती बस पनि कता हराए कता ? पानीजहाजको टिकट बिक्री भैसकेको थियो–कतै पानीजहाज नै डुबेर हो कि नेपालीले पानी जहाज चढ्न नपाउने भए । यस्तै हो भने कुनै दिन एमाले पार्टी नै हराउने हो कि ? भन्ने डर । जता छोयो उतै भत्क्यो भएको छ कम्रेड ओलीलाई । पहिलो कुरा अयोध्या नै हराउन लागेकोले चिन्ता छ । कतै भारतको चुनावसँग गाँसिन लागेको नेपालको अयोध्या हरायो नै–त्यसको उद्धार गर्ने कसले ?
भट्टराईको भँडास
रवीन्द्र अधिकारी पछि पर्यटन मन्त्री भएका योगेश भट्टराईले राम्रो गर्लान् भनेको त ठीकलाई होइन बेठीकलाई राम्रो गर्ने धर्सो ताने । कम्रेड घनश्याम भूषाल–बाहिर बाहिर निको भैजा भित्रभित्र कुही जा जस्तो दुईभाइ मिलेर कमाउ धन्दा पो चलाउनेतिर लागेछन् । कम्रेड ओलीको आशीर्वाद पाएका डीमप्रसाद पर्यटन क्षेत्रलाई नै डीम अर्थात अँध्यारो पार्ने आफ्नो खर्चटार्ने उद्देश्य लिएर कम्रेड योगेशकोमा पुगे । अनि पश्चिमको बतासबाट फाइदा उठाउने उद्देश्यले नारायणहिटी बेच्ने योजना बुने । पहिलेका पुरात्वका डाइरेक्टर पनि त्यसैमा गाँसिए । अनि जालझेलको तानावाना बुनेर कौडीका भाउमा नारायणहिटी सुम्पने तयारी गरे । कतैकतै अझ कमाउको भाँडोछ कि भनी खोज्दा सेतीको बालुवा, पशुपतिको धर्मशाला पनि फेला पारे । मन्त्रीले भनेपछि नमान्न कसको बाबुको तागत अर्थात हुज् फादर्स भिटामिन । बतास, डीम, घनश्याम, योगेश र कार्यकारी प्रमुख दाहालको गुमस्ताबाट सचिवहरूलाई मौखिक रूपमा फायल पेस गर्ने आदेश मन्त्रीले दिने निधो भयो–मौखिक आदेश भयो तत्काल फायल पेस गर्नु ?
तर सचिवहरू पनि कोभन्दा को कम । पहिले इन्कार गरे कृष्णप्रसाद देवकोटाले । ऐतिहासिक थलोलाई मनोरञ्जन थलोमा बदल्न पाइँदैन भनेर अड्डी कसे । मन्त्रीले झट्टी हाने–पर्यटनबाट बाहिरतिर पारे । अनि न्यौपानेले आफ्नो कुरा कसो नबुझ्लान् भनेर फायल पेस गर्ने कुरालाई पटक्कै टेरेनन्–उनी तहाचलतिरको अड्डा स्याहार्ने गरी तुरुन्तै धपाइए । लागेको थियो–रवीन्द्रकै उमेर र उम्मिद बोकेका योगेशले मन्त्रालयलाई पाको ड्राइभरले जत्तिकै दौडाउने छन् । तर उनलाई कमाउने चस्का लागिसकेको रहेछ । उडल्याण्ड र वाटर ल्याण्डको भेटघाट बढ्दै गएछ–यहीको बताससँगको भट्टराईको भँडासु ।
अन्त्यमा–
थुतुनु नियन्त्रण गर्न नसक्दा मन्त्री रेणु यादवलाई पद जोगाउन हम्मेहम्मे परेको छ ।