देउवाको सम्बोधन असफलता ढाकछोप गर्ने प्रपञ्च मात्रै

Home Feature राजनीति

सरकारको छ महिना निराशाजनक


काठमाडौं । शेरबहादुर देउवाले पाँचौं पटक नेतृत्व गरेको सरकारले छ महिने कार्यकाल पूरा गरेको छ । तर यो सरकारले के राम्रो काम ग¥यो भन्ने बारेमा औंलामा गन्नुपर्छ । तर पनि प्रधानमन्त्री ेरबहादुर देउवाले भने गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नीतिगतभन्दा सानातिना कार्यमूलक प्रगति सुनाएर सफलता हासिल गरेको दाबी गर्न भ्याए । उनले आफ्नो अहिलेसम्मको कार्यकालको अवधिमा कोभिड–१९ ले जनजीवनमा पारेको प्रभाव र त्यसको उत्थान, प्राकृतिक विपद्बाट गरिएको राहत र पुनःनिर्माणमा सरकारले गरेको कामको बर्णन गर्न भ्याए ।
मुलुकको अर्थतन्त्र प्रतिकूल अवस्थाबाट गुज्रिरहे पनि सुधारका लागि सरकारले अधिकतम प्रयास गरेको भन्दै देउवाले आफ्नो असफलताको कथालाई सफलताको दाबीसहित बचाउ गरेका छन् । देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकार माथि रहेको जनाउँदै चुनावको तयारीका काम गर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरेका छन् । उनले संघीयता कार्यान्वयनलाई थप सुदृढ बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई थप सक्रिय बनाउन पहलकदमी चालेको बताए ।
उनले आफ्नो छ महिने कार्यकालको सफलतालाई ४७ बुँदामा बर्णन गरे । जबकि कुनै पनि कामलाई उनले सफलताको कसीका रुपमा लिन नहुने विश्लेषण गरिएको छ । उनले कोभिड–१९ संक्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र संक्रमितका उपचार अभियानलाई प्रभावकारी बनाइएको बताए ।
उनले १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १ सय ६४ नेपालीमध्ये ५९.६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको जानकारी दिए । ७८.३ प्रतिशतले पहिलो डोजको खोप लगाइसकेको उनको भनाइ छ । ‘कोभिड–१९ विरुद्धका विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ, संक्रामक रोगविरुद्ध खोप उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने र तरल (लिक्विड) अक्सिजन उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको छ,’ उनले भने, ‘कोभिड–१९ सामना गर्नका लागि सरकारी अस्पतालहरूमा पूर्वाधार
सेवाहरूमा उल्लेख्य सुधार गरिएको छरु।’ उनले १२ देखि १७ वर्ष उमेरका १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको बताए । विद्युत् उत्पादनमा भएको वृद्धि तथा आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाहजस्ता कारण आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अपेक्षा गरिएको देउवाले बताए । तर पछिल्लो समय अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै क्षेत्रबाट अर्थतन्त्रमा परेको चापलाई सरकारले गम्भीरताका साथ नलिएको देखिएको छ ।
तीव्र आर्थिक विस्तारका लागि आवश्यक उच्च लगानीयोग्य पुँजीको अभाव हुन नदिइएको प्रधानमन्त्री देउवाको भनाइ छ । विपद् प्रभावित सिन्धुपाल्चोक, मनाङलगायत १२ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी विपद् पछाडिको राहत र पुनर्निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको र यस अवधिमा बेमौसमी वर्षात्का कारणबाट धानबालीमा भएको क्षतिको निर्धारण गरी किसानलाई क्षतिपूर्ति दिने निर्णय गरी कार्यान्वयनमा लगिएको उनले बताए ।
प्रधानमन्त्री देउवाले यस अवधिमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको र राष्ट्रिय विद्युत प्रसारणमा कुल ६ सय मेगावाट बिजुली थपिएको पनि जानकारी दिए । संघीय संसद् भवन निर्माण सन्तोषजनक ढंगले अघि बढिरहेको, ८२ वटा झोलुंगे पुल निर्माण भएका, नौबिसे–नागढुंगा ३ दशमलब ३ किलोमिटर सुरुङको २ किलोमिटर सम्पन्न भएको, थप १० लाख नेपाली नागरिकको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरेकोलाई उपलब्धिका रुपमा चर्चा गरे । तर उनले आफूमाथि लागेका आरोपलाई ढाकछोप गरे । सरकारमाथि संसद् अवरोध खुलाउन नसकेको, एमसीसी सम्झौता टुंगो लगाउन नसकेको, न्यायपालिकाको अस्तव्यस्तता हटाउन नसकेको, स्पष्ट वैदेशिक नीति लिन नसकेको, राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण मुद्दामा मौन रहेको आरोप छ ।
यसअघिका चार कार्यकाल सरकारको नेतृत्व गर्दा देउवाले सुनाउन लायक एक काम पनि नगरेको भन्दै उनबाट पाँचौं कार्यकालमा कुनै ठूलो अपेक्षा गरिएको छैन । तर गल्ती ढाकछोप गर्ने असफल प्रधानमन्त्रीका सफलताका कथा कांग्रेसीहरुका लागि भने रमाइलै लाग्दा हुन् कि !