लोकतन्त्रमा विरोध गर्नेलाई मुद्दा

Home Feature

काठमाडौँ । गतसाता सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र आयोजना गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वसाधारणले नाराबाजी गरेपछि राजनीतिक माहोल एकाएक तरंगित भयो । टुँडिखेलमा प्रधानमन्त्रीमाथि नै नाराबाजी लागेपछि माहोल एकाएक स्तब्ध हुन पुग्यो । त्यतिमात्र होइन आफूले गाली खाएपछि ओली एकाएक जंगिए । संस्कार नभएकाहरु भनेर पनि भने । त्यसपछि उठ्योे काठमाडौँको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौँ–बासीलाई शुभकामना दिन देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि सुरक्षा व्यवस्थाबारे प्रश्न उठेको हो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति कार्यक्रममा छोटो मन्तव्य राखेर फर्किएपछि यो विषयमा काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुखमाथि प्रश्न उठाइएको थियो । साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका जिम्मेवार अधिकारीहरुले पनि यो विषयमा गम्भीर समीक्षा गरेका थिए । सोमबार युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेको थिएन । मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भयो । आयोजकले शान्ति कायम राख्ने प्रयास गरे पनि युवाहरूले खैलाबैला मच्चाए । यो देखेर प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’
देउवाले बोल्दा झनै नाराबाजी भयो । देउवा भने उनीहरुसँग रिसाएका थिए । यस्तो कहाँ सिकेको यही जानेको भन्दै देउवा रिसाएका थिए । सोमबार दिउँसो टँुडिखेलमा यस्तो अवस्था आएपछि गृह मन्त्रालयमा समेत
शान्ति सुरक्षाको विषयलाई लिएर गम्भीर छलफल भएको थियो । सरकारले काठमाडौँ उपत्यकाको सुरक्षा र अपराध अनुसन्धान हेर्ने तीन मुख्य इकाईका प्रमुख फेर्ने तयारी गरिरहेको हल्लाका बीच मन्त्रालयमा समेत गम्भीर छलफल भएपछि काठमाडौँ उपत्यका कार्यालयमा सबै प्रमुखलाई परिवर्तन गर्ने कि भन्ने छलफल चलेको स्रोतको दाबी छ । गृह मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई काज सरुवा गर्नेगरी तयारी थालिएको छ ।
काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौर, ललितपुर प्रहरी प्रमुखमा तारादेवी थापा र अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी रमेशकुमार बस्नेतको काज सरुवा गर्नेगरी तयारी थालेको बेला काठमाडौँको सुरक्षा व्यवस्थाले पनि त्यसलाई सहयोग गरेको बताइएको छ । हाल काठमाडौँ प्रहरी प्रमुखमा वसन्त रजौरे, ललितपुरका शेखर खनाल र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई प्रमुख रहेका छन् । यस्तो हल्लाबीच जसले नाराबाजी गरे उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । लोकतन्त्रमा नाराबाजी गर्नेलाई पक्राउ गरी मुद्दा चलाउने ओली सरकारविरुद्ध संसद बैठकमा विरोध भयो । बाध्य भएर दबाबमा आएर सरकारले नौ हजार धरौटी लिएर उनीहरूलाई रिहाइ ग¥यो । मुद्दा भने जारी नै छ । पहिले खुलेआम राजालाई गाली गर्दा यी नेताहरुलाई पक्राउ गर्न नपर्ने तर अहिले आएर आफूहरूलाई गाली ग¥यो भने पक्राउ गरेर मुद्दा चलाउनु पर्ने कस्तो लोकतन्त्र ल्याएछन् त जनताले ?