कारबाहीमा ६२ तालिवान र सात सैनिक मारिए

अन्तर्राष्ट्रिय

काबुल । अफगानिस्तानको अशान्त प्रान्तहरुमा अफगान सुरक्षाबलले गरेको पछिल्लो कारबाहीमा ६२ जना आतङ्ककारी मारिएको समाचार छ ।

गत बिहीबार विहानबाट शुक्रबार विहानसम्म गरिएको यस कारबाहीको क्रममा सात अफगान सेनाले समेत ज्यान गुमाएका छन् । अफगान रक्षा मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) अफगानिस्तानको नान्गाहार, पाक्टिका, वार्दाक, गजनी, कान्दाहार, फराह, बादाख्सान, तखार र हल्ेमान्ड प्रान्तमा गत २४ घण्टाभित्र भएको कारबाहीको क्रममा ६२ जना आतङ्ककारी मारिनुको साथै अन्य २८ जना घाइते भएका घाइते भएका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अफगान सेनाले गरेको कारबाहीको क्रममा पाँच स्थानीय तालिवान कमाण्डर पनि मारिएका छन् । उनीहरुको कारबाहीका बारेमा तालिवानको कुनै प्रतिक्रिया भने केही आएको छैन ।
यस कारबाहीको क्रममा सुरक्षाबलले ठूलो सङ्ख्यामा हातहतियारसमेत कब्जा गरिएको जनाइएको छ । अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने केही टिप्पणी गरेका छैनन् ।