संवैधानिक व्यववस्थाबारे यस्तो दावी

Home Feature

नेपाली कांग्रेस र नेकपा माओsansadवादी केन्द्रले संविधानअनुसार नयाँ सरकार गठनमा कुनै समस्या नहुने निष्कर्ष निकाल्दै ढुक्क भएर नयाँ सरकार गठनको समीकरणमा लाग्ने बताएका छन् । प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बन्ने नबने टुङ्गो लगाउन चामत्कारिक गुगल ब्वाइ आदित्य दाहालको शरणमा गएका थिए । त्यसैले अहिले आफू फुस्किने टुङ्गो भएपछि उनले आदित्यको प्रतिष्ठानलाई एक करोड रूपैयाँ दिएर गुन तिरेका छन् ।

यता काँग्रेस माओवादी भने आफ्नो समर्थनका वरिष्ठ कानुनविद्हरूसंग छलफल गरी नयाँ सरकार बनाउनका लागि ढुक्क भएका हुन् । दुई दलले नयाँ सरकार गठनमा कुनै संवैधानिक व्यवधान नभएको निष्कर्ष निकाल्दै अगाडि बढ्ने संकेत दिएका हुन् ।
संविधानविद्हरुले संविधानको धारा २ सय ९८ प्रयोग गरेर नै अविश्वासको प्रस्ताव ल्याइएको जिकिरका साथ सोही धारा प्रयोग गरेर बनेको संसद् नियमावलीअनुसार नै नयाँ सरकार गठन हुनेमा द्धिविधा नभएको भनी काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झाएका छन् ।

कांग्रेस–माओवादीका नेताहरूले नयाँ सरकार गठनका विषयमा अनावश्यक प्रचार भएकाले आफूहरुले संविधानविद्हरुसँग परामर्श गरेको स्पष्टसमेत पारेका छन् । अब पार्टीगत संविधानविद्हरूबीच दोहोरीसमेत चल्नेछ । यो दोहोरीले मुलुकको अवस्थालाई अग्रगमनको दिशातिर लैजान्छ कि दलदलमा फसाउँछ हेर्न बाँकी छ ।