०तपाईको पार्टीको दोश्रो महाधिबेशन हुदै छ,यस पार्टी के लागि स्थापना भएको हो ?
०हाम्रो पार्टी नेपाल परिवार दल नेपालमा विद्यमान रहेका अन्य राजनितिक दल जस्तो सामान्य उद्देश्य बोकेर स्थापना भएको राजनितिक दल होईन । एउटा विशिष्ट परिस्थितमा विशिष्ट उद्देश्यका साथ, दुर दृष्टिका साथ महान आदर्श र सिद्धान्त लिएर यो पार्टीको जन्म भएको छ । यो पार्टी एउटा अर्जुन दृष्टि लिएर स्थापना भएको पार्टी हो । अहिले परिवार दल स्थापना भएको पनि ८ वर्ष पुरा भएको छ । अहिले हामीले पार्टीको दोश्रो महाधिबेशन गर्दै छौ ।
लोकतन्त्रमा विश्वास गर्ने सामाजिक सद्भाव, राष्ट्रिय मेलमिलाप, समनता, समनता मुलक समाज, नैतिकवान समाज, आर्थिक समृद्धमुलक समाज निर्माण गर्न चाहाने एक लोकतान्त्रिक समावेशी समानुपाितक प्रणालीलाई आत्मसाथ गरेको अग्रगामी पार्टी हो,परिवार दल । यो पार्टीका आदर्शहरू सकारात्मक चिन्तनबाट उद्यम हुन्छन र विकास हुन्छन । हाम्रा पार्टीका रणनितिहरू देश र जनताको सेवामा केन्द्रित रहनछन् । हामीले लिने कार्ययोजनाहरू शान्तिपूर्ण हुन्छन् । हामी हिंसाको राजनितिको सधै विरोध गर्ने गर्छौ । हामी शान्तिपूर्ण ढङ्गबाट लोकतान्त्रिक पद्धतिबाट आफ्ना हक र अधिकारहरू सुनिश्चित गनुृपर्छ, मानिसलाई परिवर्तन बन्दुक देखाएर होईन, धन सम्पत्ति र शक्ति देखाएर होईन, मान्छेको हृदय प।िरवर्तन गरेर, मानिसको सेवा गरेर, अरूको मन जितेर परिवर्तन गनुृपर्छ भन्ने विश्वास राख्छौं । त्यसैले यस्तो एउटा पबित्र सोच र चिन्तनका साथ परिवार दल स्थापना गरेका हौ ।यस्तो पार्टी नेपालमा अहिले सम्म कुनै पनि पार्टी छैन भन्ने हाम्रो दाबा छ । यस मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रीक शक्तिको आवश्यक छ । नयाँ बैकल्पिक शक्ति भन्ने बित्तिकै नयाँ नाम राखेर बैकल्पिक शक्ति हुन सक्दैन ।त्यसको लागि सिद्धान्त र व्यबहार पनि नयाँ हुनु पर्छ । हामी नयाँ बैकल्पिक पार्टी हौ ।त्यो शक्ति हामीसंग छ ।
०तर नयाँ बैकल्पिक शक्तिको नाममा अरु पार्टीहरु पनि खुलेका छन नि ?
०नाम नयाँ राखेर नयाँ पार्टी हुदैन । अब फेरि तिनै पुरानो परम्परावादी प्रजातन्त्रलाई राजनितिको मुल आधार मानेर नयाँ नाम दिएर पार्टी खोल्दैमा त्यो पार्टी नयाँ बैकल्पिक शक्ति हुन सक्दैन । फेरि त्यहि विश्व रंगमञ्चबाट असफल भैसकेको द्वन्दात्माक भौतिकवादमा आधारित रहेर कुनैपनि नयाँ नाम न्वारान गरेर पार्टी खोल्दैमा त्यो पार्टी बैकल्पिक नयाँ पार्टी हुन सक्दैन । नयाँ शक्ति हुनको लागि नयाँ बिचार चाहिन्छ, नयाँ शक्ति हुनको लागि नयाँ नेतृत्व चाहिन्छ, त्यो शक्ति भनेको नेपाल परिवार दल नै हो । हामी एउटा नयाँ युगमा प्रवेश गरिरसेका छौँ, यो सामाज्य विज्ञान र प्रविधिमा मात्रै सिमित युग होइन, एउटा नविनत प्रयोग गर्ने युग हो । यो युग एउटा वाएरलेस युग हो, पारदर्शिता भएको युग हो । कसैले पनि कुनै कुार गोप्य राख्न सक्दैन । त्यस्तो समय हो यो,अहिलेको समय भनेको । त्यस कारणले गर्दा नयाँ युगलाई आवश्यक पर्ने नेतृत्व कस्तो हुनुपर्छ, त्यो नेतृत्व दिनको लागि हामी तत्पर हुनुपर्छ ।त्यसैल म भन्छु,हाम्रो पार्टीमा डा.बाबुराम भट्टराइ पनि अट्न सक्नु हुन्छ । अब सबै व्यक्तिहरू हाम्रो पार्टीमा आउनुपर्छ ।
०तपाईहरुले पार्टीको नाम नै परिवार दल राख्नु भयो किन परिवार शब्द जोड्नु भयो ?
०हाम्रो जीवनको सबै महत्वपुर्ण पक्ष परिवार हो । परिवार छाडेर हामी कहाँ जान सक्छौ ? हामी विदेश जान्छौ, विभिन्न ठाउँ जान्छौँ, अन्तिममा फर्केर हामी, घरमा आउँछौ, परिवारमा आउँछौँ, परिवार भन्दा मिठो, परिवार भन्दा न्यानो, परिवार भन्दा राम्रो ठाउँ कँहिपनि हुनैन । हाम्रो पार्टीको दर्शनले त, परिवारलाई स्वर्ग भनेको छ । तपाई कहाँ जान चाहानुहुन्छ?स्वर्ग जान चाहानुहुन्छ । हो त्यो स्वर्ग भनेको परिवार हो, यस्तो परिवार जहाँ बाबुआमा छोराछोरी मिलेर बसेका छन्, श्रीमानश्रीमती मिलेर बसेका छन्, रूखको फेदमुनि बसेपनी, गुन्द्रुक ढिडो खाएपनि, मायाप्रेम छ,एकआपसमा विश्वास छ, नातिनातिना त्यहाँनेर खेलेका छन्, हजुरबाहजुरआमाले त्यहाँनेर नातिनातिनालाई अर्तिउपदेश दिएका छन् । त्यस्तो किसिमको परिवार भनेको स्वर्ग हो । स्वर्ग माथि आकाशमा छैन, स्वर्ग भनेको परिवार हो । हरेक परिवारलाई स्वर्ग बनाउने, नेपाल परिवार दलको उद्देश्य हो । अनि त्यो बाटोमा को लाग्दैन ?
हामीसंग, त्यस्ता दर्शनहरू छन् । त्यस्ता योजना कार्यक्रमहरू छन् हामी सँग । एउटा बिचारको आगो, डढेलो भन्दा पनि खतरा हुन्छ । हेर्नुस अब हाम्रो पार्टीको बिचारको डढेलो कुनै आगोले त्यसलाई छेक्न सक्दैन्, आगो सल्किसक्यो, अब बिचारको आगो, त्यसले खोला पनि तर्छ, । बिचारको आगो हिमाल पनि कट्न सक्छ, जुन ठाउँ पनि जान सक्छ, त्यस्तो किसिमको बिचार हरेक परिवारलाई स्वर्ग बनाउने बिचार हो, हाम्रो पार्टी नेपाल परिवार दलको बिचार हो । मुलुकमा एउटा ठुलो प्रभावकारी पार्टीको रूपमा नेपाल परिवार दल स्थापित हुदै गएको छ । हाम्रो पार्टीको दर्शनले, मुलुक भित्रमात्रै सन्तुलन होईन, मुलुक बाहिर पनि हाम्रो पार्टीको दर्शन सन्तुलन राख्न सक्ने क्षमता छ । हामी बामपन्थी पनि परेनौँ, हामी प्रजातान्त्रीक पनि परेनौँ, हामी बिचको प¥यौँ ।
०तपाई अहिले पार्टीको प्रवक्ता हुनुहुन्छ । आगामि महाधिबेशनमा कुन पदमा उम्मेदवारी दिने सोचमा हुनुनुहन्छ ?
०यस विषयमा अहिले सरसल्लाह हुदैछ । म केन्द्रिय कार्यसमितिमै रहन्छु । पार्टीले जे जिम्मेवारी दिन्छ,त्यो लिन्छु ।
०महाधिबेशनमा पार्टीको नेतृत्व पनि परिर्वतन हुन्छ होला नि ?
०यसले नेतृत्व पनि चयन गर्छ ।
०महाधिबेशनमा विधान संशोधन हुन्छ ?
०महाधिबेशनमा विधान संशोधन हुन्छ । संविधानले कतिपय कुराहरु थप गरेको छ । केही संरचर्नाहरु परिवर्तन गरेको छ ।नयाँ संविधानलले देशललाई संघीयतामा लगेको छ । नयाँ संविधान अनुसार पार्टीको विधानमा पनि केही परिवर्तन हुन्छ ।यसैगरी संविधानमा समावेशीको व्यबस्था गरिएको छ ।त्यसै अनुसार पार्टीको विधानमा पनि केही व्यबस्था हुन्छ ।
०तपाईले हाम्रो पार्टी लोकतान्त्रिक पनि होइन,बामपन्थी पनि होइन भन्नु भयो,कस्तो हो त परिवार दल ?
०मैले भन्न खोजेको के हो भने हाम्रो पार्टी अतिपुरातनबादी विचारधारा भएको पार्टी होइन भन्न खोजेको हु ।न त हाम्रो पार्टी अतिबादी पार्टी हो । हामी साम्यवादी पार्टी पनि होइनौ । हामी लोकतन्त्रबादी नै हौ । ।लोकतन्त्रको अर्को विकल्प पनि छैन ।
०महाधिबेशनमा देशभरबाट कति प्रतिनिधि सहभागी हुदैछन ?
०हाम्रो महधिबेशनमा देशभरबाट करिव एक हजार दुइ सय प्रतिनिधि सहभागी हुदैछन । महाधिबेशनले पार्टीलाई अझ सशक्त पार्टी बनाउन केही मुद्धाहरु उठाउने छ । खाशगरी देशको आर्थिक सम्बृद्धिको मुद्धालाई हामीले उठाउने भएका छौ ।महाधिबेशनमा सहभागी हुने प्रतिनिधिहरु ७५ वटै जिल्लाबाट सहभागी हुने भएका छन ।
०तपाईहरुको पार्टीको जिल्ला समिति कति जिल्लामा छ ?
०ंहाम्रो जिल्लाको जिल्ला समिति ७५ वटै जिल्लामा छ ।सबै जिल्लामा हाम्रो संगठनको उपस्थिति रहेको छ । कुनैमा सानो छ,कुनैमा ठूलो छ तर सबै जिल्लमा हाम्रो संगठन रहेको छ । तपाईले गएको दुइ वटा चुनाव हेर्नु भयो भने ठूला पार्टीहरु बाहेक हाम्रो मात्रै यस्तो पार्टी हो,जाँहा ७५ वटै जिल्लाबाट हाम्रो पार्टीलाई भोट आएको छ । यस महाधिबेशनले त्यो उपस्थितिलााई झनै बलियो बनाउने छ । हामीले मुलकमा एउटा बलियो पार्टीको रुपमा परिवार दलललाई उपस्थिति गराउने छौ । त्यसको लागि यो महाधिबेशनले निश्चय नै मार्गदश दिने छ ।