काठमाण्डौ । केपी ओली सरकारले गर्नु गरेको छ । असारको अन्तिम हप्ता करोडौं रूपैयाँ बाँडेको ओली सरकारले नियुक्ति र पैसा बाँड्ने मामलामा निकै उदारभाव अपनाएको छ । एमाले कार्यकर्तालाई सक्ने ठाउँमा नियुक्ति गरेको छ र सकेसम्मको पैसाको खोलो बगाएको छ । यही मेसोमा भूकम्पपछिको पुनःनिर्माणका लागि चालू आर्थिक वर्षमा करिब ८४ अर्ब रुपैयाँ खर्च गर्न अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई अख्तियारी दिएको छ । उक्त रकममध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट बेहोरिने प्राधिकरणले जनाएको छ । त्यस्तै वैदेशिक सहायता अन्तर्गत नगद अनुदानतर्फ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाबाट एक अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीन सरकारबाट ५० करोड रुपैयाँ, पुनःनिर्माण संयुक्त कोषबाट एक अर्ब ५० करोड रुपैयाँ, भारतबाट १२ अर्ब ५० करोड, जर्मनी केएफडब्लूबाट तीन अब, दक्षिण कोरियाबाट ८५ करोड, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ रहेको छ ।
पैसा लिने बताइए पनि अहिले भने बाँड्ने नियत नै केपी ओलीको हो । किनकि पुनःनिर्माणमा खटिएका कर्मचारी काम नपाएर थन्किएका छन् ।
पैसाकोमात्र खोलो बगाइएको छ । भूकम्प प्रभावित जिल्लामा खटिएका इञ्जिनियर नै कामविहीन भएका हुन् । समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरू नगरेकाले इञ्जिनियरहरू कामविहीन भएका हुन् । भूकम्प प्रभावित ११ जिल्लाका दुई लाख ४४ हजार ६ सय २४ पीडित परिवारसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको छ । तीमध्ये ३४ हजार नौ सय ४८ पीडित परिवारको खातामा मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ । बर्खा लागेपछि रकम पाएकाले भूकम्पपीडित कसैले पनि घर निर्माण गर्न सकेका छैनन् । प्राधिकरणले भूकम्पपीडितका घर निर्माणमा सघाउने भन्दै भूकम्प प्रभावित ११ जिल्लामा एक महिनाअघि दुई हजार ६ सय इञ्जिनियर परिचालन गरेको छ । आफ्नो काम नभएपछि उनीहरू गाविस कार्यालयको सहायकका रूपमा छन् ।
उनीहरू गाउँमा पुगेका पनि छन् । तर, काम गर्न पाएका छैनन् । घर बनाउने काम नै सुरू भएको छैन । यस्तो अवस्थामा उनीहरूले के काम गर्ने ? र, पनि ओलीले आफ्नो कार्यकालभरि भाषणमात्र गरिरहे । मुलुकको कायापलट गर्ने कुरा सुनाए ।
बर्खाले गर्दा मुलुकका विभिन्न भागमा बाढीले बितण्डा मच्याएको छ । थुप्रै भूभाग डुबानमा परेको छ । काठमाडौंमासमेत राम्रो ढलको निकास नहुँदा ठाउँठाउँमा डुबान भयो । बस् ओलीले काठमाडौंमै पानीजहाज चलाउने छन् । जनतालाई आश्वासन बाँडे पनि आफ्ना कार्यकर्तालाई भने पूर्ण व्यवस्था गरेरै बाहिरिने सोच ओलीको पुरानो नीति अन्तर्गत भएको हो भन्नेहरू एमालेभित्रै धेरै छन् ।