अग्निपरीक्षाको घडी

सम्पादकीय

पृथ्वीनारायण शाहबाट व्यक्त चारजात छत्तीसवर्णले भरिएको मुलुक एकढिक्का हो भनी आफ्नो दिव्य उपदेशमा व्यक्त त्यसबखतको सही विश्लेषणलाई अहिले राजनेता, सामाजिक अभियन्ता लगायत सबै सच्चा नेपालीले राम्ररी मनन नगरे, नेपालको भविष्य अत्यन्त अन्धकारतर्फ धकेलिँदै गएको छ । अहिले वास्तवमा म यो दलको, ऊ त्यो दलको, म यो जातीको ऊ त्यो जातीको भन्ने धारणा माथि उठेर यो सिङ्गो नेपाल हाम्रो हो र हामी नेपाली हौं भन्ने भावनाबाट जागृत हुनुपर्ने अवस्था आइसकेको छ ।
नेपाल जस्तो अत्यन्त सुन्दर मुलुक, जहाँ आधाघण्टाको हवाई उडानबाट अत्यन्त गरम मरुभूमिजस्तो ठाउँदेखि अत्यन्त चिसो हिमालमा समेत पुग्न सक्दछौ । प्राकृतिक सुन्दरतादेखि, सबै जनजातीका नेपालीहरु सबै एक भएर, एकै परिवारका सन्तान जस्ता भएर बसिरहेका थियौं, कुनै बीच कुनै पनि प्रकारका भेदभाव, असमानता थिएन, आपूm आपूmले जाने बुझेको पेशामा सबै आपसी सद्भाव राखेर बसिरहेका थियौं तर अरुको सुखमा इष्र्या गर्ने केही विदेशीहरुको दृष्टि पारेर केही दशक यतादेखि एक नेपालीलाई अर्को नेपालीले दुश्मनको रुपमा प्रस्तुत गरिदिन खोजिएको छ र त्यो पनि केही हदमा सफल देखिएकै छ ।
नेपालको पछिल्लो घटना क्रममा अमेरिकन परियोजना एमसीसी, फेबु्रवरीको अन्तिमसम्म सार्वभौम सम्पन्न भनिएको संसदबाट पास नगरिए अमेरिकन सरकारले नेपाललाई छुट्याएको ५० करोड डलर अन्य मुलुकलाई दिने बताएको छ, त्यतिमात्रै नभएर अमेरिकन सहायकमन्त्री डोनाल्डलूले प्रधानमन्त्री, प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, सत्ता गठबन्धनका पुष्पकमल दाहाल लगायत केही प्रभावशाली नेताहरुलाई फोन गरेर अमेरिकन परियोजना सदनबाट पास नगरिए नेपाल पूर्णरुपमा चीनको अधिनमा पुगेको आशयका कुराहरु भनेको सार्वजनिक हुन पुग्यो, जसलाई केही पार्टीका नेता र स्वतन्त्र बुद्धिजीवीहरुलाई नेपालको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप पनि भन्न थालेका छन् । तर यसैबीच यसै साता सरकार गठबन्धनका नेताहरुबीच, एमसीसी पक्षका दलहरु मात्रै संसदमा उपस्थित भएर, सदनबाट पास गर्ने रणनीति लिएको चर्चा पनि त्यत्तिकै बलियो देखिन्छ ।
कहिले पनि कसैको अधिनमा नरहेर स्वतन्त्र सार्वभौमिक मुलुकको रुपमा रहेको नेपाल अधिराज्यभित्र एउटा भाइ अर्को भाइसँग दुश्मनीको रुपमा उभिने लक्षण देखिएकोले अहिले नै संयमतापूर्वक राष्टूको स्वाभिमानलाई उच्च स्थानमा राखेर निर्णय गरिनु नै बुद्धिमानी हुनेछ । नत्र त इतिहासले हामीलाई नराम्ररी नै कालो अक्षरले लेख्ने छ ।