आपूm ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो–आपूmले मन्त्रीहरू बदल्न खोजेको तर देउवाले रोडा अड्काएपछि कम्रेड माधव रन्थनिएका छन् । त्यसो त पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने हो, तर कुसाइतको सल्लाह प्रधानमन्त्रीले मान्ने कुरै भएन । अरुलाई केको धन्दा घरज्वाइँलाई खानको धन्दा भनेझैं संसदमा बजेटको चर्चा चल्दै गर्दा जवाफ दिनुपर्ने मन्त्री बाहिरिए पछि जवाफको जिम्मा कसले लिने । प्रधानमन्त्रीलाई लायो–किन हतार हँ मन्त्री फेर्न । यता नाम लिन पाएको थिएन–पुराना रन्थनिदै खुमलटार र बालुवाटार पुगेर गुनासो पोखे । लाग्यो होला– आफ्नालाई कुरा नसुने पनि गठबन्धनका ठूलै नेता र प्रधानमन्त्रीले आफ्नो कुरा कसो न खुल्लान् त । नभन्दै हाकिमी पारामा देउवाले भने हुँदैन यतिखेर मन्त्री फेर्ने कुरा । कतै आपूm लाग्यो रमितामा स्यालले कुखुरो बोक्यो उखान चरितार्थ गर्दै सरकार नै अल्पमतमा प¥यो भने । परालको टेकोमा अडेको मन्त्रिपरिषद् सानो हुरी आयो भने पनि गल्र्यामगुर्लुम् । त्यसैले होलका लागि पन्छाइदिए मन्त्री फेर्ने कुरा । तर नयाँ मन्त्रीमा नाम चढेकाहरू खङ्ग्रङ भए । सपथ ग्रहणका लागि लगाएको दौरा सुरुवाल फुकालेर बस्नु पर्छ कम्ती न रमाइलो लाग्यो होला–आपूmलाई भन्दा पनि परिवारका सदस्य र आफन्तलाई ।
अघिल्लै पल्टको मन्त्रिपरिषद् गठनमा जिब्रो तिखारेर बसेका मेटमणि र जीवनरामलाई नाम भनेदेखि बधाइको ओइरो लाग्यो । टेलिफोन उठाउन भ्याइ नभ्याई तर एकदिनमै हिस्स बुढी हरिया दाँत बनाएर बस्नु प¥यो । नामै न आएको भए केही नै थिएन तर नाम निस्कनासाथ बधाइको भेल बग्नु अनौठो होइन । यतिखेर नाम प्रस्तावित मन्त्रीहरू र प्रस्ताव गर्ने नेतालाई नै बाहिर अनुहार देखाउन लाज भएको छ । त्यसो त अझैसम्म मास्क लगाएर हिँड्ने चलन नगएकोले नाक देखाउन परेर । अब मन्त्री भइने भयो भनेर घिरौला जत्रो बनाएको नाक देखाउनै गाह्रो भएको बेला मास्कले ठूलै काम गरेको छ । त्यसैले मन्त्री हुने लर्कोमा परेकाहरूले झर्कोफर्को नमानी मास्क लगाएर हिँडे हुन्छ । कम्रेड माधवको भने नाकमा झिँगा बसिदियो–कार्यकर्ता जोगाउनै गाह्रो ।
अब पालो आउँछ कि ?
एकीकृत समाजवादीले आफ्नो भागमा परेका मन्त्रीहरूको पालो फेर्ने भन्न नपाउँदै अरु पार्टीका बिना जागिरका सांसदहरुलाई लोभको अंश बढेर गएको छ । अरुले वर्षौंसम्म झण्डा हल्लाउने र डण्डावालालाई पछि राखेर हिँड्न पाउने हामी चाहिँ ढाक्रे बनेर नेताको आज्ञा पालना गर्ने यो न्याय भएन भनेर झोक्राउँदै आएकोमा अब हाम्रो पालो आउनै पर्छ भनेर झण्डा हल्लाउन थाले । पार्टीजस्तो भए पनि पार्टीका कार्यकर्ताको घर परिवार हुन्छ, नातागोता हुन्छन्, इष्टमित्र हुन्छन्–सबैले मौका पर्नासाथ हाम्रो फलानो त यसपाली पनि मन्त्री बनेछ है भनेर ओठ लेब्य्राउँछन् । एकथरि भित्रैदेखि चित्त दुखाउँछन् अर्काथरि ठिक्क भयो–अब कहिल्यै पनि मन्त्री बन्दैन भनेर काखी बजार्छन् । यस्तै हो–भए पनि ठिक्क नभए दिक्क । अहिले जसपा अर्थात जनता समाजवादीका सांसद अर्कोलाई गलहत्याउन पाए आफ्नो पालो आइहाल्छ कि भनेर मुख मिठ्याएर बसेका छन् । त्यसैले कोही बाबुराम निवास त कोही उपेन्द्र यादव निवास धाउन थालेका छन् । नेता रिझाउन पाए मन्त्री पद उपहार पाइन्छ कि भनेर दौडमा छन् । माओवादी केन्द्रका माइला तहका नेतालाई पनि मन्त्री बन्ने रहर बढेर गएको छ । उनीहरू कहिले प्रचण्ड कम्रेड र कहिले वर्षामान पुन निवासको चक्कर काट्न थालेका छन् ।
अरु पार्टीकाले लोभ देखाएपछि हामी मात्र किन चूप लाने भनेर नेपाली कांग्रेसका नेताहरू मुख खोल्न थालेका छन् । गगन थापाले यस्तै कुराको संकेत गरेका छन् । आफ्ना कुरा पार्टी महामन्त्रीको मुखबाट बाहिर ल्याउनेतिर मन्त्री बन्ने रहर बोकेकाहरू नेता निवासतिर लागेका छन् । त्यसो त प्रधानमन्त्रीलाई यतिखेर मन्त्रीहरू बदल्ने रहर छैन–माधवको प्रस्तावलाई लत्याएर समाजवादीका मन्त्रीहरूको पद सुरक्षित गरेको अवस्थामा पनि चाँडै मन्त्रीहरू फेरिएलान् भन्ने जस्तो लाग्दैन । तर पनि सांसद नभएकाहरू पनि मन्त्री बन्ने परम्परामा आपूm सांसद पद धारणा गर्नेहरूले आफ्नो पालो पर्खन्ु कुन अनौठा भयो र ?। चिन्ता नेताहरूलाई–जेठी माने पानी कान्छी माग्ने घाम म एक्लो बुढो कतातिर जाम भनेझैं निकै चिन्ता बढेको छ । यसलाई मन्त्री बनाए ऊ रिसाउने, यसलाई बनाए ऊ रिसाउने ।
जुट्नभन्दा फुट्न सजिलो
मधेशवादी दलहरूमा कसले मन्त्री पद पाउने र को निकालिने चर्चाचल्दा चल्दै जसपा अब पूmटको संघारमा पुगेको हल्ला बाहिरिएको छ । नेता उपेन्द्र यादवले पालैपालो मन्त्री बनाइन्छ भनेर ललिपप देखाएका तर आठ महिना अगाडि मन्त्री बन्न नपाउनेहरू अब हाम्रो पालो भन्दै यादवका अगाडि पाखुरा सुर्कन पुगेका छन् । यसैर्ला खातैखात कसैको पुर्पुरोमा हात भनेझैं एकथरिले मस्ती गरिरहँदा र्काथरिले टुलुटुलु हेरिरहनुपर्ने अवस्था कसलाई मनपर्छ । एकजना जसपाका मन्त्री डाक न बोलाउ लिडे पुच्छर हल्लाई गर्दै रक्सौलको समारोह भ्याउन पुगे, तयतिमात्र होइन रासायनिक मल ल्याउने निहुँमा हप्तौंसम्म दिल्लीको रमाइलोमा बसे । अनि विदेश भनेपछि बंगलादेश भए पनि हप्तौं बस्ने, डलरको हिसाब कस्नेमा हाम्रा मन्त्रीहरूलाई कसले भेट्ने । एकजना मन्त्रीले मलाई विदेश जानु छ भनेर कचकच गरेपछि त्यतिबेलाका प्रधानमन्त्रीले तिमीलाई बंगलादेश त होइन नगदेश पठाइदिन्छु भन्द भत्ता कति आउँछ हँ भन्ने मन्त्रीहरू थिए भन्दा अनौठो न माने हुन्छ–कोभन्दा को कम हालका मन्त्रीहरू पनि भत्ताकै लागि मरिहत्ते गर्दछन् । अनि मन्त्री पद नपाउनेले पार्टी फुटाउने धम्की दिनु कुन अनौठो भयो र ?
एकातिर पार्टी फुटाउने धम्की छ अर्कैतिर पार्टी फुटेर चुनाव लड्दा जित्ने कुरा आकाशको फल आँखातरि मर भएपछि लोसपा र जसपा मिल्नुपर्छ कि भन्नेतिर लागेका छन् । मिलेरै चुाव लड्दा अघिल्लोपल्ट प्रतिनिधिसभामा ३२ सिट पु¥याउन सकेको पार्टी स्थानीय तहको निर्वाचन गर्दा भने वाम धुलाईमा परेको छ । मधेशमा नै नेपाली कांग्रेसले धमाधम सीट खोसेको छ । यदि दुई न भएर एकै पार्टी भएको भए यो दुर्गति भोग्नुपर्ने थिएन कि ? अबको ६।७ महिनामा प्रतिनिधिसभाको चुनाव हुँदा फुरेर होइन जुरेर लड्नुपर्छ भन्ने घाम लाग्न थालेको छ दुवै पार्टी अर्थात जसपा र लोसपामा । ३२ सिटमा घटेर १२–१५ सिट आयो भने कहाँको हैसियत कहाँ हुने भएकाले दुवै पार्टीका नेता विचौलिया मार्फत मिल्ने कुरा गर्न लागेका छन् । अनि नेताहरूको रौं रौंमा तेज भएकाले कसलाई नेता मान्ने भन्ने विवाद उठेर जुट्ने काममा व्यवधान आइहाल्छ भन्ने विश्लेषण मधेश विज्ञ विश्लेषकहरूले गरेका छन् ।
मिसन कि कमिशन
देशको लागि राम्रो काम गर्लान्–राम्रो कामको मिसनसहित अघि बढ्लान् भनेको त उल्टै कमिशनको चक्करमा लाग्दछन् । केमा कमिशन पाइन्छ त्यसैको ध्यानमा गर्न हुने काम पनि गर्छन् नहुने काम पनि गर्छन् । सरकारी जग्गा कौडीको मूल्यमा लामो समयसम्म लिजमा दिने गरेका घटना बाहिर आउने त थियो–अर्काले बनाइदिएको धर्मशाला समेत भट्टी खोल्न पाउने गरी सुम्पिएका घटना ताजै नै छ । औषधि झिकाउनु प¥यो भने आपूmलाई मन परेको पार्टीलई सुम्पिदियो अनि त्यसबाट राम्रै कमिशन कमायो । एमालेको सरकार भएको बेलामा कमिशनका खुबै चर्चा हुन्थ्यो । घुमन्तेलाई पत्यार लाग्दैनथ्यो–न त सन्तानको लागि कमाएर राख्नुपर्ने न त घरजग्गा जोड्नु पर्ने–यस्ता मान्छेले किन पैसाको लागि ¥याल चुहाउथे र । आफ्नो भए भरको श्रीसम्पत्ति घरजग्गा नेपाल सरकारलाई सुम्पेर बसेकाले यसो गर्दैनन् भन्ने लागेको थियो–एउटाले प्वाक्क भनिदियो–यत्रो घरजग्गा उनको तलब जोगाएर किनेका हुन् त ?।
यी त भए पहिलेका प्रधानमन्त्रीका कुरा । हालका प्रधानमन्त्री पनि के कम ? आपूm लुकेर छोराको समूहलाई फाइदा पु¥याउने गरी ¥यानिटरी प्याडमा भन्सार पूरै घटाइदिए । आफ्नै देशमा चाहिँदो उत्पादन भैराखेका कुरामा अर्को देशबाट ल्याउन भन्सार बढाउनु पर्नेमा आफन्तलाई कमिशन दिलाउन नयाँ मिशन ल्याइयो । न उम्रदै तीन पात–भरखर युवावस्थामा पुग्न लागेका प्रधामन्त्री पुत्रले कमिशनको राम्रै जालो फैलाएछन् । हेर्दै जाऔं–उनले पनि भव्य महल बनाएर सरकारलाई दान गर्ने हुन् कि ?
अन्त्यमा–
काग कराउँदै गई पिना सुक्दै गर्छ–किसान रुदै गर्छन्– न त रासायनिक मल आउँछ न त विद्यार्थीले पाठ्यपुस्तक पाउँछन् ।