मोबाइलः कता जाँदैछ नयाँ पुस्ता ?

अर्थ यताउताका कुरा विचार

समयसँगै विश्वमा विकास क्रम बढदो छ । नेपालको विकासको कुरा सपनामा वा कुराकानीमा मात्रै सीमित रहेपनि विश्वले विकासको चरमचुली पार गरेको छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलुकले मारेको विकासको फड्को तुलान नै गर्न सकिन्न । छिमेकी मुलुक भारतले पनि मुलुकको विकासमा तीव्रता लिएको छ । भलै त्यसको नियत छिमेकप्रति त्यति सहिष्णु नहोस् !

विकासको यो चरणमा उक्लिँदै हरेक मुलुकले विज्ञान र प्रविधिका क्षेत्रमा अद्वीतिय उपलब्धी हासिल गरिसकेको छ । आज विश्वमा विकासको सन्दर्भ उठ्दा प्रविधि र विज्ञानको नै विकासको कुरा हुँदैआएको छ । यसैले अरु विकासलाई पनि सहज र सरल तुल्याएको छ ।

पछिल्लो बीस वर्ष यता विकास भएको प्रविधि हो, मोवाईलको विकास । र त्यसले मार्दैआएको छलाङ्ग । पहिले मोबाईल हाते फोनका रुपमा मात्रै सीमित थियो । तार नचाहिने र जता गए पनि आवश्यकता परेको बखत सम्बन्धीत व्यक्तिसंग फोनमा कुराकानी गर्नसक्ने सुविधा यसले हरेकलाई दियो । नेपालमै पनि यो प्रविधि बीस वर्ष अगाडि भित्रियो । पहिले हुनेखानेहरूले मात्रै बोक्न सक्थे मोबाईल ।

आज त्यो अवस्था छैन । प्रविधिको यो विकाससँग हरेक मानिस जोडिएका छन् । नेपालमै पनि हरेकको हातहातमा हामी मोबाईल देख्छौँ । मोबाईल नभएको कुनै मानिस भेटिए ति कुनै अर्को ग्रहबाट आएका हुन कि भन्ने भावना अर्को मानिसमा जाग्दै आएको स्पष्ट देख्न सकिन्छ ।

वास्तवमा मोबाईल जुन प्रयोजनका लागि जन्मिएको थियो, त्यसले आफ्नो खास उद्देश्यलाई पछाडि छोडेर धेरै अगाडि दौडेको देखिन्छ । जहाँ पनि जतिबेला पनि फोनमा सम्पर्क हुनसक्ने भएकोले मोबाईल सबैले आफ्नो हातमा लिन पाए हुन्थ्यो भन्ने सोचेका थिए । तर आज मोबाईलले सम्पर्क गराउने भन्दा पनि मानिसलाई आफ्नै दुनियामा हराउने अवस्थाको बनाइदिएको छ । त्यसको उदाहरण कसैलाई दिइरहनु पर्दैन । हरेक मानिस आज कुनै पनि काममा वा जमघटमा वा बैंठकमा, जहाँ होस्, मोबाईलमा झुण्डिरहेको पाइन्छन् ।

र यस्को प्रत्यक्ष प्रभाव आउने पुस्तामा धेरै पर्ने देखिएको छ । पुरानो पुस्ताले त केही समयलाई मोबाईललाई टाढा भए पनि राख्न सक्लान् । तर नयाँ पुस्ताकाहरू मोबाईलमा झुण्डिए पछि तिनले आमा बाबा र परिवारका सबै बिर्सने गरेका छन् । यसले आउँदो पुस्तालाई कता पु¥याउला ? यो प्रश्नको जवाफ सायद कसैले पनि दिन नसक्लान् । ति केटाकेटीका आमाबाबाले नै पनि यसको जवाफ दिन सक्दैनन् ।

आज धेरै हजुरबा हजुरआमाहरू नातिनातिना उनीहरूसँग टाँसिनुमा भन्दा मोबाईलमा टाँसिएको देखेर चिन्तित छन् । उनीहरू खोज्दैछन् चिन्ताबाट मुक्त हुने बाटो । के यो बाटो भेटिएला ?