राप्रपाले देखायो राजनीतिक इमान

Home Feature

काठमाडौं । सत्ताको शक्ति भनेपछि हुरुक्कै हुने दलहरुबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अलग देखिएको छ । ऊ अहिलेको यो घिनलाग्दो राजनीतिबाट अलग देखिएको छ । उसले जसरी पछिल्लो समय राजनीतिक समीकरण बदलिने संकेत पायो त्यसलगत्तै यो चलखेलबाट टाढा रहने निर्णय ग¥यो । राप्रपाले सत्ताको उन्मादबाट टाढा रहने निर्णय ग¥यो । गत माघ ३ गते सत्तामा पुगेको राप्रपा फागुन १३ गते सरकारबाट बाहिरियो । त्योसँगै उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । गत पुस १० गते एमालेसमेत मिलेर बनेको गठबन्धनसँग राप्रपा जोडिएको थियो । तर जब फागुन १२ गते राष्ट्रपति निर्वाचनका लागि राजनीतिक समीकरण बदलियो तब राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाटसमेत बाहिरिने निर्णय ग¥यो ।
त्योसँगै राप्रपाले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ । पुरानो गठबन्धनमा भएको सहमति विपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएको भोलिपल्ट राप्रपाले सो टिप्पणी गरेको हो । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारवाट बाहिरिने निर्णयसमेत लिएर शनिबार नै चारै जना मन्त्रीले राजीनामासमेत बुझाए । ‘शुभेच्छुकहरुको ठूलो पंक्तिको असहमतिबीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निमार्ण, राष्ट्रियता, विकास, सुशासन, सेवा प्रबाह र स्थिरतालाई मुल आधार बनाएर २०७९ पुस १० गते राप्रपासमेतको समर्थनमा बर्तमान सरकार गठन भएको हो,’ राप्रपाले भनेको छ, ‘यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा सहभागी भइ क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धेकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहीत अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’
परिवर्तित सन्दर्भमा सरकारमा रहिरहनु उचित नभएको पनि राप्रपाको ठहर छ । ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारवाट बाहिरिने निर्णय गरेका छौं,’ आकस्मिक रुपमा शनिबार बसेको बैठकको निर्णयमा भनिएको छ, ‘साथै प्रदेश सरकारमा पनि राप्रपाले यसै बमोजिमको दृष्टिकोण रहेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिने र सरकारबाटसमेत बाहिरिने निर्णय गरेको छ ।’ यसै बैठकमार्फत प्रदेश सरकारमा पनि दिएको समर्थन राप्रपाले फिर्ता लिएको छ । प्रदेश १ मा एक जनामात्र मन्त्री भएकामा उनी आइतबार सरकारबाट बाहिरिएका छन् ।
बागमती प्रदेशबाट पनि राप्रपा बाहिरिएको छ । यो निर्णयसँगै राप्रपा नयाँ शक्तिका रुपमा उदाउन खोजेको छ । राप्रपाले जमेर संसदमा आफ्नो भूमिका देखाइरहेको छ । संसदमा राप्रपाले खुलेर राजसंस्ूथाको आवश्यकता सुनाइरहेको छ । त्यसैगरी नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि पनि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ । पहिलो पटक संसदमा सांसदहरुले खुलेर राजसंस्थाको वकालत गरिरहेका छन् । भलै केही गणतन्त्रवादी दलहरुले विरोध गरिरहेका छन् । तर राप्रपाका थोरै सांसदले पनि जोड भने बढी नै लगाइरहेका छन् । सिद्धान्तको राजनीति गरिरहेकाले पनि उनीहरुको आवाज बुलन्द भइरहेको छ ।