पूर्वराजा ज्ञानेन्द्रको भव्य सम्मान

Home Feature

झापा । भनिन्छ नि राजा सधै शिरमा हुन्छन् । नेताले देश छाडेर जान सक्छ तर राजाको देशै घर हो । उनी जहाँ जान्छन् त्यहीँ पूजनीय हुन्छन् । हो, ठयाक्कै त्यसरी नै झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्यपूर्वक स्वागत गरिएको छ । त्यसो त स्वतस्फूर्त बिर्तामोडमा भएको कार्यक्रममा पूर्वराजाको एक झलक हेर्नका लागि सयौँ मानिसको भीड लागेको थियो । राजसंस्थाप्रति आस्था हुनेहरूले पूर्वराजालाई भव्य स्वागत गरेका हुन् ।
उनीहरू त्यतिमै रोकिएनन् । राजा आउ देश बचाउको नारा घन्काए । उनीहरु तत्काल राजा चाहिने प्रतिक्रिया दिन पछि परेनन् । राजावादी नेता एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला भएकैकारणले पनि कार्यक्रममा राप्रपाले भब्य साथ दिएको थियो । पूर्वराजाको सम्मानमा कुनै पनि कसर बाँकी राखिएको थिएन । गाउँगाउँबाट राजाको दर्शन पाउन भन्दै मानिसहरू बिर्तामोड आएका थिए । बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो ।
शनिबार पूर्वराजाबाट बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको थियो । सो कार्यक्रममा पूर्वराजाले केही नबोले पनि नागरिक तहबाट भने राजाका लागि धेरै बोलिएको थियो । देश सम्हाल्नका लागि पटक पटक आग्रह गरिएको थियो । अहिले मुलुकभरमै राजसंस्थाको चर्चा भइरहँदा पूर्वराजा झापा पुग्दा सर्वसाधारणले निकै नै जोड दिएर राजा आउ देश बचाउको नारा घन्काउँदा पक्कै पनि त्यसले सन्देश राम्रो दिएको छ । किनकि विश्लेषण गरिएको छ कि गणतन्त्र असफल हुँदै जाँदा अब राजाले फेरि आफ्नो भूमिका खोज्ने बेला आएको छ । पूर्वराजको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पूर्वराजाका समर्थकहरू झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई समर्थनमा जुटेका थिए । पूर्वराजा आएसँगै राप्रपाले मेचीनगरबाट ¥यालीसमेत निकालेको थियो । शुक्रबार झापा गएर पूर्वराजा आइतबारै काठमाडौँ फर्केका पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।