स्वतःस्फूर्तरूपमा सुरू भएको जनविद्रोह देशव्यापी बन्दै

Home Feature

गणतन्त्रका नाइकेहरुमा छट्पटी


काठमाडौँ । यतिबेला मुलुकको मौसम चिसिदो छ । मौसम जति चिसिदो छ त्यत्तिकै राजनीतिक माहोल भने एकाएक गर्माएको छ । जतिजति मौसम चिसिदो छ त्यतित्यति राजनीति गर्माउँदै गएको हो । यसको प्रमुख कारण हो – जनतालाई दुःख दिएर खान पल्केको सरकार, नेताहरु र कर्मचारीहरुका कारण । गणतन्त्र आएपछि त गरिब भन्ने शब्द नै शब्दकोषबाट हट्छ भनेर फुइँ लगाउनेहरुले आफ्नो परिवारलाई गरिबीबाट मुक्त पारे पनि सर्वसाधारण जनतालाई भने झन् गरिब पारेका छन् । अहिले त जन्मन नपाउँदै शिशुले ठूलो विदेशी ऋणको भारी बोकेर जन्मने गर्छ ।
यही ऋणमुक्त अभियान लिएर अब गणतन्त्रका टाउके राजाहरुलाई हटाउने अभियान थालिएको छ । भएका देशका अभिभावक एक राजालाई फालेर गणतन्त्रका टाउके राजाहरुले देशलाई दिनानुदिन कंगाल बनाइरहेका छन् । उनीहरुले अहिलेसम्म कुनै पनि राम्रो योजना ल्याएर मुलुकलाई समृद्धतिर लैजानै खोजेनन् । जसरी १७ हजार मानिसको ज्यान लिएर पनि नपुगेर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिरहेका छन् त्यसरी नै चप्पल पड्काएर काठमाडौँ छिरेकाहरु कसरी रातारात करोडपति भए भनेर बुझ्ने हो भने यिनीहरुको अपराध छर्लङ्ग हुन्छ ।
गत बिहीबार जसरी नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईको आह्वानमा स्वतस्फूर्तरुपमा काठमाडौँमा विभिन्न जिल्लाबाट आएका नागरिकहरु भेला भए तब गणतन्त्रका राजाहरुको मथिंगल हल्लिएको छ । गैरजिम्मेवारीको हद पार गरिसकेका नेताहरु जब गैरराजनीतिक तप्काबाट आएका नेपालीहरुले परिवर्तन खोजे तब भने पक्कै यिनीहरुको सातो गएको छ ।
जंगलबाट बाहिर निस्केर एकाएक बालुवाटार र सिंहदरबार छिर्न पाएका प्रचण्डको अवस्था अहिले गम्भीर बन्दै गएको छ । त्यतिमात्र होइन विकासको सिन्को नभाँचेका शेरबहादुर देउवा र चुट्कुलाको भरमा दुई पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाईसमेत अबको राजनीति गर्न अप्ठेरो परिसकेको छ । जसरी तानाशाही राणाकालको दमन सहन नसकेर प्रजातन्त्रको विगुल फुक्न वीपी कोइरालाजस्ता नेताहरु सडकमा ओर्लिएका थिए
त्यसरी नै केही अपरिपक्व पञ्चायती नेताहरुको काँचोपनाविरुद्ध बहुदल आएको थियो । तर राजसंस्थाले कहिल्यै पनि जनताको चाहना रोकेन । न २०४६ सालको बहुदल आउँदा रोक्यो र २०६५ सालमा गणतन्त्र आउँदा नै । केवल जनता जे चाहन्छन् त्यही एक अभिभावकले गर्नुपर्छ भनेर राजाले अभिभावकीय भूमिका खेले । २०६५ सालमा पनि राजा ज्ञानेन्द्र शाह सहजै नारायणहिटी छाडेर नागार्जुन गएकै हो । जाने बेलामा राजाको श्रीपेच सुरक्षित राख्न सुझाव पनि दिइएकै हो । १५ वर्षसम्म जनता पनि चुप लागेर हेरे । आज होला छैन भोलि होला छैन । वर्ष बित्दै गए । तर गणतन्त्रको वास्तविक अर्थ पत्ता लगाउन सकेनन् ।
केवल टाउकेहरु राजा बने । जनताको अभिभावक कोही पनि बन्न सकेनन् । देशलाई अनेक तिकडम खेलेर संघीयतामा पु¥याए । तर संघीयताको अर्थ खोज्न जानेनन् । दलहरु केवल सत्ता केन्द्रित भए । जसको दुरुपयोगमात्र भयो । कुनै पनि नेताले सदूपयोग गरेर देशलाई विकासको गतिमा लैजाने उद्धेश्य राखेनन् । त्यसको फलस्वरुपः अब व्यवस्था नै बदल्नुपर्छ भनेर जनता सडकमा उत्रिएका छन् । जब जनता सडकमा उत्रन्छन् तब परिवर्तन सम्भव हुन्छ । यो नेपालके विगतको राजनीतिले पनि देखाएको छ । अब प्रचण्डहरु गोरखा फर्कन्छन् कि अर्को कुनै व्यवस्था गर्छन् त्यो उनीहरुको पाटोको कुरा भयो । तर यही गतिमा गणतन्त्र अगाडि बढ्न सक्दैन भन्ने पक्का भयो । जनता जागिसकेका छन् । सच्चिने कि सक्किने पालो नेताहरुकै । संवैधानिक राजतन्त्रका लागि सबै तयार छन् । यदि सच्चिने हो भने यो तत्काल सम्भव छ । तर सक्किने हो भने राजतन्त्र फेरि आउँछ र प्रचण्डहरु गाउँफर्क अभियानमा लाग्नुपर्ने हुन्छ । अझ १७ हजार मानिस मारेको दोषको सजाय खेप्न बाँकी नै छ । प्रचण्डमात्र हैन दिल्लीमा गएर १२ बुँदे सहमति गर्ने र नेपालमा आएर साक्षी बस्ने कुनै पनि दलका नेताहरुलाई छानीछानी कारबाही गर्ने दिन आउन टाढा छैन ।