कोरोनाले देश अस्तव्यस्त, सरकार परीक्षण गर्न असफल, पीसीआर परीक्षणको दायरा तत्काल बढाउन सर्वोच्चको आदेश

Home Feature राजनीति समाचार

काठमाडौं । कोरोना भाइरसका कारण अहिले देश ठप्प छ । कोरोना संक्रमित पनि बढ्दै गएका छन् । तर सरकारले कोरोना परीक्षणको दायरा भने बढाउन सकेको छैन ।

अहिलेसम्म २४६ जना संक्रमित भइसकेका छन् । तर सरकारले कोरोना भाइरसको परीक्षण नबढाएसम्म संक्रमितको यकिन अझै पत्ता लागेको छैन ।

यसले गर्दा दिनानुदिन स्थिति भयावह हुने देखिएको छ । उक्त क्रममा यसलाई रोकेर धेरैभन्दा धेरै संक्रमितलाई पत्ता लगाएर उपचार गर्नका लागि सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

सर्वोच्चले सरकारलाई कोरोना भाइरसको परीक्षणको दायरा बढाउन आदेश दिएको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आम नागरिकको जीवन गर्न पीसीआर परीक्षणको दायरा तत्काल बढाउन सरकारका नामा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले कोरोनाको महामारी नियन्त्रणका गरेर आम नागरिकको जीवन रक्षा गर्नका लागि परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन पनि सरकारलाई सचेत हुन भनेको छ।

सर्वोच्च्ले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थिति हुन पनि भनेको छ ।